Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । सुनचाँदीको मूल्यमा लगातार गिरावट भएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुन तोलामा ३ सय रुपैयाँले गिरावट भएको हो । सोमबार ९५ हजार ३ सयमा किनबेच भएको सुन आज तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
उदयपुरमा किसानमुखी कार्यक्रमका लागि १७ करोड बढि बजेट स्वीकृत

उदयपुरमा किसानमुखी कार्यक्रमका लागि १७ करोड बढि बजेट स्वीकृत

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । उदयपुरमा कृषि तथा पशुपन्क्षीसँग सम्बन्धित जिल्लाका तीन कार्यालयले चालु आर्थिक बर्ष २०७९÷८० का लागि १७ करोड ५७ लाख ६७ हजार बजेट स्वीकृत गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको गत बर्षको बार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम सार्वजानिकिकरणमा उक्त बजेट स्वीकृति भएको हो । वजेट स्वीकृति भएको जनाएका हुन् । स्वीकृत कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्रले चार शिर्षक अन्र्तगत संघ र प्रदेश सरकारको सहयोगमा २९ वटा उपशिर्षक भित्र रहेर क्रियाकलाप गरिने छ । कार्यालयले कृषि ज्ञान केन्द्र, कृषि विकास रणनीति अनुगमन तथा समन्वय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि संघ सशर्त कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । कार्यालय प्रमुख महेशकुमार चौधरीका अनुसार पुजिँगत, ...
भाँडोमा राखिएको पानीमा डुबेर ३ वर्षीयाको मृत्यु

भाँडोमा राखिएको पानीमा डुबेर ३ वर्षीयाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । भाँडोमा राखिएको पानीमा डुबेर एक तीन वर्षीया बालिकाको सोलुखुम्बुमा ज्यान गएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पानीमा डुबेर लोक बहादुर भुजेलको छोरी सौगातको ज्यान गएको हो । आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । कैलालीमा छाडा छोडिएको गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको ज्यान गएको हो । रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिए । डिएसपी जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।...
बन्दको मौकाछोपी विमा रकमका लागि आफ्नै गाडीमा आगजानी

बन्दको मौकाछोपी विमा रकमका लागि आफ्नै गाडीमा आगजानी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ७ बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफ्नै टिप्परमा आगजानी गरेको छ । मंगलबार विप्लव सहित ४ दलले गरेको वन्दको मौका छोपी आफ्नै गाडीमा आगजानी गरेको खुल्न आएको हो ।प्रहरीका अनुसार बिमा रकमको लोभमा परी दाङको घोराहीमा आफैंले चलाउँदै आएको टिप्परमा आगजनी गरेको पुष्टि भएको हो । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरे...
उदयपुरमा गाँजा सहित महिला पक्राउ

उदयपुरमा गाँजा सहित महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरको चौदण्डीगढीमा एक महिला गाँजा सहित प्रहरीले पक्राउ परेकी छिन् । आईतबार चौदण्डी नगरपालिका ३ स्कुलवारी लामु शेर्पाको घरमा अबैध गाँजा बिक्रि वितरणको सूचानका आधारमा बसाहा प्रहरी चौकीले ५९ बर्षिय लामु शेर्पालाई पक्राउ गरेको हो । प्रहरीले शेर्पाकै घरमा अन्दाजी १ केजी जति गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको जनाएको छ । उनलाई गाँजा सहित पक्राउ गरी बेल्टार प्रहरीलाई जिम्मा लगाई लागुऔषाध मुद्धामा म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा बन्दको प्रभाव : सवारी र बजार पसल बन्द, तस्विर

उदयपुरमा बन्दको प्रभाव : सवारी र बजार पसल बन्द, तस्विर

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरमा बन्दले लामो तथा छोटो दुरीका यात्रुहरुलाई समस्या पारेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्ट (विप्लव) ले गरेको नेपाल बन्दका कारण बिहानै बाट सवारी तथा बजार पसल बन्द अवस्था छ । अत्यावश्यक वाहेक सबै क्षेत्रहरु बन्द गरिएको उदयपुरका पार्टी इन्चार्ज लक्ष्मण पौड्यलले जनाउनुभयो । उहाँले पछिल्लो समय असिमित मुल्यबृद्धी, अनियमिता, कालोवाजारी, भ्रष्टचार, कमिसन खोर, तस्करी, राष्ट्रिय स्वाधिनतामाथीको हस्तक्षेप लगायतको कारणहरु देखाउँदै यसलाई सच्याउन माग सहित वन्द आह्वान गरेका इन्चार्ज पौड्यलले जानकारी दिनुभयो । सरकारले गरेको प्रतिवद्धता समेत पुरा नगरी एक्लो हिसावले चलेको र पार्टी र सरकारवीच भएको सम्झौताहरु पनि वेवस्ता गरीएको भन्दै वन्द गर्नु परेको जनाए । सामान्य दुई पांग्रे सवारी र अत्यावश्यक सवारी वाहेक लामो तथा छोटो दुरीका सवारीहरु ठप्प रहेको छ भने बिभिन्न कार्यालय संघ ...
उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बस्ने ३५ बर्षीय रोहित प्रधान रहेका छन् ।उदयपुर जिल्ला अदालतको मिति २०७५÷०३÷०३ गतेको फैसलाले २४ दिन कैद र रु. २,००० जरिवाना तोकेतापनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले आईतबार प्रधानलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वनयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ६ उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ दमौटी बस्ने ५२ बर्षीय बल बहादुर बस्नेत, सोहि स्थानका ४५ बर्षीय गोपाल भन्ने बुद्धि बहादुर राई र ५९ बर्षीय पदमबहादुर भन्ने सिंह बहादुर राई रहेका छन् ।उदयपुर जिल्ला अदालतको मिति २०७५÷०४÷२९ गतेको फैसलाले बल बहादुर बस्नेतलाई २० दिन कैद र रु.१,०१,२४८ रुपैया जरिवाना तोकेको थियो भने मिति २०७१÷०१÷०९ गतेको फैसलाले दुबै राईलाई १ महिना २५ दिन कैद र रु ९,६०५.३३ रुपैया जरिवाना तोकेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आईतबार लुकिछिपी बसेको अबस्थामा तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्वनयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
आफ्नो भ्रामक समचार प्रति संघिय सांसद सुरेश कुमार राईको गम्भीर ध्यानाकर्ष र स्पष्टीकरण

आफ्नो भ्रामक समचार प्रति संघिय सांसद सुरेश कुमार राईको गम्भीर ध्यानाकर्ष र स्पष्टीकरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । संघिय सांसद सुरेश कुमार राईले आफुमा लागेको आरोपहरु सबै तथ्यविहिन भएको स्पष्टीकरण दिनुभएको छ । उहाँले बिभिन्न आरोपहरु लगाएर एक अनलाईन खबरले समचार संप्रेशन गरेको भन्दै यो सबै झुट समचार र यस प्रति आफुले खेद प्रकट गरेको स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ । यसरी आधार विहिन समचार लेख्ने अनलाईप्रति गम्भीर ध्यानाकर्षण रहेको भन्दै भ्रममा रहेका जनता तथा कार्यकर्ताहरुलाई स्पष्टीकरण मार्फत आफ्नो सत्य तत्थ्य कुरा सुझाउन खोजिरहेको उल्लेख गर्नुभएको छ । राईले आफ्नो स्पष्टीकरण बुद्धागत रुपमा उल्लेख गरेको कुरा जस्ताको तस्तै छ । म एक सामाजिक ब्याक्ति हु । मेरो बारेमा राम्रो नराम्रो बिषयमा चर्चा परिचर्चा हुनलाई स्वभाविक ठानेको छ । मेरो बारेमा अलिक धेरै नै भयो भ्रामक कुरा । भ्रमित समचारले सत्य र तथ्यलाई ढाछोप गर्दा अन्तत समाजले दुख पाउने गर्दछ । हरेक तर्क र बिश्लेशनहरु तथ्यहरुको जगमा हु...