Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

Breaking News 1, समाचार
पूर्णपुष्टि, काठमाण्डौँ, २४ देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदलीका साथै देशका पहाडी भू–भा...
पिण्डेश्वर बाबाधाममा भक्तजनको भीड

पिण्डेश्वर बाबाधाममा भक्तजनको भीड

Breaking News 3, पर्यटन, समाचार
काठमाडौँ, साउन २३ गते । धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ । दुई वर्ष कोरोनाका कारण प्रत्येक साउन महिनामा लाग्ने यहाँको बोलबम मेला लाग्न सकेको थिएन । सप्तकोशी नदीबाट पानी ल्याएर पिण्डेश्वर बाबाधाममा जल चढाउने भक्तजनको भीड लागेको छ । मन्दिरका पुजारी विनोद पोखरेलका अनुसार आइतबार राति ८ बजेदेखि नै भक्तजन लाइन लागेका थिए । आज साँझसम्म नै भक्तजन जल चढाउन आउने गर्दछन् । विजयपुरको पाखा र धरानका मुख्य चोकमा यति बेला पहेंलो बस्त्र लगाउने भक्तजनको भीड बढेको छ । साउन महिनामा धरान बजार गेरुबस्त्रधारीले पहेलपुर हुने गर्दछ । सुनसरीको बराहक्षेत्रस्थित कोकाह नदीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाउने गरिन्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहिता युवतीले राम्रो पति पाउँ भन्दै शिवलिङ्गमा जल चढाउ...
यातायत कार्यालय गाईघाटबाट १० हजारले लिए लाइसेन्स

यातायत कार्यालय गाईघाटबाट १० हजारले लिए लाइसेन्स

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ गते । उदयपुरको यातायात सेवा कार्यालय गाईघाटबाट आर्थिक वर्ष २०७८/०७९ मा करिब १० हजार जनाले सवारी चालक अनूमती पत्र लिएका छन् । जिल्लामा लाइसेन्स निकाल सुरु भएदेखि अहिले सम्म ९ हजार ९ सय ८ जनाले चालक अनुमति पत्र लिएका हुन् । यस्तै, कार्यलयमा सवारी सरुवा दर्ता ३ हजार ८ सय ९२ यातायात कार्यालय गाईघाटले जनाएको छ । कार्यालयलका अनुसार सवारी र्दताको लगत कट्टा १ सय ७९ हुदा सवारी दर्ताको नामसारी ४ हजार २ सय ४३ वटा भएको छ । यता, ८ हजार ५ सय २६ सवारीसाधन धनीले सवारीको नविकरण गराएका छन् । सवारी हेरफेर दर्ता र पुन सवारी दर्ता भने कसैले नगराएको कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । यातायात कार्यालयले २ सय ९ सवारीसाधनलाई रुट इजाजत दिएको छ भने २ हजार २ सय ७४ वटा रुट नविकरण भएका छन् । सवारी जाचपास २ हजार २ सय ६ भएको छ । १ सय १२ सवारीको प्रतिलीपी जारी भएको छ ।...
सुनकोशीमा हराएका वालिका अझै भेटिएनन

सुनकोशीमा हराएका वालिका अझै भेटिएनन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ गते । सुनकोशी नदिले वगाउदा वेपत्ता भएको एक महिनासम्म पनि वालिका अझै भेटिएका छैनन । अषार २२ गते उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङस्थीत सुनकोशी नदीमा पौडीखेल्ने क्रममा दुइ वालिका वेपत्ता भएका थिए । वेपत्ता हुनेमा त्रियुगा न पा १४ साउने बस्ने वर्ष १३ की विपना राइ र वर्ष १२ की विना राइ थिए। उनीहरु गाइवस्तु चराउन जादा गर्मी भएसगै पौडी खेल्न जादा वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले वालिकाको खोजी कार्य जारी रहेपनि नभेटिएको बताएको छ । वेपत्ता भएकी विना राइका वुवा जितवहादुर राइले भने प्रहरीले चासो दिएर नखोजेको वताएका छन । उनले भने "हराएको दिन भन्दा अरुदिन प्रहरीले खोजेको थाहा छैन । प्रहरीले तदरुकता नदेखाउदा आफ्ना छोरीहरु नभेटिएको गुनासो परिवारको रहेको छ ।" वालिकाहरु हराएको एक महिनासम्म पनि नभेटिएपछी परिवारले अन्तिम संकार गरेका छन् ।...
माछा उत्पादनबाट मनग्य आम्दानी

माछा उत्पादनबाट मनग्य आम्दानी

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २३ सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको छ । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनुभएको छ । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध हुनुहुन्छ । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उहाँको भनाइ छ । उहाँले गएको वर्ष रु ४० लाखको माछा बिक्री गर्नुभएको थियो । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उहाँले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गर्नुभएको छ । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु ५६ सम्म बिक्री भइरहेको बताइएको छ । पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गर्नुभएक...
मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका–७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्की रहेकी छिन् ।आइतबार बेलुका ५ बजे जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १–०१–०१५ प २५३४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका–७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्की गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको लागि B&C अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो । मोटरसाईकल चालक ४४ बर्षीय सुमन कार्कीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ ।...
ब्राउन सुगर कारोबारमा संलग्न एक दम्पती सहित चार जना पक्राउ

ब्राउन सुगर कारोबारमा संलग्न एक दम्पती सहित चार जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ सुनसरीमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ बर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम र ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा उनिहरुले ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरेको खुलेको हो । प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५...
नक्कली परीक्षार्थी बनि लाइसनको परीक्षा दिने युवा पक्राउ

नक्कली परीक्षार्थी बनि लाइसनको परीक्षा दिने युवा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ गते । नक्कली परीक्षार्थी बनि सावारी चालक अनुमति पत्रको परीक्षा दिने एक युवक भक्तपुरबाट पक्राउ परेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई पक्राउ परेको हो । मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा उनले ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिएका प्रहरीले जनाएको छ । उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।...
दुर्घटना गरेर डाक्टर फरार

दुर्घटना गरेर डाक्टर फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरको त्रियुगा नगरपालिका–१० रेडक्रस कार्यालय अगाडी हिजो मोटरसाईकल दुर्घटना हुँदा एक साईकल यात्री गम्भिर घाइते भएका छन् । बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको स ९ प ३८८३ नम्बरको मोटरसाईकले ठक्कर दिँदा साईकल चालक त्रिनपा १० खसिबजारका ४५ वर्षिय सुरेन्द्र राई गम्भिर घाइते भएका हुन् । उनलाई उदयपुर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर स्थित न्युरो हस्पिटल लगिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार मोटरसाईकल चालक सरोज चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक चौधरी उदयपुर अस्पतालका डाक्टर हुन् ।...
उदयपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३० बर्षीय सन्देश कार्की र सोहि स्थानका ३१ बर्षीय फडिन्द्र घिमिरे रहेका छन् । त्रियुगा न.पा. ६ लालपत्ता स्थित कदमाबाट गाईघाट तर्फ आउदै गरेको प्र १–०५–००१ प ५९६७ नं.को स्कुटीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित पक्राउ परेको हो । उनिहरुको साथबाट प्रहरीले १२ ग्राम  लागुऔषध ब्राउन सुगर फेला पारी स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले बताए ।...