Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा लागुऔषध गाजाँसहित युवक पक्राउ

उदयपुरमा लागुऔषध गाजाँसहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ उदयपुरमा लागुऔषध गाजाँसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालीका–६ पुल चोकबेल्टार बस्ने ५४ बर्षीय मंगल बहादुर बिश्वकर्मा रहेका छन् ।सोमबार बेलुका ५ बजेको समयमा बिश्वकर्माको घरमा लागुऔषध गाँजा राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँच गर्दा अं २.५ (अढाई के.जी ) गाँजा बरामद भएको छ । पक्राउ परेका बिश्कर्माको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए ।...
मापसे सेवन गरि ३ जनामाथि एसिड प्रहार गर्ने २२ लिटर एसिडसहित पक्राउ

मापसे सेवन गरि ३ जनामाथि एसिड प्रहार गर्ने २२ लिटर एसिडसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । मादक पदार्थ सेवन गरि तीन जना नातेदारमाथि एसिड प्रहार गरेको अभियोगमा सल्यानका एक जना पक्राउ परेको छ । जिल्लाको चुम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
लागुऔषध ब्राउन सुगरसहित युवक पक्राउ

लागुऔषध ब्राउन सुगरसहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३१ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ का ३३ बर्षीय सत्य नारायण याखा रहेका छन् ।हिजो बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका याखाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
४ वर्षीया बालिका करणी गरेको आरोपमा ५६ वर्षीया पुरुष पक्राउ

४ वर्षीया बालिका करणी गरेको आरोपमा ५६ वर्षीया पुरुष पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । चार वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा पाँचथरका एक ५६ वर्षीय पुरुष पक्राउ परेको छ । जिल्लाको फिदिम नगरपालिका– ११ फेवदिनका वस्ते देवी बुढाथोकीलाई चार वर्षीय बालिकालाई गरणी गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार राती बालिकालाई ललाईफकाई गरेर करणी गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।...
पानिमा डुबेर बालक सहित २ जनाको मृत्यु

पानिमा डुबेर बालक सहित २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३१ मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।यसैगरी मोरङको सुनवर्षी नगरपालिका–२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका–३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।   ...
स्रोत नखुलेको ३६ लाख र सुन सहित २ जना पक्राउ

स्रोत नखुलेको ३६ लाख र सुन सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । स्रोत नखुलेको ३६ लाख र सुन सहित दुई जना सर्लाहीबाट पक्राउ परेका छन् । जिल्लाको बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् । उनीहरुको साथबाट २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको एक थान सुनको सिक्री र एक थान ब्रास्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको...
उदयपुरमा टिपर दुर्घटना : २ को मृत्यु, एक गम्भिर , चालक फरार

उदयपुरमा टिपर दुर्घटना : २ को मृत्यु, एक गम्भिर , चालक फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ उदयपुरमा टिपर दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको कटारी नगरपालिका–८ कुरिङभञ्याङ स्थित सिद्धिचरण राजमार्गमा कटारीबाट घुर्मीतर्फ जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर सिमेन्ट बोकी हिडेको टिपरलाई साईड दिने क्रममा आफै अनियन्त्रित भई रोड भन्दा ५० मिटर तल खसी दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेमा टिफरमा सवार रहेका कटारी नगरपालिका–८ पाखाटोलका ४५ बर्षीय नर बहादुर मगर र सोहि स्थान बस्ने ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटना स्थलमा नै मृत्यु भएको थियो भने गम्भिर घाईते भएका ४० बर्षीय चन्द्र बहादुर मगरलाई उपचारको लागी कटारी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । टिपर चालक तत्काल फरार रहेको र खोज तलास भईरहेको थापाले जनाए । आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागी ईलाका प्र...
ढोकाले लागेर एक बालिकाको मृत्यु

ढोकाले लागेर एक बालिकाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । ढोकाले लाग्दा भक्तपुरमा एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको थिमि–१ लोलकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा बालिकाको ज्यान गएको हो । स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो । ढोका ढलेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।...
अरिङ्गलको टोकाईबाट पुरुषको मृत्यु

अरिङ्गलको टोकाईबाट पुरुषको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३१ रोल्पामा अरिङ्गलको टोकाईबाट एक पुरुषकोे मृत्यु भएको छ । मृत्युु हुनेमा रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगर रहेका छन् ।सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङ्गलले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा सोमबार राति मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  ...
होटेलमा एक पुरुष झुण्डिएको र महिला ओछ्यानमा मृत फेला

होटेलमा एक पुरुष झुण्डिएको र महिला ओछ्यानमा मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । बुटलवलको एक होटलमा पुरुष झुण्डिएको र महिला ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् । तिनाउ पुलपारी फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना आइतबार होटलको कोठामा सँगै बसेका थिए । पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पुरूषको घर धादिङ हो । करिब ३६ वर्षका सीताराम भुजेल मृत फेला परेका हुन् । यस्तै, होटलमा दाङकी करिब २५ वर्षकी युवती पनि मृत भेटिएकी छन् । उनको नाम पुष्पा भए पनि थर खुलेको छैन । युवती ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् । तन्ना र तौलियामा रगत लागेको देखिएको थियो । शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...