Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

बाढीका कारण उदयपुरको बेलकाबासी पुनः विस्थापित

बाढीका कारण उदयपुरको बेलकाबासी पुनः विस्थापित

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन २२ उदयपुर जिल्लाको बेलका नगरपालिकामा शनिबार बेलुकी पुनः वर्षाले सप्तकोसी नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा बाँकी रहेका केही र फर्केर आएका पनि पुनः विस्थापित भएका छन् । नगरपालिकाका अनुसार शनिवार पूर्वी पहाडी क्षेत्र र उदयपुर क्षेत्रमा आएको वर्षाका कारण सप्तकोसीमा पुनःबाढी आएपछि वडानं स्थित २ बानडाँडा क्षेत्रका केही बासिन्दा विस्थापित भएका हुन् । यस्तै वडा नं १ को तपेश्वरी, आम्बासी, पुरनदहका खोलामा आएको बाढी गाउँमा प्रवेश गर्दा शनिबार सो क्षेत्रका बासिन्दा गाउँ छाडेर सुरक्षितस्थलतर्फ गएको नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनुभयो ।गत शनिबार पूर्वी पहाडी क्षेत्रमा आएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बानडाँडा र सातपत्रेका बासिन्दा केही दिनअघि विस्थापित भएर घर फर्किआएकामा पुनः विस्थापित भएर अन्य सुरक्षितस्थलतर्फ गएको बेलका– २ का प्रकाश कार्कीले बताउनुभयो ।यस्तै प...
सप्तकाेशी प्रभावितलाई सेभ द चिल्ड्रेन र वाल विकास समाज उदयपुरकाे सहयोग

सप्तकाेशी प्रभावितलाई सेभ द चिल्ड्रेन र वाल विकास समाज उदयपुरकाे सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ गते । उदयपुरको बेलका नगरपालिकाका बाढी प्रभावितलाई सेभ द चिल्ड्रेन र बाल विकास समाज उदयपुरले राहत सामाग्री वितरण गरेको छ । बेलका नगरपालिकाकाे समन्वयमा वडा नं. ३ का ५० घर बाढी प्रभावितलाई करिब २ लाख ७ हजार ८ सय ६८ मूल्य बराबरको राहत सामाग्रीहरू वितरण गरिएको हो । सामग्रि वितरण गत २० गते भएकाे हाे । सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक दिपक बुढाथोकीका अनुसार बेबीकिट ३ देखि ५ वर्षसम्मका बालबालिकाको लुगा, ब्लाङ्केट आदि भएको झोला सहयोग गरिएको छ । यस्तै, हाईजिन किट (स्वच्छता सम्बन्धी सामाग्री जस्तै बाल्टिन, मग, भित्रिलुगा, पानीछान्ने कपडा, तौलिया, ब्रस, मञ्जन आदि भएको झोला) झुल, पिफोर्म, डिग्निटी किट (सावन, व्रस, स्यानेटरी प्याड लगायत महिलालाइ आवश्यकीय सामग्री आदि) लगायत सहयोग सामग्रि वितरण गरिएको छ । नगरपालिकाकाले अस्थायी वसोवास स्थलमा रहेका प्रभावित परिवारहरुलाई खाद्यान...
करेन्ट लागेर मुृखियाको मृत्यु

करेन्ट लागेर मुृखियाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ गते । करेन्ट लागेर मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल स्थितमा एक जनाको ज्यान गएको छ । शनिवार राती ९ बजे स्थानीय ३० वर्षीय राजु मुखिया करेन्ट लागेर ज्यान गएको हो । मुखियाको आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।...
१९ वर्षीया सुत्केरी महिलाको मृत्यु

१९ वर्षीया सुत्केरी महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ गते । १९ वर्षीया एक सुत्केरी महिलाको अकालमै ज्यान गएको छ । पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायीक अस्पतालमा ज्यान गएको हो । फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को शनिवार बिहान सामान्य बच्चा जन्मीएकी उनको बेलुका ज्यान गएको थियो । उनलाई रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।...
उदयपुरको लिम्चुङबुङमा चट्याङले ३ गोरु र दुई गाई मर्यो

उदयपुरको लिम्चुङबुङमा चट्याङले ३ गोरु र दुई गाई मर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा चट्याङले लागेर एकै घरका ५ चौपाया मरेको छ । पालिकाको ३ नं वडा वाराहा स्थित मदन वहादुर कार्कीको ३ गोरु र २ गाई चट्याङले मारेको वडाअध्यक्ष गुरुमणी कुमाईले जनाउनुभयो ।कुमाईका अनुसार शनिवार राती ९ बजेको समयमा परेको बर्षा सँगैको चट्याङले ५ चौपाया मरेको हो । उक्त चौपायाबाट कार्कीलाई २ लाख बढी क्षती पुगेको जनाईएको छ ।...
आगामी आमनिर्वाचनका लागी दल दर्ता सुरु

आगामी आमनिर्वाचनका लागी दल दर्ता सुरु

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, साउन २२ निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ । यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको सङ्गठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ÷छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको छ । दल ...
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो

पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २२ काठमाडौँ महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ ।कामपा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री छन् । पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन् । कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिरबार नवनिर्मित शौचालयको शुभारम्भ गर्नुभयो । कामपाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो राख्नुभयो । उहाँले भन्नुभयो “ सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित । महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ । यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ । ” शौचालयमा प्रयोग भएको आकासेपानी सङ्कलन...
तीन प्रदेशमा भारी वर्षाको सम्भावना ः सतर्कता अपनाउन आग्रह

तीन प्रदेशमा भारी वर्षाको सम्भावना ः सतर्कता अपनाउन आग्रह

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २२ देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ । उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक ...
ट्रक पल्टिँदा चालकको मृत्यु

ट्रक पल्टिँदा चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २२ गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ । आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो । (रासस)...
नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौँ : सञ्चारमन्त्री

नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौँ : सञ्चारमन्त्री

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २१ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ ।बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताउनुभयो । मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने उहाँको छ । अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञानसम्बन्धी विषयलाई समावेश गरिएको छ । मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’म...