Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

क्याथे प्यासिफिक एयरवेजले हङ्कङ–काठमाण्डौँ उडान भर्ने

क्याथे प्यासिफिक एयरवेजले हङ्कङ–काठमाण्डौँ उडान भर्ने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, साउन २१ हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण) ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरव...
जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …

जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, साउन २१ नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए । दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए ।अवर्णनीय पीडा र हतास श्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए । र, उनलाई कार्यालयमा फर्काए । आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुईसन्तान (एक छोरा, एक छोरी) सम्म पुग्न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै...
नुहाउने क्रममा कुलोमा डुबी बालकको मृत्यु

नुहाउने क्रममा कुलोमा डुबी बालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २१ कैलालीको टिकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । (रासस)...
सुनचाँदी पसल चोरी गर्ने युवक पक्राउ

सुनचाँदी पसल चोरी गर्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २१ सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् ।हिजो राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गएको थियो । घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे चोरीमा सम्लग्नलाई पक्राउ गर्न सफल भएको छ । अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९...
ब्राउन सुगर सहित युवक पक्राउ

ब्राउन सुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २१ मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजार स्थितबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।हिजो बेलुका साँढे ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित नियन्त्रण्मा लिएको हो । पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको छ ।...
बिहे हुनै नपाई मेलिना र सन्जिवबीच ब्रेकअपको निर्णय

बिहे हुनै नपाई मेलिना र सन्जिवबीच ब्रेकअपको निर्णय

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन २० गायीका मेलिना राईले सन्जीव बराईली सँग ब्रेकअप गर्ने निर्णय सामाजिक संञ्जालमा जनाएकी छिन् । राईले गिटारिस्ट तथा संगितकर्मी सन्जीव वराईली सित केही समय अघिनै इन्गेज्मेन्ट गरेकी थिईन् । उनले फेसवुकमा लेख्दै कुनै पनि इन्गेज्मेन्टहरु बिहेमै परिणत हुन पर्छ भन्ने बाध्य नरहेको पनि जनाईन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको गायीका राईले फेसबुकमा लेखेकी छिन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ फेसवुकमा उनी लेख्छीन् । ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उसले ब्रेकअपको कारण बताईन् । आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्ज...
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २० पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । (रासस)...
एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन २० आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्नेछन् । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा...
परराष्ट्रमन्त्री डा. खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा. खड्का चीन भ्रमणमा जाँदै

Breaking News 3, राजनीति, समाचार, संसार
काठमाण्डौँ, साउन २० परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ अगस्ट ९ देखि ११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लाग्नुभएको मन्त्रालयले आज जनाएको हो ।दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नुहुनेछ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ । (रासस)...
डुवान क्षेत्रमा मन्त्रीको लस्कर : पिडित व्यवस्थापनको छैन योजना

डुवान क्षेत्रमा मन्त्रीको लस्कर : पिडित व्यवस्थापनको छैन योजना

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २० उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोटेको अस्थाई बाध भत्काएर शप्तकोशी नदि बस्तीमा पसेपछी निरिक्षण गर्न मन्त्रिको लस्कर लागेको छ । बाध फुटेको दिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक पूवधार मन्त्री हिमाल कार्कीले प्रभावित क्षेत्रको निरिक्षण गरे । उनिहरुले डुवान प्रभावित बासिन्दालाई न कुनै प्रदेश सरकारको तर्फबाट राहत सहयोग गरे न त अस्थाई बसोबासको लागी पहल गरिने आश्वासन नै दिए । केवल डुवानमा परेकाको उद्धार गरिरहेको हेरे र फर्के ।साउन १९ गते परराष्ट्र मन्त्री डा. नारायण खड्का पनि प्रभावित क्षेत्रको निरिक्षणमा आएका थिए । उनले पनि बाढी डुवान प्रभावित क्षेत्रका जनताको उचित व्यवस्थापन गर्ने बारे संघिय सरकारको न कुनै योजना सुनाए । न त सरकारको तर्फबाट कुनै सहयोग नै गरे । फगत प्रभावित क्षेत्रको दु : ख हेरे र फर्किए । यस्तै प्रदेश एकका शिचाई मन्त्री राम...