पूर्णपुष्टि, भदौ ५ गते ।
नुहाउनको लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा एक किशोरीको सप्तरीमा ज्यान गएको छ । खडक नगरपालिका–११ लालपुरका लखन रामकी १६ वर्षीय छोरी कमला कुमारी रामको करेन्ट लागि ज्यान गएको हो ।
नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...
पूर्णपुष्टि, भदौ ५ गते ।
धरानमा एक अपाङ्ग किशोरी बलात्कार गरी गर्भवती बनाएको अभियोगमा बिपी प्रतिष्ठानका स्वास्थ्य हाकिम पक्राउ परेको छ । धरान–८ को गँरास चोक भाडामा बस्दै आएकी किशोरीलाई सो स्थानको ६१ वर्षीय वीरेन्द्र बहादुर शङ्कर पक्राउ परेको हो ।
शङ्कर ३२ गते पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले जबरजस्ती करणी कसुरमा एक हप्ताको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।
पीडित किशोरीले दैनिक जसो बमिट गरेको र केही नखाने र सुतिरहने जस्ता कार्य गरेपछि किशोरीकी आमाले उपचार गराउन भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी थिइन् । उपचार गर्नु पुगेकी किशोरी ५ महिने गर्भवती भएको बिपीका डाक्टरले बताएका थिए ।
किशोरीकी आमाले पेटको बच्चा फाल्ने निधो गरिन । डाक्टरले पीडितकी आमालाई प्रहरीलाई खबर गर्नु सल्लाह दिए । डाक्टरको सल्लाह अनुसार...
पूर्णपुष्टि, भदौ ४
बेलका नगरपालिकाका अति प्रभावित कोशी पिडित ९४ घर परिवारलाई राहत वितरण गरिएको छ । हजारौँ बस्ती डुवान र कयौँ जोखिममा रहेका मध्य ९४ घर परिवारलाई भने तत्कालै राहत उपलब्ध गर्नु पर्ने अवस्था अनुसार सर्वेक्षणको आधारमा ९४ घर परिवारलाई राहत उपलब्ध गराईएको बलेका नगरपालिकाले जनाए छ ।यस क्षेत्रमा श्रावण १८ गते बिहान लगभग ४ बजेको समयमा कोशिको भंगालो टप्पुको बस्तिमा पस्दा लगभग १००० घर परिवार प्रत्यक्ष प्रभाबित बनेका छन् भने १५०० घरधुरि जोखिममा रहेको छ।कोशीका कटानका कारण प्रभावित भएकाहरुका लागि बेलका नगरपालिकाले विभिन्न निकाय तथा संघ सस्थाहरु संग सहयोगको लागि अपिल गरेका थिए । सोहि अनुसार विभिन्न दातृ संधस्ंस्था बाट सहयोग गर्ने प्रतिबद्धता अनुसार गोर्खा वेलफेयर ट्रष्ट र युकेएडको संयुक्त सहयोगमा राहत वितरण गरिएको नगर उपप्रमुख जिरा राईले बताउनुभयो । गोर्खा वेलफेयरले प्रभावितक्षेत्रको अन...
पूर्णपुष्टि, भदौ ४
उदयपुरको गाईघाटमा आयोजित जिल्लाकै पहिलो फुटसल प्रतियोगिताको उपाधी बसाहा युवा क्लबले उचालेको छ । भाद्र३ गते सञ्चालन भएको प्रतियोगितामा बसाहाले मलिथम फटबल क्लबलाई ६–५ ले पराजित गर्दै विजयी भएको हो ।ड्याडी फटसलले आयोजना गरेको प्रतियोगितामा १६ टीमले सहभागिता जनाएका थिए । विजेता बसाहा युवा क्लबले १५ हजार हात पार्दा उपविजेता मलिथम युवा क्लबले १० हजारमा चित्त बुझायो ।सेमिफाईनलमा बसाहा युवा क्लबले स्वार्णीय युवा क्लब र मलिथम युवा क्लबले योङ्ग स्टार गाईघाटलाई पराजित गरेको थियो ।
सो प्रतियोगिताकी प्रमुख अतिथी त्रियुगाकी उपमेयर महेश्वरी राईले नगरपालिकाले फुटसल प्रतियोगितालाई सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन् ।
...
पूर्णपुष्टि, भदौ ४
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलि गरी नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ ।हिजो राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR38A3287 नम्वरको ट्रयाक्टरमा करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको हो । अबैध सामान बरामद भए सगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...
पूर्णपुष्टि, भदौ ४
धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाउँपालिका–९ का २० बर्षीय सनिल राई रहेका छन् ।हिजो राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १–०२–०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका राईले बोकेको झोला शंका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।...
पूर्णपुष्टि, भदौ ३ गते ।
सामूहिक बलात्कारको आरोपमा विराटनगरबाट पक्राउ परेको दुई जना कराते प्रशिक्षकविरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय मोरङले करातेका प्रशिक्षक विराटनगर महानगरपालिका–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय सुरज भनिने अमर सुवेदीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले राउत र सुवेदीलाई प्रतिवादी बनाइएको मुद्दा दर्ता भएको जानकारी दिए । १५ वर्ष कैद सजायको मागदाबीसहित वकिल कार्यालयले मुद्दा दायर गरेको हो । सुरज भनिने असर सुवेदी र विनोद राउत क्षेत्रीले १८ वर्ष पूरा भएकी पीडित साँकेतिक नाम विराटनगर–१७ लाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ ।
‘मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १ र २ बमोजिम कसूर गरेकाले निज प्रतिवादीहरूलाई सोही संहीताको दफा २१९ को उपदफा...
पूर्णपुष्टि, भदौ ३ गते ।
३ महिनादेखि झापाको भद्रपुर नगरपालिका–८ का बासिन्दा लेदो मिसिएको पानी पिउन बाध्य भएका छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए । ‘लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्यौँ’, उनले भने, ‘तर सुनुवाइ भएको छैन ।’कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए । ‘फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन’, उनले भने ।
धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ। श्रेष्ठले शुद्ध पानी दिन प्रतिबद्धता व्यक्त गरे। १० दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४÷१५ घण...
पूर्णपुष्टि, भदौ, ३
उदयपुरको यातायात कार्यालय त्रियुगा नगरपालिका–६ जलजलेमा बन्ने भएको छ । प्रदेश एकका यातायात तथा संञ्चार मन्त्री उपेन्द्र घिमिरे र भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले स्थलगत निरिक्षण गरेसँगै यातायात कार्यालय जलजलेमा रहने टुङ्गो लागेको हो । प्रदेश सरकारले उदयपुरमा यातायात कार्यालय बनाउन ५० लाख विनियोजन गरिसकेको छ ।त्रियुगा नगरपालिका–६ को वडा कार्यालय रहेको जग्गामै यातायात कार्यालयको भवन बन्ने भएको छ । वडा कार्यालयले यातायात कार्यालयलाई भोगाधिकार दिनेगरी निर्णय गरिसकेको छ ।स्थलगत निरिक्षण पछि यातायात मन्त्री घिमिरेले ४÷५ दिनभित्र मन्त्रीपरिषदबाट भवन बनाउने निर्णय गरी काम शुरु गर्ने प्रतिबद्धता जनाएका थिए । उनले चुनाव अघि नै यातायातको भवन जलजलेमा बनिसक्ने गरी काम हुने आश्वासन स्थानियलाई दिएका थिए । जलजलेका युवाहरुले यातायात कार्यालय त्रियुगा ६ मा हुनुपर्ने भन्दै अभियान चल...
पूर्णपुष्टि, भदौ ३ गते ।
उदयपुरको सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी टि.भी. क्यामेरा बिग्रिएपछि चोरीका घटनामा वृद्धि भएको छ । बजार क्षेत्रमा तथा चोकमा ६ वर्षअघि जडान गरिएका सिसी टिभी क्यामेराले काम गर्न छोडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विश्वकर्मा बताउँछन् । सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी छन् ।
सिसी क्यामेरा जडानपछि एक–दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका सदस्य कुमार घिमिरे बताउँछन् । सिसी क्यामेराबाट सबै ...