Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ गते । लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–४ काकुम बस्ने २६ बर्षीय निबेक श्रेष्ठ रहेका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले आज कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ । फरार रहेका श्रेष्ठको लागु–औषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१० गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ९ महिना १ दिन कैद र एक लाख जरीवाना तोकेको थियो । कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।...
भीरबाट सय मिटर तल खस्दा सैनिकको मृत्यु, एक घाईते

भीरबाट सय मिटर तल खस्दा सैनिकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ गते । सडक निमार्णमा गर्ने क्रममा भीरबाट करिब १ सय मिटर तल खस्दा सैनिककोे मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । कर्णा करिडोर निर्माणका लागि हुम्लाको खार्पुनात गाउँपालिका–१ लालिबगरमा खटिएका नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खे घर भएका प्राविधि अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भीरबाट लडेर एकजना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।...
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ गते । घाँटी थिचेर श्रीमतीको हत्या गरेको आरोपमा पर्साका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका–२३ ईटियाहीका दिनेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले बताए । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ । मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।...
उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ बस्ने २७ बर्षीय संगित तामाङ(लामा) र सोहि स्थानका २५ बर्षीय आमोद महतो पक्राउ परेका हुन् ।साउन २५ गते ८.२० बजेको समयमा जलजले ढाट स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको दुवैलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो । उनिहरुको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्ज सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । पक्राउ परेका दुवैको जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद लिई थप अनु्सन्धन भईरहेको छ ।...
पौडी खेल्न गएको दुई बालबालिका मृत फेला

पौडी खेल्न गएको दुई बालबालिका मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ गते । पौडी खेल्न गएका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खल्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा भएका हो । दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानियवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरुको शव कन्काई सिँचाई नहरको डिलमा भेटिएको स्थानियले जनाएका छन् ।...
त्रियुगा तथा आसपास क्षेत्रमा दुई दिन नियमित विद्युत आपूर्ति नहुने

त्रियुगा तथा आसपास क्षेत्रमा दुई दिन नियमित विद्युत आपूर्ति नहुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २६ त्रियुगा नगरपालिका भरी दुई दिन विद्युतमा समस्या हुने भएको छ । केहि विद्युत मर्मत तथा वरपर रहेका रुखका हाँगाहरु काट्नु पर्ने भएकाले दुई दिन नियमित विद्युत आपूति आपूर्तिमा समस्या हुने भएको नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले जनाएको छ ।कार्यालयले एक सूचना प्रकाशन गर्दै यस अबधिमा ग्राहकहरुमा पर्न गएको असर प्रति क्षमा प्राप्ती माग्दै समस्या बारे जानकारी गराएको हो ।  ...
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २६ झापाको मेचिनगर नगरपालिका–६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४० बर्षीय चेतनाथ फुयाल रहेका छन् ।आज बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश ३००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानिय पैदल यात्रि फुयाललाई ठक्कर दिई घाईते भएका थिए । तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरको बेलकामा सप्तकोसी नदी बस्ती पस्ता विस्तापित भएकामा भाइरल ज्वरो

उदयपुरको बेलकामा सप्तकोसी नदी बस्ती पस्ता विस्तापित भएकामा भाइरल ज्वरो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २६ गते । उदयपुरको बेलका नगरपालिकामा एक साताअघि सप्तकोसी नदीको धार परिवर्तनबाट बाढी बस्ती पस्ता विस्तापित भएका सर्वसाधारणमा भाइरल ज्वरो देखिन थालेको छ । कोसीबाट विस्थापनपछि स्थानीय सरकारले व्यवस्थापन गरेको शिविरमा बस्दै आएका बेलका–२, ३, ८ र ९ का मानिसमा भाइरल ज्वरोको प्रकोप फैलिएको हो । अस्वस्थ खाना, धमिलो पानी, फोहोरबाट प्रदूषण फैलिदा बिरामी पर्ने गरेको बेलका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेड विशाल राईले बताए । उनकाअनुसार बिरामी हुनेमा बालबालिका र वृद्धावृद्ध बढी छन् । उनीहरुको शिविरमै पुगेर औषधि उपचार गरिएको डाक्टर राईले बताए । त्यसबाहेक दैनिक दुई दर्जनभन्दा बढी बिरामी अस्पतालमा उपचारपछि फर्कने गरेका छन् । नगरपालिकाले व्यवस्था गरेको खसीबाख्रा संकलन केन्द्र कान्तेचौरी शिविरमा मात्रै ४ बालिकासहित १३ बालबालिका, १२ महिला र एक पुरुषलाई उच्च ज्वरो, रुघाखोकी, झाडापखाला र वाक...
सुन चाँदीको मूल्यमा गिरावट

सुन चाँदीको मूल्यमा गिरावट

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २६ गते । आज सुन चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिराबट भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ९६ हजार ६०० र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ ।...
निर्वाचनका लागि १ लाख ३० हजार म्यादी भर्ना गरिने

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी भर्ना गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २६ गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सवै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमा बुझाउने तयारी गर...