Monday, April 20News That Matters

Month: ३ वर्ष अगाडि

चुहाडेका तिन अग्नी पिडीतलाई त्रियुगा उद्योग वाणिज्य संघको लत्ता कपडा र खाद्यन्न सहयोग

Uncategorized
पूर्णपुष्टि, कार्तिक १४ गते । उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेका आगलागी पिडीतलाई त्रियुगा उद्योग वाणिज्य संघले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको छ । आगलागी पिडीतलाई दाल, चामल, सिरक डस्ना लगाएतको सामाग्री सहयोग गरेको संघका अध्यक्ष रमेश रसाईलिले बताउनुभयो । आईतबार राति साढे १० बजे बिद्युत सर्ट भैइ भिषण आगलागिबाट करडौँको क्षति भएको थियो । उक्त आगलागीले बिचल्लीत परेका पिडितहरुलाई अध्यक्ष रसाईलीको नेतृत्वमा सहयोग हस्तान्तरण गरिएको हो । चुहाडे चोक स्थित पर्शुराम राईको जग्गा भाडामा लिई व्यवसाय गर्दै आएका राजु कार्की, अनिल घिमिरे र बिरेन साहको पसल पूर्ण रुपले जलेका थिए । संघले व्यवसायीहरुलाई परेको पिडालाई केहि सम्म कम गर्न अविभावकको कर्तव्य स्वरुप तत्काललाई केहि खाद्यन्न र लत्ताकपडा सहयोग गरेको जनाउनुभयो ।  ...

गठबन्धन चुनाबी अभियान लिएर लिम्चुङबुङमा

Uncategorized
पूर्णपुष्टि, कार्तिक १४ उदयपुरको क्षेत्र न दुईमा गठबन्धन चुनाबी अभियान लिएर लिम्चुङबुङ गाउपालिका पुगेको छ । गठबन्धनले कार्तिक १३ गते लिम्चुङबुङको वार्ड न ४ को बलम्तामा कार्यक्रता भेटघाट कार्यक्रम गरेको छ । यस्तै यस्तै आज १४ गते वार्ड न दुईको ताम्लीछामा जनतासगँ अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा गठवन्धनको तर्फवाट क्षेत्र न दुईका उम्मेद्धार जगन्नाथ खतिवडा , प्रदेश क का उम्मेद्धार नारायण बुर्जा मगर लगायतका उम्मेद्धारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमलाइ सम्वोधन गर्दै जगन्नाथ खतिवडाले अवको सरकार पनि गठवन्धनले नै वनाउने वताउनु भएको थियो । कार्यक्रममा सहभागी योग कम्युनिष्ट लिग उदयपुरका इन्चार्ज दिपक किरातीका अनुशार गठबन्धनको कार्यक्रममा जनताको उल्लेख सहभागिता रहेको छ । गठबन्धनले क्षेत्र न दुइमा कार्तिक १६ गते सम्म चुनाबी कार्यक्रम गर्दै छ ।...

उदयपुरमा भएको आगलागीमा १ करोड ६५ लाख बराबरको क्षती

Uncategorized
पूर्णपुष्टि, कार्तिक १४ उदयपुरको त्रियुगा नगरपालिका ७ मा भएको भिषण आगलागीमा करडौँको क्षती भएको छ । आईतबार बेलुका करिब १०ः३० बजेको समयमा बिद्युत सर्ट भैई आगलागी भएको प्रहरीले जनाएको छ । चुहाडे चोक स्थित पर्शुराम राईको जग्गा भाडामा लिई व्यवसाय गर्दै आएका ३ जनाको पसल पूर्ण रुपमा जल्दा १ करोड ६५ लाख बराबरको क्षती पुगेको हो । आगलागीबाट क्षती बेहोर्नेहरुमा चुहाडेकै ३५ बर्षिय राजु कार्की, अनिल घिमिरे र बिरेन साह रहेको छ । कार्कीले बनाएको टिनको छाना तथा ट्रस जडान गरेको घरबाट बिधुत सट भई आगोलागि हुँदा उक्त घरमा संचालनाम रहेको तिनै पसलहरु जलेर नष्ट हुनुका साथै त्यसमा रहेका किराना, कपडा पसल, फर्निचर, एग्रोभेट, फलफुल पसल र होटलहरु पूर्ण जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राकेश कुमार पोदारले जनाउनुभयो । कार्कीको घर र घरको एउटा सटर, कोठा भित्र रहेको कपडा पसल, तथा फर्निचर, सुन ७ तोला र नगद...

राप्रपाको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बस्नेतले अबबाट चुनावीय राजनितिक नगर्ने

Uncategorized
पूर्णपुष्टि, कार्तिक १४ राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हरि बहादुर बस्नेतले निर्वाचन तथा चुनावी राजनितिक नगर्ने जनाएको छ । बस्नेतले ५३ बर्षको राजनितिक अनुभवहरु बताउँदै अब आफु चुनावी राजनितिक बाट भने पछि सरेको जनाए । सोमवार जिल्ला पार्टी कार्यालय उदयपुरमा पत्रकारहरु सँग कुरागर्दै राजनितिक बाट पछि नहट्ने तर निर्वाचनको राजनिति भने नगर्ने पुष्टि गरेका हुन् । प्रतिनिधि भएपछि जनताको हर समस्याका लागि दौडिरहनु पर्छ उनिहरुको आवश्यकता पुरा गर्न दिन रात भन्न पाईँदैन् यो सब गर्न अब मलाई आफ्नो शरिरले उत्ति साथ दिँदैन जस्ले गर्दा मैले यो पटक देखी राजनितिकमा चुनाव नलड्ने निर्णय गरेको हुँ, बस्नेतले “भने, बस्नेत केहि समय अघी चुनावमा होमिने भन्दै पत्रकार सम्मेलन मार्फत जनताहरुलाई जानकारी गराएका थिए । पछिल्लो समय आफुलाई बिराम लागेको र शरिरले साथ दिन्न की भ...

१६ नं. वडा स्तरीय भलिवल प्रतियोगितामा सुनौलो टोल विकास संस्था प्रथम

Uncategorized
पूर्णपुष्टि, कार्तिक १४ त्रियुगा नगरपालिका वडा नं. १६ मा भएको वडा स्तरीय खेलकुद भलिवल प्रतियोगितामा सुनौलो टोल विकास संस्था प्रथम भएका छन् । वडाले हरेक बर्ष युवाहरुलाई लक्षित गरी खेलकुदको आयोजना गर्दै आईरहेको थियो । यो बर्ष पनि २०७९÷०८० को स्वीकृत वडागत बजेटबाट युवा लक्षित कार्यक्रम अन्तरर्गत तिहार तथा छठ पर्वको अवसरमा खुलकुद कार्यक्रमको आयोजना गरेका थिए । वडाको आर्थिक सहयोग तथा वडास्तरिय युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको २ दिवशिय टोल विकास स्तरीय भलिवल प्रतियोगितामा करिब १० ओटा टिमहरु सहभागी रहेको वडा खेलकुद विकास समितिका अध्यक्ष पेशल राईले जनाउनुभयो । खेलकुद कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष मान बहादुर राईका अनुसार वडाले प्रत्येक बर्ष युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरु विच खेलकुद प्रतियोगिता सचालन गर्दै आएको जनाउनुभयो । यो सँगै वडाले स्थानीय खेलाडी उत्पादनमा...

उदयपुरको त्रियुगा नदिमा छठको रौनक

Uncategorized
पूर्णपुष्टि, कार्तिक १३ गते । उदयपुरको त्रियुगा नदीमा छट वर्पको रौनक सुरु भएको छ । आज त्रियुगा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पूजाआरधना गरिने छठ पूजाको घाट व्यवस्थापन लगायतका कामहरू पूरा भएको छ । नदी किनारामा विभिन्न स्टलहरू निर्माण गरी आकर्षक बनाइएको छ । नदी किनारामा दैनिकजसो सरसफाई, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनकलाई अझै बढाएको छ । छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको ...

सुनको मूल्यमा १ हजार रुपैयाँले गिरावट

Uncategorized
पूर्णपुष्टि, कार्तिक १३ गते । हप्ताको पहिलो दिन सुनको मूल्यमा एक हजार रुपैयाँले गिरावट भएको छ । आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ । तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो ।...

बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक १३ गते । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा दुई जना बालिकाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाई छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल ...

प्रचण्ड जब साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ’फ्ल्यासब्याक’मा पुगे

Uncategorized
पूर्णपुष्टि, कार्तिक १३ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ गोरखा– २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो । प्रचण्डले वि.सं. २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको । गोरखा पुगेका यी क्रान्तिनायकले ४६ वर्षअघिदेखि गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै भने, ’४६ वर्षपहिलेको फ्यासब्याक भयो ।’ हिजो सँगै पढाएका दौतरी शिक्षक, किसान दाजुभाइ, दिदीबहिनीसँग प्रचण्डले खुसी साटे । प्रचण्ड मर्निङ वाक गर्दै ४६ वर्षअघि आफू बसेको घरम...

बेलकामा गठबन्धनको चुनावी गतिविधि तिव्र

Uncategorized
पूर्णपुष्टि, कार्तिक १३ आसन्न मंसिर ४ गतेको चुनावलाई लक्षित गरी बेलका नगरमा गठबन्धन दलका साझा उम्मेदवारहरुले आफ्नो चुनावी गतिविधिलाई तिव्र बनाएका छन्। गठबन्धन दलका तर्फबाट उदयपुर क्षेत्र नं १ प्रतिनिधी सभा तर्फका प्रत्यक्ष तर्फका साझा उम्मेदवार डा. नारायण खड्का (नेपाली कॉग्रेस) र प्रदेश सभा तर्फका उदयपुर क्षेत्र नं १ (क) का राजन किराती ‘बासु’ (नेकपा माओवादी केन्द्र) ले आफ्नो निर्वाचन क्षेत्रमा शनिवार बेलका नगरपालिकामा कार्तिक १२ गतेबाट चुनावी अभियानलाई तीव्रता दिएका छन् । बेलका ९ रामपुर बजार स्थित सम्पर्क कार्यालयको उद्धघाटन गर्दै उदयपुर क्षेत्र नं १ (क) का प्रदेश सभा उम्मेदवार राजन किराती ‘बासु’ ले चुनावी अभियानको सुरुवात गरेका हुन्। कार्यक्रमका संयोजक तथा नेकपा माओवादी केन्द्रका बेलका नगर अध्यक्ष मनोज तामाड०ले सबैखाले संका उपसंका हटाएर राष्ट्रिय आवश्यकता भनेकै गठबन्धनको उम्मेद्वाररलाई...