Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा बालबालिकालाई कोरोना विरुद्धको फायजर खोप लगाईदैँ

उदयपुरमा बालबालिकालाई कोरोना विरुद्धको फायजर खोप लगाईदैँ

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ गते । उदयपुरमा ५ देखि ११ वर्ष उमेर समुहको बालबालिकालाई कोरोना भाईरस विरुद्धको फायजर बायोएनटेक खोप शनिबारबाट लगाउन सुरु गरिएको छ । जिल्लाको आठवटै पालिकामा तोकिएको विद्यालयमा फायजर खोप सञ्चालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार कटारी नगरपालिका मातहतका विद्यालयमा भदौ ५ देखि १० गते सम्ममा खोप लगाईने छ । यता, उदयपुरगढी गाउँपालिकामा पनि भदौ ५ देखि खोप लगाउन सुरु भएर १० गते सकिने छ । ताप्ती मातहतका विद्यालयहरुमा ५देखि खोप लगाउन सुरु गरि ८ गते सम्म लगाईने छ । त्यसैगरी, रौतामाई, लिम्चुङबुङ, बेलका, चौदण्डीगढी र त्रियुगामा भदौ १६ गते देखि खोप लगाउन सुरु गरि २० गते सम्म लगाईने स्वास्थ्य कार्यालयका प्रमुख राम नरेश ठाकुरले बताए । फायजर खोपको दोस्रो मात्रा पहिलो डोज लगाएको २१ दिनपछि सोही विद्यालयहरुमा लगाईने ठाकुरले बताए । साथै १२ वर्ष माथिका बालबालिकाह...
चरेशसहित किराना पसलका शाहु पक्राउ

चरेशसहित किराना पसलका शाहु पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ६ कैलालीमा लागुऔषध चरेशसहित एक किराना पसलका शाहु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किराना पसल चलाउदै आएका ३६ वर्षीय दिनेश सिंह रहेका छन् ।बझाङ जयपृथ्वी नगरपालिका–६ स्थायी घर भएका सिंहले चलाउदै आएको पसलमा लुकाई छिपाई राखेको अवस्थामा एक किलो चरेश बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका सिंहलाई प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भालुको आक्रमणबाट एक जना घाईते

भालुको आक्रमणबाट एक जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । भालुले आक्रमण गर्दा सोलुखुम्बुमा एक जना घाईते भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा सोमबार दिउँसो ३ बजे बाख्रा चराउने क्रममा भालुले आक्रमण गर्दा ४० वर्षीय गोपाल भूजेल घाईते भएको हो । बाख्रा चराउने क्रममा भूजेललाई भालुले आक्रमण गरेको वडा कार्यालयले जनाएको छ । अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कार्यबाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिए । उनका अनुसार गार्मा स्कुल नजिकैको बारीमा बाख्रा चराउने क्रममा भुजेललाई भालुले आक्रमण गरेको हो । भालुको आतंक बढेसँगै विद्यालय आउने बालबालिकालाई जोखिम बढेको कार्कीले बताए ।...
१४ वर्षीया बालिका करणी गर्ने २ भारतीय पक्राउ

१४ वर्षीया बालिका करणी गर्ने २ भारतीय पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । एक १४ वर्षीय बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । बाललिका करणी गर्ने ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता आइतबार पक्राउ परेका हुन् । उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।...
पेस्तोलसहित २ युवक पक्राउ

पेस्तोलसहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । पेस्तोलसहित मोरङमा दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपालमा बेच्न ल्याइएका पेस्तोल र रिभल्बरसहित क्रेता र विक्रेता पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल पक्राउ परेका हुन् । बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ । सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई राति ८ बजे मोरङको...
वडाध्यक्षले चलाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

वडाध्यक्षले चलाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । मोरङको बेलबारी–११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा राईले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो । शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो । साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । अहिले वडाध्यक्ष राई प्रहरी नियन्त्रणमा छन् । घटना सम्बन्धमा थप छानबिन अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा किराँत राई कर्मचारी मञ्च गठन, अध्यक्षमा विश्वजित राई

उदयपुरमा किराँत राई कर्मचारी मञ्च गठन, अध्यक्षमा विश्वजित राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ५ उदयपुरमा किराँत राई कर्मचारी मञ्च गठन भएको छ । त्रियुगा नगरपालिकाका सूचना अधिकारी तथा सामाजिक विकास ाशाखाका अधिकृत विश्वजित राईको अध्यक्षमा ११ जना कार्यसमिति गठन गरिएको हो । शनिबार उदयपुर जिल्लाभरीकै विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत किरात राई कर्मचारीहरुको बृहत् भेलाले समिति गठन गरिएको हो । कार्यसमितिमा जिल्ला अस्पताल उदयपुरका छवित्रा राई उपाध्यक्ष, पुष्पराज राई (जिल्ला प्रशासन) सचिव, भक्तकुमार राई (चौदन्डिगढी न.पा) सहसचिव, तारादेवी राई (स्वास्थ्य बिमा कार्यक्रम) कोषाध्यक्ष लगायतका पदाधिकारीहरु सर्वसहमतिले चयन भएको हो । यस्तैगरी सदस्यहरुमा बबिन राई (उदयपुरगढी गा.पा) लोकबहादुर राई (कटारी न.पा) सरोज राई रौतामाइ गा.पा) रहेका छन् । समितिमा बेलका न.पा. लिम्चुङबुङ गा.पा. र ताप्ली गा.पा बाट १÷१ जना सदस्य पछिल्लो बैठकले चयन गर्ने निर्णय पनि भएको छ । सार्वजनिक प्र...
धनकुटाबाट गाँजासहित एक युवक पक्राउ

धनकुटाबाट गाँजासहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ५ गते । धनकुटा नगरपालिका–९ मुलघाटबाट पाँच किलो गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको एक टोलीले चेकिङको क्रममा कालो रङको झोला भित्र लुकाई राखेको गाँजासहित साँगुरीगढी गाउँपालिका–९ बस्ने २० वर्षीय सनिल राईलाई पक्राउ गरेको हो । उनी सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।...
युवकको हत्या अभियोगमा ३ जना पक्राउ

युवकको हत्या अभियोगमा ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ५ गते । एक युवकको हत्या अभियोगमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीइ विमल राई, १८ वर्षीय जीतेन राई र १९ वर्षीय सञ्जय राई पक्राउ परेका हुन् । बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्या गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । उनका अनुसार अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको हो । शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमाथि बौद्ध प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।...
एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ५ गते । सुनसरीमा एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्लाको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. ६ का ३० वर्षीय उमेश कुमार चौधरीको ज्यान गएको हो । मोटरसाइकल पछाडी सवार एक जना भने गम्भीर घाईते भएका छन् । को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिदाँ दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाई चालक चौधरी गम्भीर घाइते भएकोमा उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ । एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।...