Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

तैरिरहेको अवस्थामा शिशुको शव फेला

तैरिरहेको अवस्थामा शिशुको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौ, साउन २० झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । (रासस)...
अरिङ्गलको टोकाईबाट बुबाको मृत्यु : ६ बालबालिकाको बिचल्ली

अरिङ्गलको टोकाईबाट बुबाको मृत्यु : ६ बालबालिकाको बिचल्ली

Breaking News 3, समाचार
काठमाण्डौ, साउन २० अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उहाँका सन्तानको बिचल्ली भएको हो ।परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उहाँले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आउनुभएको थियो । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।   स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । “घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भन्नुभयो । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ । स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । बालबा...
सप्तकोशी गाउँपस्दा बीसहजार प्रभावित, तेईस सयको उद्धार

सप्तकोशी गाउँपस्दा बीसहजार प्रभावित, तेईस सयको उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ सप्तोकोशी नदिले बाध भत्काएर गाउँपस्दा बेलका नगरपालिकाका ४ वटा वडा बढी प्रभावित भएका छन । वार्ड नं. २, ३, ८ र ९ जलमग्न भएका छन ।बेलका नगरपालिकाका २० हजार नागरिक प्रभावित भएका छन ।ठुलो संख्यामा नागरिक प्रभावित भएपछि हालसम्म तेईस सयको मात्र उद्धार गरिएको छ । डुवान भई विस्थापित भएकालाई नगरपालिकाले ग्यास चुलो, दाल, चामल, तेल लगाएतका समाग्री प्रदान गरेको छ । नगरपालिकाले कोशी जन्ता माध्यामिक विद्यालय, आदर्श आधारभुत विद्यालय, कोशी मा.वि, नमुना गाईफर्म लगाएतका स्थानमा प्रभावितलाई राखेको छ ।...
वितेको २४ घण्टामा ७६० जना कोरोना संक्रमण पुष्टि

वितेको २४ घण्टामा ७६० जना कोरोना संक्रमण पुष्टि

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १९ गते । वितेको २४ घण्टामा नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ५ हजार ९ सय २६ जनाको नमुना परीक्षण गर्दा ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा ३ सय २४ जना संक्रमित निको भएका छन् । २४ घण्टामा एक जना संक्रमितको ज्यान गएको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ६ सय २ रहेको मन्त्रालयले जनाएको छ ।...
सङ्क्रमणको चौथो लहरको सङ्केत !

सङ्क्रमणको चौथो लहरको सङ्केत !

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, साउन १९ नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७...
कोशी प्रभावित क्षेत्रको निरिक्षणमा परराष्ट्रमन्त्री

कोशी प्रभावित क्षेत्रको निरिक्षणमा परराष्ट्रमन्त्री

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोशी प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गरेका छन् । आज मन्त्री खड्काले बाध भत्काएर गाउँतिर पसेको स्थान डुम्रीबोटे, डुवानमा परेको बेलका नं.पा. १, २, ३, ८ र ९ वडाको निरिक्षण गरेका थिए । उनले डुवान प्रभावितलाई सरकारले सहयोग गर्ने समेत आश्वासन दिएका छन् । यस्तै प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पनी डुवान क्षेत्रका निरिक्षण गरेका छन् ।साउन १८ गते विहान कोशीले आफ्नो धार परिवर्तन गर्दै बेलका ८ डुम्रीबोटको बाध फट्दा सो क्षेत्रका २ हजार भन्दा बढी घर डुवानमा परेका छन भने १० हजार भन्दा बढी विस्थापित भएका छनर ।...
आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, साउन १९ नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । (रासस)...
तालाबन्दीपछि दैनिक काम प्रभावित

तालाबन्दीपछि दैनिक काम प्रभावित

Breaking News 3, समाचार
काठमाडौँ, साउन १९ गते । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ । मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयलाई उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको भए पनि मन्त्रालयले पुनः २०७९ साउन १५ गते उक्त निर्णय उल्टयाउँदै पुनः पुराना सुमनकुमार कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा बहाली गरेसँगै विवादले चरम रूप लिएको छ । पुराना प्रमुख प्रशासकीय अधिकृत कार्की...
कोशी नदी उदयपुरको बेलका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित

कोशी नदी उदयपुरको बेलका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित

Breaking News 2, समाचार
काठमाडौँ, साउन १९  सोमबारदेखि परेको निरन्तर वर्षाका कारण कोशी नदी उदयपुरको बेलका नगरपालिका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित भएका छन् । सप्तकोशीको टतिय क्षेत्रमा नदीले मंगलबार बिहानदेखि कटान गरेर गाउँघरमा प्रवेश गर्न थालेपछि बुधबार बेलुकी सम्ममा सो क्षेत्रका करिब १ हजार मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै, १ हजार ५ सय भने आफै सुरक्षित स्थानतर्फ गएका छन् । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर १ हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालय तथा सिटिहलमा लगेर राखिएको छ । यता, नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोशीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै १ हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताए । उनका ...
कोशीमा पानीको बहाब बढेसँगै ४६ ढोका खोलियो : वस्तीसँगै विद्यालय पनि कटान

कोशीमा पानीको बहाब बढेसँगै ४६ ढोका खोलियो : वस्तीसँगै विद्यालय पनि कटान

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ गते । सप्तकोशीमा पानीको बहाब बढेसँगै ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । पूर्वी पहाडमा अविरल परेको वर्षाको कारण उदयपुर, सप्तरी, सुनसरीलगाएतका टतीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएपछि कोशी ब्यारेजका ४६ ढोका खोलिएको हो । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ढोका खोलिएको छ । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम भएको छैन । उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भईरहेको छ ।...