Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

अझै घर जान सकेनन् कोशी क्षेत्रका बासिन्दा

अझै घर जान सकेनन् कोशी क्षेत्रका बासिन्दा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २४ सप्तकोशी नदिले बाध फुटाएर बस्तीमा पसेपछि विस्थापित भएका स्थानिय अझै घर फर्कन सकेका छैनन् । साउन १८ गते बिहानै कोशीले बेलका नगरपालिकाको डुम्रेबोटेको बाध फुटाएर बस्तीमा पसेको थियो ।कोशी बस्तीमा पस्दा बेलका नं.पा. २,३,८,९ का एविसि टप्पु भाटे, सिसैली, एकता बस्ती, चिल्म, दुर्गामन्दिर, लगाएतका बासिन्दा बिस्थापित भएका थिए । सो क्षेत्रका २० हजार जनता प्रभावित भएपनी ५ हजार बिस्थापित भएका थिए । बिस्थापितलाई बेलका नगरपालिकाले व्यबस्थापन गरेको छ । कोशीमा पानिको सतह केहि घटेपनि पानी गाउँतर्फ बगिरहेकोले बिस्थावित घर फर्कन सकेका छैनन् । पानिको बहाव बड्न सक्ने जोखिम रहेकोले उनिहरु घर जान डराईरहेको छन् ।...
उदयपुर प्रहरीको प्रतिबद्धता : शान्तीसुरक्षा पहिलो प्राथमिकता

उदयपुर प्रहरीको प्रतिबद्धता : शान्तीसुरक्षा पहिलो प्राथमिकता

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २४ उदयपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जिल्लामा शान्तीसुरक्षा स्थापना गर्नु नै आफ्नो मुख्य कार्य भएको बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकारसँगको भेटघाटमा उनले जिल्लाको बस्तुस्थीतिबारे आफु जानकार रहेको उल्लेख गरेका छन् ।उनले प्रहरीले जनताको सुरक्षामा कुनै कसुर बाकीँ नराख्नेभन्दै जिल्लामा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरी सक्षम भएको उल्लेख गरेका छन् । देश चुनाव तर्फ गरेकोले त्यसमा केन्द्रित रहेर प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउने प्रतिबद्धता समेत जनाएका थिए । सो कार्यक्रममा पत्रकारहरुले प्रहरीले गर्नुपर्ने कामको बिषयमा सुझाब समेत दिएका थिए ।...
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, साउन २४ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् ।पूर्व राष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ । उनीहरुले उहाँको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबीआईको यो छापा उहाँ अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ ।साथै गत वर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ ।   यस विषयमा...
१९ वर्षीया युवती करणी गरेको आरोपमा एक जना पक्राउ

१९ वर्षीया युवती करणी गरेको आरोपमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ गते । १९ वर्षीया एक जना युवती जबर्जस्ती करणी गरेको आरोपमा संखुवासभाबाट एक जना युवक पक्राउ परेको छ । जिल्लाको चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाडौँ, साउन २४ गते । जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो । अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिनुभयो । मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले औपचारिकरूपमा शुभारम्भ गर्नुभएको छ । अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग गर्न सुरु गरिएको जनाइएको छ । प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रु १५ मा बिक्री गर्ने निर्णय...
सडक किनारमा रोकिरहेको कन्टेनरभित्र पुरुषको शव फेला

सडक किनारमा रोकिरहेको कन्टेनरभित्र पुरुषको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ गते । मोरङको सन्दरहरैचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । प्रहरीका अनुसार चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको थियो । त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा अन्दाजी २७–२८ वर्षीय युवक मृत फेला परेका छन् । खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका विशाल राई ओछ्यानमै मृत भेटिएको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको ड...
उदयपुरको लिम्चुङबुङमा जेसीबी दुर्घटना

उदयपुरको लिम्चुङबुङमा जेसीबी दुर्घटना

Breaking News 1
पूर्णपुष्टि, साउन २४ गते । उदयपुरको लिम्चुङबुङमा सोमबार सडक बनाउने जेसीबी करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको छ । लिम्चुङबुङ गाउँपालिका–५ जाँतेबाट अवरुद्ध सडक खुलाउन बाराहा तर्फ जादैँ गरेको मनोज बुढाथोकीको प्रदेश २–०२–००१ क ०२३८ नम्बरको जेसीबी दुर्घटना भएको हो । दृुर्घटनामा जेसीबी पूर्ण रुपमा क्षती भई कामै नलाग्ने अवस्थमा रहेको स्थानिय बिजय कार्कीले बताए । जेसीबीलाई दुर्घटना भएको स्थानबाट निकालन पनि निकै कठिन रहेको स्थानियको भनाई छ । दुर्घटनामा कुृनै पनि मानविय क्षेती भएको छैन् ।...
हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

Breaking News 3, संसार
काठमाण्डौँ, साउन २४ महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जादाँ आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । (रासस)...
निषेधित लागुऔषध सहित दुई युवक पक्राउ

निषेधित लागुऔषध सहित दुई युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ मोरङको रतुवामाई नगरपालिका–४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका–७ बस्ने २२ बर्षीय युगल लिम्बु रहेका छन् ।सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ साईकलमा सवार रहेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।...
नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो

नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो

Breaking News 3, रोचक, समाचार
काठमाण्डौँ, साउन २४ नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो । उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपा...