Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

चोरीको मोटरसाईकल सहित तीन पक्राउ

चोरीको मोटरसाईकल सहित तीन पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १८ प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो ।इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो । मोटरसाइल चोरीमा संलग्न यादव, उनका भाइ रामलक्ष्मण यादव र भङ्गाहा–४ का सुनिलकुमार रामलाई प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । पछिल्लो समय बर्दिबासमा दिउँसै मोटरसाइकल चोरी हुने घटना बढ्दै गएको छ । केही दिन अघि बर्दिबास–१ स्थित रेडियो बर्दिबास परिसरबाटै मोटरसाइकल चोरी भएको थ...
सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १८ उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गर्नुभएको छ । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उहाँसँग छलफल गरिएको हो । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ...
पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १८ झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ । गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो । (रासस)  ...
झापामा ब्राउन सुगर सहित युवती पक्राउ

झापामा ब्राउन सुगर सहित युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ लागुऔषध ब्राउन सगुर सहित एक जनालाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छन् । हिजो बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...
सप्तकोशी नदी उदयपुरको वस्ती छिर्न थालेपछि स्थानीयहरु त्रसित

सप्तकोशी नदी उदयपुरको वस्ती छिर्न थालेपछि स्थानीयहरु त्रसित

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १८ उदयपुर र सुनसरी बिच बग्ने सप्तकोशी नदीले उदयपुरको वस्तीलाई असर गर्न थालेको छ । लगतारको बर्षाले एरिया भन्दा बढी पानी बग्न थालेपछि नदी वस्ती तर्फ लागेको हो । नदी कटान सँगै त्यहाँको स्थानीयहरु त्रसित बनेको छ । नदीले उदयपुरको सयौँ घरहरुलाई विस्थापित बनाएको छ । अहिले वस्तीलाई सुरक्षित स्थान तर्फ सार्ने काम पनि भैरहेको छ । यहाँको स्थानीय प्रशासन, सुरक्षा निकायहरु सहितको उपस्थितिमा स्थानीय सरकारहरुले यसलाई ध्यान दिने काम गरिरहेको छ । स्थानीय तथा वुद्धिजिविहरुले वस्तीलाई तत्कालै सुरक्षित स्थानमा स्थानतरन गराउनु पर्ने माग समेत गरेको छ । नदीमा पानीको बहाव हिजो दिउँसो ४ बजे मापन गर्दा २ लाख ३३ हजार ६ सय ३५ क्युसेक पुगेको थियो भने ब्यारेजका ३५ ढोका खोलिएका छन । बेलका नगरपालिकाको डुम्रीबोटे बाट सप्तकोसी बस्ती तर्फ पस्ने खतरा बढे संगै जोखिम क्षेत्रका स्थानीयहरुलाई सुरक्षित स...
बसबाट ओर्लने क्रममा लडेर बृद्धको मृत्यु

बसबाट ओर्लने क्रममा लडेर बृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ । आज बिहन ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को.१ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए ।घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु

उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १७ उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१४ सिन्धुली घर भई कटारी नगरपालिका–६ साथीको घरमा आएका १९ बर्षीय बिपिन बि.क रहेका छन् ।आज दिउँसो १ बजे मल्टिप्लकमा मोवायलको चार्जर लगाउने क्रममा अचानक करेन्ट लागेर बि.क. घाईते भएका थिए । उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।...
श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १७ अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए ।वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनालाई खोला तर्ने क्रममा बगाएको थियो । उनीहरुसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए । बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो ।(रासस)  ...
पहिरोले घर पुरिदाँ एकै परिवारका पाँच जनाको मृत्यु

पहिरोले घर पुरिदाँ एकै परिवारका पाँच जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १७ म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो ।“पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ”, वडा सदस्य पुनले भन्नुभयो । खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी विकको शवसमेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ । बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पु...
विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, साउन १७ नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो । पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद रकम पनि प्रदान गरिएको थियो ।प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ । आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा युवा तथा खेलकुदम...