Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

निहारिकालाई भेट्न मेयर बालेन पुगे शिक्षण अस्पताल

निहारिकालाई भेट्न मेयर बालेन पुगे शिक्षण अस्पताल

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २९ गते । काठमाडौै महानगरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालका रहेक् िनिहारिका राजपुतलाई भेटेका छन् । उनी बलात्कारबाट जन्मिएको आफ्नो डिएनए परीक्षण गर्न माग गर्दै काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् । यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ । अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको...
अरिंगालले टोक्दा एक युवकको मृत्यु

अरिंगालले टोक्दा एक युवकको मृत्यु

Breaking News 2, समाचार
अरिंगालले टोक्दा एक युवकको मृत्यु पूर्णपुष्टि, साउन २९ गते । अरिंगालले टोक्दा तनहुँमा एक युवकको ज्यान गएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनका ३१ वर्षीइ टोप बहादुर कुमालको ज्यान गएको हो । बिहीवार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोलो पोल्ने क्रममा उनालाई अरिङगालले टोकेको थियो । उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो । तर उपचारका क्रममा शनिबार विहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २९ झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका–५ सिराहा घर भइ हाल बिर्तामोड–३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो । यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपा...
प्रहरीको गाडी दुर्घटना : दुई डिएसपी सहित ४ घाईते

प्रहरीको गाडी दुर्घटना : दुई डिएसपी सहित ४ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ प्रहरीको जिप दुर्घटना हुँदा रुकुम पश्चिममा ४ प्रहरी घाईते भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सहित प्रकाश डाँगीसहित ४ जना घाईते भएको हो । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं। ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेका थिए । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना डिएसपी घाइते छन् । प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन् । डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम(पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन् । दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण पुन गम्भीर घाइते छन् । घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ। प्रजि...
भारत सरकार र केन्द्रीय सरकारले बाँध नबाँधे स्थानीय सरकार  आफैले बाँध्छ : मेयर कार्की

भारत सरकार र केन्द्रीय सरकारले बाँध नबाँधे स्थानीय सरकार आफैले बाँध्छ : मेयर कार्की

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ बेलका नगरपालिकाका मेयर अशोक कार्कीले कोशी बाँध भारत सरकारले बाँध्ने भनिएपनि अझै सम्म नबाँधेको जनाउनुभयो । उहाँले भारतको स्वार्थपूर्ण आश्वासन अझै पुरा नभएपछि त्यहाँको जनताहरुलाई कोशीले बिचल्ली बनाएको समेत बताउनुभयो । कोशीको पानीले भारतलाई समेते ठुलो क्षती पुराउने भएको हुँदा त्यसैको स्वार्थपुर्ण आश्वासनले भारतले कोशीमा बाँध लगाईदिने बाचा गरेका थिए । तर अझै सम्म पनि त्यो काम पुरा भएको छैन् । केन्द्रीय सरकारले पनि भारत सँग समन्वय गरी बाँध लगाउने कुरा प्रतिवद्ध गर्दै आएको मेयर कार्कीको भनाई छ । यसरी कुरैकुराले अधुरो रहेको कोशी बाँधले यो बर्ष भने टप्पुका स्थानीयहरुलाई भने समस्या नै पार्यो । बेलका नगरपालिका सहित बाराहा सुनसरीको स्थानीयहरु समेत प्रभावित बने । कोशी बाँध नभएपछि लगतारको बर्षाले धार परिवर्तन गर्दै वस्तीमा प्रवेश गरेको थियो । वस्ती प्रवेश गरेको कोशीले त्यहा...
हाईड्रो पावर सहित क्षतीग्रस्त स्थानमा कांग्रेस प्रवक्ता महतद्धारा अवलोकन

हाईड्रो पावर सहित क्षतीग्रस्त स्थानमा कांग्रेस प्रवक्ता महतद्धारा अवलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २८ नेपाली कांग्रेसका नेता तथा प्रवक्ता डा. प्रकास शरण महतले क्षेतीग्रस्त स्थानमा अवलोकन गरेको छ । नुवाकोटको बिभिन्न स्थानमा श्रावण २५ गतेको भारी बर्षाले पारेको क्षतीलाई डा. महत सहित क्षेत्रीय सभापति र जिल्ला सभापति सहितले अवलोकन गरेको हो । उक्त ठाउँमा भुद्धभुमि हाईड्रो पावरलाई समेत बर्षाले ठुलो असर गरेको छ । त्यस सँगै बिभिन्न पुलपुलेसा बाटोघाटोहरु लगायत थुप्रै भौतिक पूर्वधारहरुमा असर पुराएको छ ।...
कोशीमा बाधबाध्न पिडीतको माग

कोशीमा बाधबाध्न पिडीतको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ साउन १८ गते शप्तकोशीले बाध भत्काएर बस्तीमा पस्दा उदयपुर र सुनसरीका तेईस सय बासिन्दा बिस्थापित भएका थिए । कोशीमा पानिको बहाव कम भएसँगै विस्थापितहरु घर फर्कन थालेका छन् । अहिलेपनि एबिसी टप्पु र सृजना टोलका २१९ बासिन्दा जोखिम कायम रहेकाले घर फर्कन सकेका छैनन् । उनिहरुलाई नगरपालिकाले जनता क्याम्पस र कुन्तीचौरमा राखेका छन् ।कोशीपिडित अधिकांशले कोशीमा बाध लगाएर दिर्घकालिन समाधान खोज्नुपर्ने माग राखेका छन् । विस्थापित सुमित्रा पुनले सरकारले बाध लगाएर आफुहरुलाई पुनस्थापन गर्नुपर्ने बताएकी छिन् । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले प्रदेश र संघिय सरकारसँगै समन्वय गरेर बाध लगाउने बताउनु भएको छ ।...
७८१ कोरोना संक्रमित थपिए, २ को मृत्यु

७८१ कोरोना संक्रमित थपिए, २ को मृत्यु

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २७ गते । वितेको २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा थप २ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् । यस्तै, ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।...
न्याय नपाएको भन्दै राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

न्याय नपाएको भन्दै राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ गते । आफूमाथि जबरजस्ती करणी भएको र प्रशासनले लडईमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्राउ गरेको हो । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाई छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत ...
मेची अस्पताल सुधारका लागि ६ दलको प्रतिबद्धता

मेची अस्पताल सुधारका लागि ६ दलको प्रतिबद्धता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २७ गते । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक सुधार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले अस्पताल सुधारका लागि गर्नुपर्ने हरप्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अस्पताल सुधार समितिका अध्यक्ष दिपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा छ वटा दलका प्रतिनिधिहरुले सुधार समितिले राम्रो कामको थालनी गरेको र सो कार्यमा आफूहरुको पूर्ण समर्थन हुने जनाएका थिए । अन्तरक्रियामा अस्पताल सुधारका लागि राजनीतिक दलको धारणा, सुधार समितिलाई हेर्ने दृष्टिकोण, सुधार र स्तोन्नति लगायतका विषयमा छलफल गरिएको थियो । समितिका अध्यक्ष तिम्सिनाले सुधार समितिले हालसम्म गरेका का...