Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

इन्जिनियरसहित २ जना २८ लाख घुस रकमसहित पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो । घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।...

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक ३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी बुधवार ४ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ वर्षीय पासाङ शेर्पा, उनैका भाई २४ पर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मीला शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधवार दिउँसो प्रदेश २–०२–०३–००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...

गठबन्धन र एमालेको कार्यक्रम एउटै वडामा

Uncategorized
पर्णपुष्टि, कार्तिक ३ गते । आज कार्तिक ३ गते गठबन्धन र एमालेले एउटै वडामा चुनाबी कार्यक्रम गर्दैछन् । प्रतिनिधि सभा क्षेत्र नं. १ का गठबन्धन तर्फका उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा ‘ख’ का उम्मेदवार हिमाल कार्कीकोको सयुक्त कार्यक्रम त्रियुगा नगरपालिका–६ जलजलेको शिव मन्दिरमा ११ बजेपछी हुदैछ । यस्तै, एमालेका क्षेत्र नं. १ प्रदेश ‘ख’ का उम्मेदवार इश्वर मणि राउतको टोलिले त्रिनपा–६ मोहनपुरमा दिउँसो १ बजे कार्यक्रम गर्नेछन् । यस अघि आज बिहान एमालेले त्रिनपा–५ श्रीपुरमा चुनाबी कार्यक्रम गरेको थियो । गठबन्धनले भने त्रिनपा–९ को दनुवार महिला भबनमा कार्यक्रम गरेको थियो । सो कार्यक्रम मा डा. नारायण खड्का, हिमाल कार्की लगायत उपस्थित भएका थिए ।...

उदयपुरमा ६० वर्षीया वृद्धाको पोखरीमा डुबेर मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक ३ गते । उदयपुरमा एक जना ६० वर्षीया वुृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपलिका–६ जलजलेस्थित रानी पोखरीमा डुबेर सोही नगरका वडा नं. ५ श्रीपुरकी दैया परियारको ज्यान गएको हो । गाईबस्तु चराएर घर फर्काउने बेला हातखुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन् । गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो । मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए ।...

दाजुभाई समूह दोहा कतारको अयाोजनामा गाईघाटमा भव्य सांगितिक कार्यक्रम हुँदै

Uncategorized
पूर्णपुष्टि, कार्तिक ३ तिहारलाई लक्षित गरी दाजुभाई समूह दोहाकतारले गाईघाटमा भव्य सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा कार्तिक ६ गते भव्य सांगितिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम मनोरञ्जन सहित केहि सामाजिक सहयोग पुग्ने हिसावले गर्न लागिएको दादुभाई समूह नेपालका संयोजक सरोज श्रेष्ठले जनाउनुभयो । श्रेष्ठका अनुसार कुनै पनि सांगितिक कार्यक्रमहरु मनोरञ्जनहरुमा मात्र सिमिति हुदैँ आएको अवस्थामा दाजुभाई समूह दोहा कतारको यस सांगितिक कार्यक्रममा भने केहि उपलब्धि मुलक र बिषेश रहने जनाउनुभयो । सांगितिक कार्यक्रम सहित १५ जना अति बिपन्न परिवारलाई आर्थिक तथा आवश्यक सामाग्रि समेत प्रदान गरिने कार्यक्रम रहेको कार्यक्रमका संयोजक सन्दीप भट्टराईले जनाउनुभयो । भट्टराईका अनुसार कार्यक्रम स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलकारहरुका बिच हुने जनाउनुभयो । ...

कटारीका लेखा अधिकृत श्रेष्ठलाई कर्मचारीहरुले गरे अवकाशको विदाई

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ लामो समयदेखी सरकारी सेवामा कार्यरत लेखा अधिकृत दिलिप श्रेष्ठलाई कटारी नगरपालिकाका कर्मचारीहरुले विदाई गरेको छ । श्रेष्ठले जागिरबाट अवकाश पाए सँगै कटारीका उपमेयर गिता खड्का सहित प्रमुअ प्रशासकीय अधिकृत अनिल किराँती लगायतको कर्मचारीहरुलले कार्यालयको तर्फबाट विदाई कार्यक्रमको आयोजना गरेको हो । गाईघाट स्थित घरेलु कार्यालयबाट सरुवा भई कटारी नगरपालिका पुगेका श्रेष्ठको सोही नगरपालिकामा कार्यरत अवस्थामा अवकास भएको हो । श्रेष्ठ करिब ३ वर्ष अगाडी मात्र गाईघाट बाट सरुवा भई कटारी नगरपालिकाको लेखा अधिकृत पदमा रहेर काम गरिरहेका थिए । जनताको सेवामा आफुलाई समर्पित गराई आफ्नो जीवनको अमुल्य समय यस नगरपालिकाको लागि योगदान दिएर अनिवार्य अवकास भएको भन्दै कटारी नगरका कर्मचारीको स–परिवारले विदाई गरेको हो । श्रेष्ठलाई नगरको आयोजनामा एक कार्यक्रमको भव्य समाहोरबिच विदाई गरिएको हो । कटारीक...

एमालेको चुनाबी अभियान चौदण्डीमा

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ गते । एमालेको चुनाबी अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका–५ सिबायिमा उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा प्रतिनिधि सभाकी उम्मेदवार मन्जु चौधरी , प्रदेश सभा ‘क’ का उम्मेदवार कुसलबाबु बस्नेत , एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे लगायत सहभागी हरेको थियो । कार्यक्रममा अन्य पार्टी का १३ जना एमालेमा प्रबेश भएका छन् । एमालेले अहिले प्रदेश ‘क’ मा चुनावी गतिविधि लाई तिब्रता दिएको छ ।...

गठबन्धनको त्रियुगाबाट चुनाबी अभियान सुरु

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ गते । गठबन्धनले अहिल प्रदेश ‘ख’ मा चुनाबी गतिविधि गरिरहेको छ । गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार नारायण खड्का , हिमाल कार्की सहितको टोलिले आज त्रियुगा नगरपालिका वडा नं. ४ सालघारी, वडा नं. ५ बालुवाटारको फिल्डमा कार्यक्रम गरेको छ । त्यस्तै, यता वडा नं. ६ लालपत्तामा भने ४ बजेबाट कार्यक्रम गर्ने तयारी भएको छ ।...

ताप्लेजुङमा सवारी दुर्घटना, ४ जनाको घटना स्थलमै मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक २ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय याम्फेवा खोला नजिक मध्यरातमा भएको दुर्घटनामा तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालक मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षका पासाङ शेर्पा, उनको भाई २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षकी सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षकी लाकी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए । चालक पासाङ सो ट्याक्टरका माकिलसमेत हुन् । घटना सम्बन्धमा अनुसन्धान अगाडी बढाईएको छ ।...

मकाउमा नेपाली युवाले जिते शारिरीक सुगठनको उपाधी

Uncategorized
चित्रकुमार कार्की पूर्णपुष्टि, कार्तिक २ गते । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा गोल्ड ट्रफी,गोल्ड मेडल ,ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फर्स्ट प्लेस जित्न सफल भएका छन् । तामाङले मकाउ बडी बिल्डिङ एसोसेसनले गत अक्टोबर ११मा आयोजना गरेको खेलमा मकाउ, चीन, फिलिपिन्स लगायतका खेलाडीहरू सहभागी खेलमा ८० के।जी। तौलमा समुहमा तृतीय,१७० क्लासिक फिजिक्स तथा उचाइमा प्रथम९गोल्ड मेडल विथ गोल्ड ट्रफी० ,अक्टोबर ९ मा मकाउ र चाइनाको संयुक्त आयोजनामा आइरन गेम बडी बिल्डिङ तथा फिट्नेस चम्पियानसीप मकाउको अहिले सम्मकै बृहत् अनि उत्कृष्ठ खेलमा ८० के। जी। क्याटेगरीमा चौथो,१७० क्लासिक फिजिक्स तथा उचाइमा तेश्रो , सेप्टेम्बर १६ मा मकाउ र फिलिपिन्सको संयुक्त आयोजनामा फिलिपिन्स बडी बिल्डिङ तथा फिट्नेस एसोिएसनद्धारा आयोजना गरेको गेममा ७५ के। जी। म...