खोटाङमा अध्यक्ष सहित जसपाका १३ जना माओवादी केन्द्र प्रवेश
पूर्णपुष्टि, भदौ २
खोटाङमा १३ जना जसपाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसपा खोटाङका अध्यक्ष टंकबहादुर थापा सहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेको विज्ञाप्तीमा उल्लेख छ। गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका उनिहरुल बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई लगायत माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र प्रवेश गर्नेमा सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन् । थापा लगायतका नेताको जिम्मेवारीका विषयमा भने छलफल भइरहेको छ ।
शसस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान राजनीतिक उपलव्धि, समानुपातिक समावेसी राज्यको नीति स्थापना गर्ने बैचारिक तथा सैद्धान्तिक हिसाव...









