Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

कुटपिटबाट बुबाको मृत्यु, छोरा फरार

कुटपिटबाट बुबाको मृत्यु, छोरा फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १७ तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।...
उदयपुरमा त्रियुगा नदिले बगाउँदा पुरुषको मृत्यु

उदयपुरमा त्रियुगा नदिले बगाउँदा पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १७ उदयपुरमा त्रियुगा नदिले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाई रहेका छन ।सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल प्रहरी चौकी सुकौराबाट प्रहरी टोली खटि गई खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।...
‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ घरबेटीलाई खुवाएर लुटपाट गर्ने दुई भारतिय पक्राउ

‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ घरबेटीलाई खुवाएर लुटपाट गर्ने दुई भारतिय पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १७ भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।“लुटपाटपछि दुवै फरार रहेका थिए”, प्रहरी नायब उपरीक्षक शाहले भन्नुभयो, “दुवै डाँका चोरी मुद्दामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको जानकारी पाइएपछि जिल्ला अदालत क...
सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १७ दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुनुहुनछ । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उहाँले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गर्नुभएको छ । शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहनुभएका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गर्नुभएको छ । “दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु”, उहाँले भन्नुभयो । उहाँले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राख्नुभएको छ ।खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उहाँको धोको छ । “तत्कालन आम्दानी लिन सकिएको छै...
पहिराले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता

पहिराले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १७ म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उहाँकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ । (रासस)...
खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १७ साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका...
गाईघाट गोसलाईनमा माछा व्यपारीको छोरा मृत फेला

गाईघाट गोसलाईनमा माछा व्यपारीको छोरा मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १७ गाईघाट स्थित पुरानो सव्जी बजार गोसलाईनमा एक युवा मृत फेला परेको छ । माछा व्यापारी जोशी सहनीका २० बर्षिय छोरा कृष्ण सहनी मृत फेला परेको स्थानीयले जनाएको छ । मृतक युवाको मुचुल्का उठाई प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगेको छ । स्थानीयहरुका अनुसार शरिरमा केहि चोटहरु समेत फेला परेको जनाएका छन् । उनको मंगलबार विहान गोसलाईनको मासु काट्ने ठाउँमा शव फेला पारेको हो । मृतकका भेनाजु जितेन्द्र शहनीका अनुसार कृष्ण करिब १ महिना पछि विदेश जाने तयारीमा रहेको जनाएका छन् । सबै भिषाहरु तयारी रहेको र उड्न मात्रै बाँकी रहेको अवस्थामा उनको मृत्यु भएको जितेन्द्रले जनाए ।...
बेलकामा एमाले सचिव सहित पुर्व जनप्रतिनिधी माओवादी केन्द्रमा प्रवेश

बेलकामा एमाले सचिव सहित पुर्व जनप्रतिनिधी माओवादी केन्द्रमा प्रवेश

Breaking News 1, राजनीति, समाचार
ललित राई बेलका, साउन १६ नेकपा एमालेका बेलका नगर पार्टी सचिव सहित पुर्व जनप्रतिनिधी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बेलका नगरका एमालेका नगर सचिव नुनिराम राई लगायत बेलका नगरपालिकाको एमालेवाट निर्वाचित पुर्व वडा सदस्य राज कुमार बस्नेत सहीत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन।श्रावण १६ गते सोमवार आदिवासी जनजाति सभाहलमा नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीद्वारा आयोजित एक कार्यक्रममा सचिव राई सहित स्थानिय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश नं। १ का प्रदेश कमिटी सचिवालय सदस्य राजन किराती ‘बासु’ को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको हो।किराती सहित प्रदेश कमिटी सदस्यहरु रमन भट्टराई , राकेश किराती, श्याम श्रेष्ठ नगर पार्टी अध्यक्ष मनोज तामाड०, नगर पार्टी...
सरकारद्धारा कोभिडका लागि निशुल्क उपचार गर्ने अस्पताल तय : प्रदेश एकमा कहाँ ?

सरकारद्धारा कोभिडका लागि निशुल्क उपचार गर्ने अस्पताल तय : प्रदेश एकमा कहाँ ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १६ गते । कोभिडका विरामीको संख्या बढ्न थालेको छ । कोभिड संक्रमणको दर बढ्न थालेसँगै सरकारलले विरामीको निशुल्क उपचारका लागि अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अषार ३१ गतेको निर्णय अनुसार अब सरकारले तोकेको अस्पतालमा संक्रमितको निशुल्क उपचार गर्न पाउने छन् । सरकारले कोभिड संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका विरामीको निशुल्क उपचार गर्न अस्पताल निश्यित गरेको छ । जसअनुसार प्रदेश १ मा कोशी अस्पताल र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशूल्क उपचार हुनेछ ।...
बाढीका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध : फोटो फिचरसहित

बाढीका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध : फोटो फिचरसहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १६ गते । अविर वर्षासँगै खोलामा बाढी आउदा मदन मण्डरी राजमार्ग अवरुद्ध भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसी स्थीत मौवासी खोलामा बाढी आएर नाला बगाउदा सवारीसाधन तार्न समस्या भएको छ । नाला बगाउदा सयौ सवारीसाधन रोकिएका छन् । बाढीले सवारीसाधन वारपार गर्न समस्या परेपछि खोलामा बाढी कम भएको मौका पारेर ठूला साधनलाई डोजरले तानेर तार्ने गरिएको छ । मोटरसाईकल तार्न भने स्थानीयको सहयोग लिनुपर्ने अवस्था छ । मोटरसाईकल तारेको स्थानीयले पाचँ सय लिने गरेका छन् । मदन भण्डारी राजमार्ग निमार्णको अन्तिम चरणमा पुगे पनि मौवासी लगाएतका केही स्थानमा समयमै पुल निमार्ण नहुँदा यात्रु तथा सर्वसाधरणले दुख पाउने गरेका छन् । पानी परिसँगै आवागमन बन्द हुँदा सयौँ सवारीसाधनमा यात्रा गरिरहेको यात्रुहरु अलपत्र परेका छन् । फोटो फिचर...