Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

फलामको मुस्ली प्रहारबाट बाबुको हत्या गर्ने पक्राउ

फलामको मुस्ली प्रहारबाट बाबुको हत्या गर्ने पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका छन् । उनले हिजो बिहान बाबु ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई भागी फरार भएका थिए । घाईते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै बिहान सँवा ७ बजे मृत्यु भएको थियो ।वारदात पश्चात फरार रहेका टंक बहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरि खोजतलास गर्दै जाँदा हिजै राती साढे ९ बजे तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा सम्मानित ...
दिक्तेलमा ट्र्याक्टर चालकको संकास्पद मृत्यु

दिक्तेलमा ट्र्याक्टर चालकको संकास्पद मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १९ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताउनुभयो । “घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ ।” दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताउनुभयो । हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ । किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गर्नुभयो । “बुधबार बेलु...
उदयपुरको रौतामाईमा अन्तरास्ट्रिय युवा दिवस मनाईने

उदयपुरको रौतामाईमा अन्तरास्ट्रिय युवा दिवस मनाईने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाले अन्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ । दिवसको अबसरमा पालिकाले युवाको भुमिका विषयक बहस तथा बक्तित्व कला प्रतियोगिता संचालन गरिने छ । १६ देखि ४० बर्षका युवाहरूलाई साउन २६ गते समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक जनप्रतिनिधिहरु सँग बहस कार्यक्रम गरिने छ । २७ गते १६ देखि २४ बर्षको युवाहरूलाई समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता संचालन गरिने भएको छ ।हरेक बर्ष १२ अगस्टको दिन अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यो बर्षको नारा युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता ऐक्यबद्धताू रहेको छ । पालिकाले वल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा यो कार्यक्रम गर्न लागिएको रौतामाई गाउँपालिका उदयपुरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गोबिन्द कार्किले ब...
करेन्ट लागेर ससुरा र गर्भवती बुहारीसहित तीन जनाको मृत्यु

करेन्ट लागेर ससुरा र गर्भवती बुहारीसहित तीन जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १९ सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो । यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो । (रासस)...
उदयपुरमा करणी गरी फरार रहेका चौधरी पक्राउ

उदयपुरमा करणी गरी फरार रहेका चौधरी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ उदयपुरमा जबरजस्ती करणी गरेर फरार रहेका एकजना प्रतिवादी बुधबार पक्राउ परेको छ । जिल्लाको चौदण्डिगढी नगरपालिका–९ ज्यामिरे बस्ने ४० बर्षिय राजेश्वर चौधरी पक्राउ परेको हो ।मिति २०७१÷०१÷२७ गते करणी गरी चौधरी फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले बताए । उनलाई २०७४÷११÷२७ गते जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकिएकोमा चौधरी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलिले चौधरीलाई हिजो १० बजे पक्राउ गरी जिल्ला अदालतमा बुझाउने तयारी गरिएको छ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो । विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । विमानस्थलबाट हिरासतमा लिएर हाल गौशला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ ।” प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलब...
कोशी पस्यो बस्ती

कोशी पस्यो बस्ती

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १८ उदयपुरको बेलका नं.पा. ८ डुम्रीकोटमा सप्तकोसी नदिले बाध फुटाएर बाढी बस्तिमा पसेको छ । आज १८ गते बिहान४ बजे कोसिले बाध भत्काएको थियो । यसरी बाढी बस्तिमा पस्दा उदयपुरको बेलका न पा १,२,३, ८ र ९ वडाका बासिन्दा बिस्थापीत भएका छन । बिशेष गरि सिसिली, कोशी टप्पु , धौरी एबिसि टप्पु,मगर गाउँ डुबानमा परेका छन । यस्तै सुनसरीको बराहक्षेत्र न पा ६ र ७ नं वडाका बासिन्दा बिस्थापित भएका छन । जसमध्ये उदयपुरका १५०० , सुनसरीका ६०० घरधुरी बिस्थापित भएका छन ।प्रशासनले हिजै देखि बाढिको खतरा पढेको भन्दै बस्ती छोड्न आग्रह गरेकाले कुनै मानबीय क्षती भएको छैन । तर कोसिमा पानीको बहाब बढिरहेकोले अझ बढी बस्ती डुब्ने खतरा देखीएको छ । सप्तकोसीमा पानीकोबहाब २ लाख २९ हजार १२५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । बिस्थापित लाई बिधालय , बेलकाको सिटि हल लगाएतका स्थान स्थानमा राखिएको छ ।...
मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना : चालक सहित दुईको मृत्यु

मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना : चालक सहित दुईको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १८ कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताउनुभयो ।दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १८ महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख. ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । मृतक दिलीपको शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ । (रासस)...
ठगी आरोपमा पत्रकार भूमिराजलाई पक्राउ गर्न प्रहरीमा पत्राचार

ठगी आरोपमा पत्रकार भूमिराजलाई पक्राउ गर्न प्रहरीमा पत्राचार

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १८ पत्रकार भूमिराज पराजुलीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको छ । वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्रचार गरेको हो । दमक निवासी पत्रकार पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेसंगै विभागले पराजुलीलाई पक्राउ गर्न पत्रचार गरेको हो ।दमकस्थित हिमशिखर टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत पत्रकार पराजुलीबिरुद्ध वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ पूर्जी जारी गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई वैदेशिक रोजगार विभागले आग्रह गरको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बशन्त पाठकले बताए । वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो । विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी...