Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

९० केजी गाँजासहित लहानबाट एम्बुलेन्स नियन्त्रीत

९० केजी गाँजासहित लहानबाट एम्बुलेन्स नियन्त्रीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । ९० केजी गाँजासहित लाहानबाट प्रहरीले एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजा सहित ईलाका प्रहरी कार्यलय लाहानमा राखेको डिएसपी मैनालीले बताएका छन् । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट पक्राउ गरेको मैनालीले बताए । चालकको नाम गोप्य राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३१ चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद र रु.१०,०००÷– हजार जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका रामधुनी नगरपालिका–२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाल पक्राउ परेका छन् । फरार रहेका दाहाललाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहबाट खटीएको प्रहरी टोलिले सोमवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत मोरङ बुझाईएको छ ।...
धार्मिक तथा आन्तरिक पर्याटनमा सहयोग पुराउन गाईघाटमा बोल बम साईकलिङ तथा बृक्षारोपन

धार्मिक तथा आन्तरिक पर्याटनमा सहयोग पुराउन गाईघाटमा बोल बम साईकलिङ तथा बृक्षारोपन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३० गाईघाटमा साउनको अन्तिम सोमवार भव्य कार्यक्रम सहित बोलवम साईकलिङ यात्रा तथा बृक्षारोपण गरिएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अयोजना तथा उदयपुर जिल्ला साईकलिङ संघको समन्वयमा उक्त कार्यक्रमको अयोजना गरिएको हो । बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार उदयपुरमा धार्मिक तथा पर्यटन क्षेत्रलाई सफल बनाउन साईकलिङ यात्रा तथा बृक्षारोपन गरिएको बताउनुभयो । नेपालको इतिहाँसमा धार्मिक तथा सौन्दर्य बातावरण्मा पर्यटनहरुको आकर्षण हुने भन्दै यसलाई जोड गर्नु पर्नेमा रसाईलीको भनाई छ । साईकलीङ यात्रा गाईघाटको बिभिन्न स्थानहरु मेनचोक देखी सुरु भई असारी, ढिम्की मन्दिर हुँदै शान्तीधाममा पुगेर बृक्षारोपनमा परिणत भएको थियो । यात्राको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नुभयो । साथै बृक्षारोपनामा समेत सहभागी बन्नु भयो । यता बृक्षारोपनमा सुरक्षाकर्मीका प्रमुखहरु नेप...
चर्चमा आगो लाग्दा १५ बालबालिबासहित ४१ जनाको मृत्यु

चर्चमा आगो लाग्दा १५ बालबालिबासहित ४१ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, साउन ३० गते । चर्चमा आगो लाग्दा १५ जना बालबालिकासहित ४१ जनाको इजिप्टमा ज्यान गएको छ । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन् । आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन् ।...
प्रहरी र स्थानीयबीच झडप, २ इन्सपेक्टसहित ८ जना घाइते

प्रहरी र स्थानीयबीच झडप, २ इन्सपेक्टसहित ८ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३० गते । स्थानी र प्रहरीबीच झडप हुँदा २ इन्सपेक्टरसहित ८ जना घाइते भएका छन् । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ जना प्रहरी निरीक्षकसहित ३ सशस्त्र प्रहरी र ३ नेपाल प्रहरी रहेका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमे...
विदेश पठाउने प्रलोभवमा पारी रकम ठग्ने खोटाङे युवा पक्राउ

विदेश पठाउने प्रलोभवमा पारी रकम ठग्ने खोटाङे युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३० गते । विदेश पढाउने प्रलोभन देखाएर रकम ठगी गर्ने एक युवा पक्राउ परेको छ । खोटाङको बाह्रपोखरी गाउपालिका–५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई पक्राउ परेको हो । राईले रसुवा गोसाइकुण्ड गाउँपालिका–५ ठूलोस्याप्रूका २७ वर्षीय निमा काल्तेन तामाङ लगायतलाई वर्किङ भिसामा विदेश पठाइदिने भन्दै प्रति व्यक्ति १६ लाखका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।...
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 2, संसार
पूर्णपुष्टि, साउन ३० गते । सुनचाँदीको मूल्यमा आज गिरावट भएको छ । सुन तोलामा ४ सय रुपैयाँले र चाँदीको मूल्यमा तोलाको १५ रुपैयाले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । इता, चाँदीको मूल्य तोलामा १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।...
चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० मोटरसाईकल चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८÷०६÷१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु.५,०००र÷– (पाँच हजार) जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका धरान–१५ का ३७ बर्षीय बन्धन लिम्बु पक्राउ परेका छन् ।फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहबाट खटीएको प्रहरी टोलिले आईतवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत सुनसरी बुझाईएको छ ।...
प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ५ जना पक्राउ

प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ५ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २९ गते । प्रदेश नं. १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा पााँच जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्धाटनका लागि पुगेको स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरु प्क्राउ परेका छन् । आइतवार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवहरुले कालो झण्डा देखाएका छन् । अस्पताल भवन निर्माणमा अनियमितता भएको भन्दै उनीहरूले त्यसको छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् । कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएकाले आयव्यय सार्वजनिक गर्न माग गर्दै आएका थिए । यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनल...
घरफर्किन थाले कोशी पिडित

घरफर्किन थाले कोशी पिडित

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २९ गते । सप्तकोशीका पानीको सतह घटेसँगै विस्थापित स्थानीय घर पर्किन थालेका छन् । सप्तकोशीले बेलका नगरपालिका–८ को डुम्रीबोटको बाध भत्काएर वस्तीमा पस्दा उदयपुर र सुनसरीका २ हजार ५ सय भन्दा बढी नागरिक विस्थापित भएका थिए । उदयपुको बेलका नगरपालिका–२,३, ८ र ९ वडाको धौरी टप्पु, एविसि टप्पु, कोशीटप्पु, सिसिलौ एकता टोल लगाएतका बासिन्दा बढीमात्रामा प्रभावित भएका थिए । उनीहरुलाई बेलका नगरपालिकाले सुरक्षित स्थानमा राखेको थियो । विस्थापित मध्ये अधिकाँश घर फकिएपनि अझै २१८ जनाभने घर फर्कन सकेका छैनन् । बेलका– ३ एविसी टप्पु र सृजना टोल अझै डुवानमा परेकाले सो क्षेत्रका बासिन्दालाई नगपालिकाले जनता क्यामपस र कुन्तीचौरमा व्यवस्थापन गरेर राखिरहेको छ । जसमा गर्भवती ९ जना, बालबालिका ५६ र अपाङ्ग ४ जना छन् । कोशी बस्तीमा पस्दा बेलका न.पा. वडा नं. ९ का १ हजार १ सय ८९ जना, वडा नं. ३ का १ हजार १ स...