Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरको मालपोत कार्यालयमा मेगा बैंकको काउन्टर

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ गते । उदयपुरको मालपोत कार्यालयमा मेगा बैंक लिमिटेडमार्फत एक्सेन्टसन काउन्टर आज (बुधवार) बाट उद्घाटन गरिएको छ । मालपोत र नापी कार्यालयका सेवाग्राहीलाई बैंकिङ कारोवार सहज बनाउन त्रियुगा नगरपालिका–१० बोक्सेमा काउन्टर उद्घाटन गरिएको हो । सो काउन्टरमा यी दुई कार्यालयबाट हुने नगदको सबै काम, राजस्व संकलनको काम बैंकमार्फत हुने शाखा गाईघाटका मेनेजर विष्णु कार्कीले बताए । यसले नगद हिनामिना तथा अपारदर्शीता हटेर जानेछ । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकोले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शिता सहज हुने विश्वास दिलाइएको छ । काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेघा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सेन्टसन काउन्टर विस्तार गरिसकेको छ । ग्राहाकको विश्वस जित्दै अघि बढ्दै गरेको मेग...

तिहार नजिकिदैँ गर्दा सुनचाँदीको मूल्यमा गिरावट

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ गते । तिहार नजिकिदैँ गर्दा सुनचाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य ९३ हजार चाँर सयमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।...

झापामा १४ वर्षीय भतिजलाई गोली हानी काकाले गरे आत्महत्या

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ गते । झापाको गौरादहमा भतिजलाई गोली हानी काकाले आत्महत्या गरेका छन् । गौरादह नगरपालिका–८ बैराती स्कुल अगाडी बिरन साहले आफैँले बोकेको पेस्तोलबाट १४ वर्षीय भतिजालाइ गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा उनका भतिजालाई गोली हानेको र आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भतिजा १४ वर्षीय बालक रहेको र उनलाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएको छ । आत्महत्या गरेका बिरन साह पूर्व प्रहरी रहेको बुझिएको छ ।...

५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक १ गते । पाँच हजार घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्यूटर अपरेटर पक्राउ परेको छ । अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत सञ्जय प्रसाद यादवलाई पाँच हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग लिएको पाँच हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जनाए । उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।...

विदेशको प्रलोभन देखाई लाखौँ ठगी गर्ने एक महिला पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक १ गते । रुस पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४८ वर्षकी तुलसा भण्डारी रहेकी छन् । उनले वर्किङ भिषामा रुस पठाइदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिन्छु, मासिक तीन लाखसम्म तलब हुन्छ भन्ने विश्वास दिलाई ४० लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । भण्डारीले ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भण्डारीलाई सोमबार घट्टेकुलोबाट पक्राउ गरेको हो । भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।...

विश्वकै लामो दूरीको म्याराथन दौड प्रतियोगिता सोलुमा

Uncategorized
पूर्णपुष्टि, कार्तिक १ गते । विश्वकै लामो दूरीको म्याराथन दौड प्रतियोगिता कर्तिक ६ गते बाट सोलुखुम्बुमा हुने भएको छ । जिल्लाको सोलुदुधकुण्ड–८, धापबाट प्रतियोगिता सुरु हुने आयोजक सङ्स्थाबद स्मल वर्ल्डले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाका अनुसार धापबाट सुरु भएर सगरमाथा आधार शिविरसम्म पुगेर पुनः धापै आएर टुङ्गिने म्याराथनको दूरी ३१० किलोमिटरको हुने छ । धावक दा छिरि शेर्पाको अगुवाइमा हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र दुई दर्जन नेपाली धावक सहभागी हुनेछन् । प्रतियोगिता धाप–पिके डाँडा–नाम्चे–गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर सोही स्थान हुँदै धावकको टोली धाप नै फर्कने छन् । सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ । विदे...

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक १ गते । झापामा दुईवटा मोटरसाइकल एकआपसँग ठोक्किदा दुई जनाको मृत्यु भएको छ, भने दुईजना घाईते भएका छन् । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ निवासी २५ वर्षीय अनिश साउदेन र सोही गाउँपालिका–६ निवासी ४३ वर्षीय भोलाराज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ । प्रहरीका अनुसार चारपाने बेलडाँगीस्थित भित्री सडकखण्डमा सोमबार अपरान्ह ४.४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा परी मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक साउदेन र मे ३ प ५५८० नम्बरको मोटरसाइकलका चालक भुजेलको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार मृतक भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र उनकी छोरी ९ ...

यो बर्षको लागि नेपालबाट मनसुन बाहिरियो

Uncategorized
पूर्णपुष्टि, कार्तिक १ यो बर्षका लागि नेपालबाट मनसुन बाहिरिएको छ । गत बर्षको तुलनामा चार दिन ढिलो गरी मनसुन बाहिरिएको हो । मौसम बिज्ञहरुका अनुसार यस बर्ष मनसुन छिट्टै भित्रिएको जनाईएको छ । प्राय जेठ ३० देखी भित्रिने मनसुन यस बर्ष एक साता अगबै भित्रिएको विज्ञहरुको भनाई छ । यो बर्षको जुन, जुलाई र अगष्टमा औषात भन्दा कम बर्षात भएको विज्ञहरु बताउँछन् । सेम्टेम्वर बाट मात्रै बर्षा औषात भन्दा बढी भएको जनाईएको छ । बर्षाका कारण नेपालभर ११० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएको छ । यता ९९ जना भने घाईते भएको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तिर बाहिरिने गरेका थिए ।...

अरिङगालको टोकाईबाट आमा छोरीको मुत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक १ अरिंगालको टोकाईबाट सल्यानमा आमा–छोरीको ज्यान गएको छ । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।  ...

कार्तिक १७ पछि मात्रै आमसभा गर्न पाईने, अघि गरे उम्मेवदारी ख्यारेज

Uncategorized
पूर्णपुष्टि, असोज ३१ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । यसरी आयोगको नियम विपरिद दल तथा उम्मेदवारहरुले आमसभा गरेको पाईए उम्मेदवारी नै ख्यारेज हुने आयोगले चेतावनी दिएको छ । आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। घरदैलको क्रममा पनि राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेका उजुरी आयोगमा आएको आयुक्त भण्डारीले बताए। ुथुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर भएको साथै भोजभतेर गर्न पनि सुरू भएको उजुरी परेका छन्। हामी छानबिन गरिरहेका छौँ,’ उनले भने। ‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ । त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ भण्डारीले...