Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

बेपत्ता भएकी महिलाको शव अजिङ्गरको पेटभित्र

Uncategorized
पूर्णपुष्टि, कार्तिक ११ गते । इन्डोनेसियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ । रबर सङ्कलनको काम गर्ने ५० वर्षीया जराह रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन् । तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो । एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला पारे । त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए । सर्पको पेटमा महिलाको शव फेला परेको समाचार बीबीसीमा उल्लेख छ । ’सर्पको पेटभित्र पीडित महिला थिइन्,’ बेटारा जाम्बीका प्रहरी प्रमुख एकेपी एस हरेफाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् । उनका अनुसार ती महिलाको सग्लो शव सर्पभित्र पाइएको थियो । उक्त सर्प कम्तीमा पाँच मिटर लामो भएको स्थानीय बासिन्दाले बताएका छन् । हुन त यो घटना दुर्लभ हो । तर इन्डोनेसियामा अजिंगरले मानिसलाई मारेको र खाएको यो पहिलो घटना ...

भाइटीकाको दिन आग्लागी : घर जलेर नष्ट

Uncategorized
पूर्णपुष्टि, कार्तिक ११ गते । भाइटीकाको दिन आग्लागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा बुरुम्खिम टोलका स्थानीय आग्लागीका कारण भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । आग्लागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आग्लागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको तामाङले जाकारी दिए । आग्लागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।...

तिहारको मुखमा उदयपुरमा दुर्घटना : दुईको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक ९ उदयपुरमा भएको छुट्टा छुट्टै मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । जिल्लाको कटारी नगरपालिका र बेलका नगरपालिकामा भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको हो । ज्यान जानेमा कटारी नगरपालिका ११ का अन्दाजी २४ बर्षिय यलम्वर बहादुर श्रेष्ठ र बेलका नगरपालिका १ का झाखेरका ३७ बर्षिय धन बहादुर तामाङ रहेको छ । श्रेष्ठको मंगलबार ९ ः ३० बजेको समयमा बेतेनी बाट गँहुवारी तर्फ जाने क्रममा हर्देनीमा लु ८८ प १८५६० नं को मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो भने सोही मोटरसाईकल पछाडी सवार कटारी ११ कै इन्दिरा कार्की घाईते भएकी छिन् । यता तामाङ्को बेलका १ सर्वन चोकमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको अवस्थामा प्रदेश नं १–०२–०४ प ४५३५ नं को मोटरसाईकल आफै अन्यन्त्रिीत हुँदा दुर्घटना भई गम्भीर घाईते भएका थिए । घाईते तामाङ्को उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जना...

१६ नं वडा कर्कलेमा गाई संकास्पद मरेको अवस्थामा फेला, हत्या गरी मारेको आशंका

Uncategorized
पूर्णपुष्टि, कार्तिक ९ त्रियुगा नगरपालिका १६ नं वडामा गाई बिभत्स तरिकाले मरेको अवस्थामा फेला परेको छ । लक्ष्मी पुजाको भोलीपल्ट राती गाई मरेको अवस्थामा बुधबार बिहान स्थानीयहरुले फेला पारेको हो । स्थानीय शेर बहादुर राई (भल्दार) को गाई संकास्पद मरेको अवस्थामा फेला परेको हो । गाईलाई कसैले हत्या गरी मारेको हुन सक्ने स्थानीयहरुले आसंका गरेको छ । लक्ष्मी पुजाको दिन पुजा गरी रंङले सिँगारिएको गाई गएराती बाँधेकै ठाउँमा मरेको अवस्थामा पेला परेको स्थानीय सरोज राईले जानकारी दिए । स्थानीयहरुले बिहान गाई मरेको अवस्थामा फेला पारे सँगै कुनै अरु गाईवस्तुले नै खुस्केर मारेको हो की भन्ने संका गरेको भएपनि गाई बाँधिएकै दाम्ला ३ ठाउँमा काटिएको फेला परेपछि संकाले अर्को मोड लिएको राईले जनाए । गाईको एकपटिको सिंङ्ग समेत खुस्कीनुका साथै पिसाव फेर्ने ठाउँ समेत सुन्नीएको र रगत समेत देखिएको जनाईएको छ । गाई मरेको...

दाजुभाई समूहद्धारा गाईघाट नगर प्रहरीलाई मोटरसाईकल प्रदान

Uncategorized
पूर्णपुष्टि, कार्तिक ८ दाजुभाई समूह (दोहा कतार) ले गाईघाटमा रहेको नगर प्रहरीलाई ३ लाख बराबरको मोटरसाईकल प्रदान गरेको छ । जनताको सेवामा खटिनका लागि आवश्यकीय सवारी साधनको रुपमा मोटरसाईकल प्रदान गरिएको हो । त्रियुगा उद्योग वाणिज्य संघको पहल तथा दाजुभाई समूहको लगानीमा पल्सर १५० सिसिको मोटरसाईकल प्रदान गरिएको हो । रोजगारीको शिलशिलामा कतार पुगेको उदयपुरका युवाहरुको संयुक्त सहयोग संकलनबाट मोटरसाईकल खरिद गरी प्रहरीलाई प्रदान गरिएको समूहका संयोजक सन्दीप भट्टराईले जनाउनुभयो । भट्टराईले जनताको सुरक्षाका निम्ती खटिने प्रहरीलाई सवारी साधनको अत्यावश्यक हुने भन्दै उक्त मोटरसाईकल प्रदान गएिको जनाउनुभयो । यसैगरी त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले दाजुभाई समूह ठुलो रिदय भएको समूह रहेको बताउनुभयो । उहाँले यो खसगरी त्रियुगा उद्योग बाणिज्य संघको पहलमा प्रहरीलाई मोटरसाईकल प्रदान गर्न पाउँदा...

भाइटिकाको उत्तम साइत सार्वजनिक

Uncategorized
पूर्णपुष्टि, कार्तिक ६ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो । टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ ।...

निर्वाचनको उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

Uncategorized
पूर्णपुष्टि, कार्तिक ६ गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्वोत्कृष्ट टिकटक भिहियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट ५भिडियोलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ ।...

यमपञ्चक सुरु : कागको पूजा गरिदैँ

Uncategorized
पूर्णपुष्टि, कार्तिक ६ गते । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्दै कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिएर खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।...

कुटपिटबाट श्रीमतीको मृत्यु  : श्रीमान पक्राउ

Uncategorized
पूर्णपुष्टि, कार्तिक ४ गते । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको मुसिकोट नगरपालिका–७, बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई ४० वर्षीया श्रीमती ताल कुमारी कुमालको हत्या अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

उदयपुरमा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक ४ गते । उदयपुरको त्रियुगा नगरपालिका–१५ हराबोटेमा शुक्रबार ट्याक्टर दुर्घटना हुदाँ घटनास्थलमै चालकको ज्यान गएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१३ भूसुने बस्ने २२ वर्षीय ट्याक्टर चालक विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । डहरबाट बेल्दोवान तर्फ आउँदै गरेको प्रदेश–२–०१–००१ त १०३३ नम्बरको ट्याक्टर आज बिहान ९ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना स्थलबाट मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको छ ।...