Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

प्रहरी दिवसको अवसरमा उदयपुरको ६ प्रहरी सम्मानित

Uncategorized
पूर्णपुष्टि, असोज ३१ जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसको अवसरमा संगठनका ६ जना प्रहरीहरुलाई सम्मान गरेको छ । प्रहरी नायव निरिक्षक गंगाराम राई सहित ६ जनालाई उक्त दिवसमा सम्मान गरिएको हो । बर्षभरी उत्कृष्ठ कार्य गर्ने प्रहरी अधिकृतहरु र प्रहरी जवानहरुलाई प्रहरी दिवसको अवसरमा सम्मान गरिएको उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाँलले बताउनुभयो भयो । सम्मानित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी अधिकृत प्रहरी नायव निरिक्षक गंगाराम राई, प्र.सहायक निरिक्षक घनश्याम पोखरेल, बेल्टारमा कार्यरत प्रहरी हवल्दार सौरब काजी थापा, रामपुरमा कार्यरत प्रहरी हवल्दार नवराज भुजेल, कटारीमा कार्यरत प्रहरी सहायक हवल्दार निरन्जल दनुवार र गाईघाटमा कार्यरत बिनिता हेल्मु रहेकी छिन् । यसैगरी कार्यक्रममा अमर प्रहरी परिवारहरुलाई खादा सहित दोसल्लाबाट सम्मान सँगै परिक्षामा उत्कृष...

खोटाङको अक्सिजन प्लान्ट पुन : सुचारु

Uncategorized
पूर्णपुष्टि, असोज ३१ गते । जिल्ला अस्पताल खोटाङमा उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएर अक्सिजन उत्पादन बन्द भएको थियो । बिग्रिएको उपकरण फेरेपछि अस्पतालमा पुन : अक्सिजन प्लान्ट सुचारु भएको छ । थ्री फेज स्टेप्लाइजरको बिग्रिएको पिसि बोर्ड फेरेपछि अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादन सुचारु भएको हो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रँदा झण्डै तीन हप्तादेखि अक्सिजन उत्पादनको काम बन्द भएको थियो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड फेरेपछि आइतबारदेखि अक्सिजन उत्पादनको काम नियमित भएको जिल्ला अस्पतालका डा.नितु लामाले बताइन् । मुन रक्स इन्टरनेशनल प्रालिले प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरेको अक्सिजन प्लान्ट गत साउन २३ गते उद्घाटन गरिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले नयाँ उपकरण पठाएर फेरेपछि अक्सिजन प्लान्ट सुचारु भएको जिल्ला अस्पतालले जनाएको छ । अक्सिजन...

धरान आउँदै गरेको पिकपमा आगलागी

Uncategorized
पूर्णपुष्टि, असोज ३१ गते । धनकुटा स्थित साँगुरीगढी गाउँपालिकामा राजमार्गमा गुडिरहेको पिकअप गाडीमा अचानक आगलागी भएको छ । कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक हिलेबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको पिकअप गाडीमा अन्दाजी २ बजे आगो लागेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । वायरिङ सर्ट भएर गाडीमा आगो लागेको हुनसक्ने प्रहरीको अनुमान रहेकोछ । लाग्ने वित्तिकै चालक निस्किएकाले मानवीय क्षति भने हुँन नपाएको प्रहरीले जनाएको छ । आगोको कारण पिकअपको अगाडिको भाग जलेको छ । करिब आधा घण्टापछि आगो नियन्त्रणमा आएको थिए ।...

उदयपुर प्रहरीले २६ सय बोट गाँजा नष्ट गर्यो

Uncategorized
पूर्णपुष्टि, असोज ३१ गते । उदयपुरमा अवैध रुपमा लगाईएको गाँजा नष्ट गरिएको छ । जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा लगाईएको २ हजार ६ सय गाँजाको बोट नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अवैध गाँजा नष्ट गर्ने अभियान अन्तर्गत शुक्रबार अन्दाजि १ः३० बजेको समयमा ताप्ली–३ दगले स्थितमा अवैध रुपमा गाँजा खेति रहेको भन्ने बिशेष सुचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरी चौकी रामपुरझिल्केबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई अवैध रुपमा २ हजार ५ सय गाँजाको बोट फडानी गरि नष्ट गरेका थिए । यता, शनिबार अन्दाजि २ः०० बजेको समयमा लिम्चुङबुङ–४ बलम्तामा अवैध रुपमा गाँजा खेति रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी सहायकको कमाण्डमा प्रहरी टोलि खटि गई १ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ...

उदयपुरमा पनि ६७ औँ प्रहरी दिवस भव्य

Uncategorized
पूर्णपुष्टि, असोज ३१ सोमवार पर्न गएको ६७ औँ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि भव्य सम्पन्न गरेको छ । देशैभर एकै साथ बिभिन्न कार्यक्रमगरी मनाईएको दिवस उदयपुरमा पनि मनाईएको हो । उदयपुरका प्रमुख अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो । गौतम सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको उपस्थिति तियो भने राजनितिक दल, पूर्व प्रहरी, अमर प्रहरी परिवार, संघ संस्था र संञ्चारकर्मीहरु सहितको महत्पूर्ण उपस्थिति रह्यो । दिवसको अवसरमा सलामी कार्यक्रम, अमर पहरीलाई श्रदान्जली र संगठनका प्रहरीहरुलाई सम्मानको कार्यक्रम राखिएको थियो । जिल्लामा रहेको बिभिन्न स्थान कटारी, रामपुर, बेल्टार लगायतबाट प्रहरी प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा गाईघाट स्थित दिवस भव्य सम्पन्न गरिएको थियो ।  ...

एक खेलाडीको मृत्यु पश्चात देशभरकै प्याराग्लाइडिङ बन्द

Uncategorized
पूर्णपुष्टि, असोज ३० गते । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा आकाशबाट खसेर नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । थापाको मृत्यु पश्चात नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको बताए ।...

धरानमा खहरे खोलामा डुबेर एक युवकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, असोज ३० गते । धरान–८ को दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलाको जमेको पानीमा डुबेको अवस्थामा एक जना युवकको शव फेला परेको छ । पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका युवा सोही ठाउँको अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका ईन्स्पेक्टर प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए । स्थानीयले नबिन सेन्चुरिका अनुसार बिहान ७ बजेको समयमा पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेर प्रहरीलाई खबर गरेको बताए । घटनास्थल नजिकै घर रहेका खातुन सानिआमासंगै बस्दै आएका थिए । मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो । मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरी सेकपछिको लागुऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव मुचुल्का उठाएर अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृ...

उदयपुरमा अरिंगालले टोक्दा २४ वर्षीय युवकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, असोज ३० गते । उदयपुरमा अरिंगालले टोकेर एक २४ वर्षीय युवकको अकालमै ज्यान गएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका दिवस राईको हिजो अरिंगालले टोकेर ज्यान गएको हो । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेर राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिंगालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए । बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिंगालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए । अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको ...

मानसिक स्वास्थ्य सवलम्वन समूह उदयपुरद्धारा अन्तरक्रिया तथा साधारण सभा

Uncategorized
पूर्णपुष्टि, असोज ३० मानसिक स्वास्थ्य सवलम्वन समूह संञ्जाल उदयपुरले आफ्नो दोस्रो साधारण सभा सँगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवस अब्टोवर १० २०२२ को अवसरमा आईतबार राधाकृष्ण मन्दिरको जेष्ठ नागरिकको कार्यालयमा अन्तरक्रिया सँगै संस्थाको दोस्रो साधारण सभा समेत गरेको हो । बिभिन्न सम्वन्धीत सरकारी संस्था तथा गैरसरकारी संस्थाहरुको उपस्थितिमा अन्तरक्रिया गरेको संञ्जालकी अध्यक्ष उमा कुमारी तामाङ्ले बताईन् । तामाङ्का अनुसार यस संञ्जालले बिषेशगरी मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई परामर्श, औषधी उपचार, बिरामीहरुको तथ्याङक संकलन र अपाकङगताहरुलाई समते समेटेर विरामीहरुलाई निरोगी बनाउने काम गर्ने बताईन् । यो संस्था जिल्लाको ५ पालिकाहरुमा छरिएर काम गरिरहेको छ । त्रियुगा, कटारी, बेलका, चौदण्डी र उदयपुरगढी गरी ५ पालिकाहरुमा यस संञ्जालले काम गरिरहेको अध्यक्ष तामा...

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

Uncategorized
पूर्णपुष्टि, असोज ३० गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको अचानक आकाशबाट खसेर ज्यान गएको छ । प्याराग्लाइडिङ गर्दागर्दै करिब १ सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको ज्यान गएको हो । पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।...