Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

एकै दिनमा  ट्राफिकले ११४ जना कलेजका विद्यार्थीलाई कारवाही गरे

एकै दिनमा ट्राफिकले ११४ जना कलेजका विद्यार्थीलाई कारवाही गरे

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ गते । उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा अत्यधिब क्याम्पसका विद्यार्थीहरु कारवाहीमा परेका छन् । बिहिबार गरिएको चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेमा सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहिबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरवाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले हेलमेट नलगाउने ३ जना र दुईपांग्रेस सवारीमा ३ जना बोकेको आरोपमा दुईजना विद्यार्थीलाई कारवाही गरेको छ ।...
चट्याङले लागरेर एक महिलाको मृत्यु

चट्याङले लागरेर एक महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ गते । सुनसारीको इटहरी उप–महानगरपालिका–१७ स्तिथमा चट्याङले लागेर एक जना महिलाको ज्यान गएको छ । बिहिबार अपरान्ह साढे ३ बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानिय २७ वर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकि मृत्यु भएको हो ।...
उदयपुरमा माछा मार्ने क्रममा पानीमा डुबी राईको मृत्यु

उदयपुरमा माछा मार्ने क्रममा पानीमा डुबी राईको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३ गते । उदयपुरमा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । जिल्लाको ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेनद्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो । राई बुधबार खोलामा जाल हाली माछा मार्न गएकोमा विहिबार बिहान दहमा डुबी मृत अवस्थामा फेला परेको सुचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो । मृतक राईको शवलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक मोहन थापाले बताए । यसैगरी, हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जीको खोलामा डुबी मृत्यु भएको छ । दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पत...
ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत

ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २ गते । ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बतात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।...
७ सिट क्षमता भएको डुंगामा २५ जना सवार :ओभर लोड हुँदा डुंगा पल्टियो विद्यार्थी घाईते

७ सिट क्षमता भएको डुंगामा २५ जना सवार :ओभर लोड हुँदा डुंगा पल्टियो विद्यार्थी घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ गते । दाङमा २५ जना विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् । क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताए । लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए । लमही नगरपालिका– ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ म...
४ दिन एता लगातार सुनको मूल्यमा गिारावट

४ दिन एता लगातार सुनको मूल्यमा गिारावट

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २ गते । चार दिन एता लगातर सुनको मूल्यमा गिरावट भएको छ । सोमबारदेखि बिहिबारसम्म सुनको मूल्य तोलामा १ हजार ९ सय रुपौयाँले घटिसकेको छ । सोमबार प्रतितोला ४ सय रुपैयाँ, मंगलबार प्रतितोला ७ सय रुपैयाँ, बुधबार प्रतितोला ५सय रुपैयाँ र आज प्रतितोला ३ सय रुपैयाँ गरी तोलामा १९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।  ...
पानी माग्ने निहँमा करणी, आरोपी क्याम्पस प्रमुख कारागार चलान

पानी माग्ने निहँमा करणी, आरोपी क्याम्पस प्रमुख कारागार चलान

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २ गते । जबरजस्ती करणी गरेको आरोपमा बैतडीको पुचौँडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए ।...
मोरङमा आग्लागी हुँदा एक जना मजदुरको जलेर मृत्यु

मोरङमा आग्लागी हुँदा एक जना मजदुरको जलेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ गते । मोरङमा आग्लागी हुँदा एक जना मजदुरको ज्यान गएको छ । जिल्लाको सुन्दरहैचा–११ मा आग्लागी हुँदा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको हो । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मारङका डिएसपी एवम् दीपक श्रेष्ठले जनाएको छ । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।...
उदयपुर सिमेन्ट उद्योगको नवनियुक्त अध्यक्ष बस्नेतको पदवाहाली

उदयपुर सिमेन्ट उद्योगको नवनियुक्त अध्यक्ष बस्नेतको पदवाहाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २ गते । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका नवनियुक्त अध्यक्ष केशव कुमार बस्नेतले बुधबार एक समारोह बिच पदवाहाली गरेको छ । मन्त्रीपरिषदको मिति २०७९।०४।१४ गतेको निणर्यद्धारा संचालक समितिको अध्यक्ष पदमा नियुक्त उदयपुर गाईघाटका स्थानीयबासी बस्नेतले बुधबार पदवहाली गरेका हो । पदबहाली कार्यक्रममा महाप्रबन्धक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु र क्रियाशिल ट्रेड युनियनका तर्फबाट स्वागत गरेका थिए । अध्यक्ष बस्नेतलाई स्वागत गर्दै उद्योगको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेज्यूले उदयपुर सिमेन्ट उद्योगको समग्र वस्तुस्थितीको बारेमा जानकारी गराए थिए । बस्नेत सँगै नवनियुक्त संचालक समिति सदस्यहरु लिल बहादुर बस्नेत, कुवेर प्रसाद राई, रमेश कुमार चौधरीलाई समेत उद्योगको तर्फबाट स्वागत गरेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । सोहि अवसरमा नवनियुक्त अध्यक्ष बस्नेतले उत्पादन बृद्धि गर्न अत्...
हर्क साम्पाङले गरेको सय दिनको काम सार्वजानिक

हर्क साम्पाङले गरेको सय दिनको काम सार्वजानिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ धरान उपमाहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो सय दिनको काम सार्वाजानिक गरेको छ । राईले आफ्नो आधिकारिक फेसवुक स्टाटसमा मेयर भएताका सय दिनको काम सुचि सहित सार्वजानिक गरेको हो । उनले धरान विकास र त्यहाँको वेतिथिको बारेमा महत्वपूर्ण काम गरेको उल्लेख गरेको छ । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । १०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ– १। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें २। ४ ठाउँबाट खानेपानीको मूहान थपें ३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ४। ६ लाख विरुवा रोपें ५। सरसफाइमा देखिने सुधार ल्याएँ ६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ७। जलवि...