डलर माग गर्दा अमेरिकी महिलाको इन्कार, टाउकोमा ढुङ्गा प्रहार गरि युवा फरार
Uncategorized
पूर्णपुष्टि, असोज ३० गते ।
सोलृुखुम्बु भ्रमणमा आएका एक जना विदेशी पर्यटकलाई अज्ञात व्यक्तिले ढुङ्गा प्रहार उनी घाइते भएकी छिन् । घाइते हुनेमा अमरिकी नागरिक २५ वर्षीया महिला क्याथुङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याथृङ असोज २७ गते बिहिबार सोलुदुधकुण्ड नगरपालिका–१ स्थित सलुङ जङ्गलमा हिँड्दै गर्दा उनलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरि घाइते बनाएको प्रहरी निरीक्षक रामकिशोर शाहले बताए । प्रहरीका अनुसार सुरुमा ती पुरुषले क्याथृङलाई डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ ।
उनको टाउकोमा ७ टाका लगाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । एक्लै सोलु भ्रमण आएका अमेरिकी नागरिक उपचार पश्चात् काठमाडौं फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाए...





