Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

ब्राउनसुगर कारोबारमा संग्लग्न एक भारतिय सहित ४ जना पक्राउ

ब्राउनसुगर कारोबारमा संग्लग्न एक भारतिय सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २६ झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । बुधवार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।यसै गरी बुधवार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । यसै गरी बुधवार राती ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टा स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरप...
सुनसरीको सीमा क्षेत्रमा तस्करी मौलायो

सुनसरीको सीमा क्षेत्रमा तस्करी मौलायो

Breaking News 1, समाचार
सोनुकुमार दास पूर्णपुष्टि, साउन २६ सुन्सरी जिल्लाको सीमा क्षेत्रबाट तस्करी मौलाएको छ । लत्ताकपडा, सुर्ती, चिनी, भाँडाकुँडालगायत सामानअवैद्य पैठारी हुनथालेका छन् । १ नं प्रदेशमा केहि दिन अघिमात्र पदभार समाहलेका डिआईजि सुदिपगरिले १ नं प्रदेशमा तस्करी ठप्प पार्न अभियानचलाइरहँदापनिप्रहरीकै संलगनतामा तस्करी भएको पाइएको छ । मोरङबाट छिटफुट तस्करी भएपनि सुनसरीबाट खुलेआम तस्करी भएको पाइएको छ । १ नं प्रदेशको , झापा , सुनसरीका सबै प्रायःचोर नाका र छोटी भन्सार भएर सामानओसारपसार हुने गरेको छ । सुनसरीको सिमानामा पर्ने बस्मतिया बोर्डर , घुर्णा बोर्डर , हरिनगरमा रहेको बोर्डरहरुबाट दिनहुँ तस्करी हुँदै गरेको छ । केहिदिन अघि , मोरङकाबिभिन्न नाकाबाट पनि तस्करी भएपनिअहिले नभएको बिराटनगरका केहि तस्करहरु बताउछन् ।मोरङमा रहेका घुमुवा प्रहरी , विशेष गरि जिल्लाप्रहरी कार्यलय मोरङ , वडा प्रहरी कार्यलय , बिराटन...
उदयपुरमा लागुऔषध गाजाँ सहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषध गाजाँ सहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ उदयपुरमा लागुऔषध गाजाँ सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका –६ लालपत्ता बस्ने १९ बर्षीय कमल चौधरी र सोहि स्थानका २४ बर्षीय सुनिल बस्नेत रहेका छन् ।आज दिउसो ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको गस्ति टोलिले लालपत्ता खोलाको डिलमा बस्नेतले बोकी ल्याएको निलो प्लाष्टिकको झोलालाई शंका लागि चेकजाँच गर्दा ५१० ग्राम लागुऔषध गाजाँ सहित दुबैलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले बताए । पक्राउ परेका दुवै जनाको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको छ ।...
बगाहामा मेडिकल कलेज स्थापना गर्न स्थलगत अबलोकन

बगाहामा मेडिकल कलेज स्थापना गर्न स्थलगत अबलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ गते । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा मेडिकल कलेज स्थापना गर्न नगर तथा प्रदेश सरकारले आज (बुधवार) स्थलगत अबलोकन गरेको छ । नगर प्रमुख बसन्त बस्नेत, उप–प्रमुख महेश्वरी राई,लगानी बोडको टिम लगाएतले कलेज स्थापनाका लागि स्थलगत अबलोकन गरेको हो । २०७९ असार ३० गते नवौँ नगर सभाबाट आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिका लगाएत ४,१३ र १६ नं. वडामा विभिन्न योजनाहरु सञ्चालन गरिने छ । वडा नं. ४ मा मेडिकल कलेज, वडा नं. १३ मा बरुवा बस पार्क निमार्णका साथै फोहोरमैला व्यवस्थापन गरिने छ । त्यस्तै, यता वडा नं. १६ मा सिदालीमा क्रिङ्गर उद्योग निमार्ण र नगरपालिका भित्र आवासिय विद्यालय निमार्ण गरिने योगजन रहेको नगरले जनाएको छ । पाँच वटै योजनाको लागि प्रदेश लगानी प्राधिकरण, बिराटनगरले लगानी गर्ने छ ।...
उदयपुरमा आत्महत्याको डरलाग्दो तथ्याङ्क

उदयपुरमा आत्महत्याको डरलाग्दो तथ्याङ्क

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ उदयपुरमा आत्महत्या घटना दिनानुदिन वड्दै गएको छ । एक वर्षको अवधिमा जिल्लामा आत्महत्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक वर्ष ०७८ ÷ ०७९ मात्र उदयपुरमा ९४ जनाले आत्महत्या गरेका छन् । यसमा पनि झुण्डिएर ८६ जना र विष सेवन गरेर ८ जनाले मृत्यु रोजेका छन् ।मानिसले जिवनमा वाकी विकल्प नदेखेपछि आत्महत्याको वाटो रोज्ने गर्छ । आफुले सोचेजस्तो नभएपछि मानिस विरक्तिएर जिवन त्याग्ने काममा अग्रसर हुने गरेका छन् । नेपालमा आत्महत्यालाई कानुनले गैह्र कानुनी मानेको छ । गरिबी , एक्लोपन , बेरोजगारी , प्रेममा असफलता , सामाजिक सन्जालको देखासिखीका कारणले आत्महत्या वढ्दै गएको छ । उदयपुर प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार मान्छेले आफुलाई अरुसँग तुलना गरेपछि कमजोर मान्ने र सो चिन्ता वढ्दै गएर गलत कदम उठाउने सम्मको अवस्थामा पुग्ने वताउछन् । नेपालमा बैदेशिक रोजगारमा जाने प...
भन्सारका कर्मचारी कुट्ने ३ प्रहरी जिल्ला बोलाईयो

भन्सारका कर्मचारी कुट्ने ३ प्रहरी जिल्ला बोलाईयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ गते । वीरगञ्ज भन्सार कार्यालय, पर्साका कर्मचारीलाई कुटपिट गर्ने तीन जना प्रहरी जिल्ला तानिएका छन् । प्रहरी चौकी ईनर्वामा कार्यरत तीन जना प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएका हुन् । सार्वजनिक सीसीटीभी फुटेजमा कुटपित गर्दै गरेको देखिएका तीन जना प्रहरीलाई सोधपुछका लागि जिल्ला ल्याइएको जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतले बताए । उनले भने, ‘त्यहाँ देखिएका मध्ये एकजना वरिष्ठ हवल्दार र अर्का दुईजना हवल्दार रहेछन्, सोधपुछ थालेका छौं ।’ सोमबार राति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बमबहादुर विशंखेलाई दुव्र्यवहार गरेका थिए । भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द हुने गर्छ । तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछि चार÷पाँच जना आएर वेरियर खोल्न ...
प्रदेश १ मा भारी वर्षाको सम्भावना

प्रदेश १ मा भारी वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ गते । आज प्रदेश नं. १ मा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको हुनसक्ने आकलन गरिएको छ । राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
बैदेशिक रोजगारमा सहयोग पर्याउने उद्देश्यले उदयपुरमा दियो–सूचना कर्नर उट्घाटन

बैदेशिक रोजगारमा सहयोग पर्याउने उद्देश्यले उदयपुरमा दियो–सूचना कर्नर उट्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ गते । उदयपुरको त्रियुगा नगरपालिका–११ मा रहेको संगम सामुदायी पुस्तकायलमा दियो–सूचना कर्नर उट्घाटन गरिएको छ । नगरका मेयर बसन्त कुमार बस्नेत र उपमेयर महेश्वरी राईले मंगलबार दियो–सूचना कर्नर तथा ई–लाईब्रेरीको उट्घाटन गर्नुभएको हो । सुरक्षित आप्रबासन परियोजन सुरक्षित बैदेशिक रोजगारमा सहयोग पुर्याउने उद्देश्यले “दियो” परियोजना सञ्चालन गरिएको पुस्ताकालयका अध्यक्ष भरत खड्काले बताउनुभयो । उहाँको अनुसार विदेश जानेको लस्कार लागेको र फर्किदा बाकस्मा आउने गरेका छन् । यस्तो हुन नदिन र विदेश जाने हरेक व्यक्तिलाई सहि मार्ग देखाउन “दियो” परियोजनाले निकै ठूलो भूमिका खेल्ने छ । बैदेशिक रोजगार विभागकका अनुसार २०७८ को असार मसान्त सम्ममा ६३ लाख २ सय ११ नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । राष्ट्रिय बैंकको तथ्याङ्क अनुृसार बैदेशिक रोजगारबाट आएको रेमिटान्सले देशको कुल ग्राहस्थ उत्पा...
ब्राउन सुगर र गाजाँ सहित पुरुष पक्राउ

ब्राउन सुगर र गाजाँ सहित पुरुष पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ झापा अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जी रहेका छन् ।हिजो बेलुका साढे ७ बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा सहित दर्जीलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भईरहेको छ ।...
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६१ बर्षीया सितादेबि ढकाल रहेकी छिन् । हिजो राती पौने ९ बजे आफ्नो घर अगाडी बसिरहेकी सितादेबिलाई पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्करबाट घाईते भएकी महिलालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाईकल र चालक मोरङ बेलबारी–६ का २३ बर्षीय अमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।...