Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा बागी उम्मेदवारलाई पार्टीद्धारा निस्काशित

उदयपुरमा बागी उम्मेदवारलाई पार्टीद्धारा निस्काशित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १७ गते । उदयपुरबाट बागी उम्मेदवारी दिनेलाई पार्टीद्धारा निस्काशित गरिएको छ । गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने नेपाली काँग्रेसका उम्मेदवारलाई ५ वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीले निस्काशन गरेको हो । आसन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवार दिई तोकिएको मिति र समयमा उम्मेदवार फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने कार्वाहि गरिएको छ । कटारी नगरपालिका–५ का प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का उम्मेदवार राम कुमार राई, कटारी–६ का मिन कुमार दाहाल र कटारी–४ का लिलाराज अधिकारी कार्वाहिमा परेका छन् । त्यस्तै, यता बेलका नगरपालिका–९ का प्रदेश सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार ...
सन्दीपलाई थप ५ दिन थुनामा राख्न अनुमति

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अनुमति

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ गते । असोज २० गते बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । ‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । ३ दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘श्रीमान सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’ यो अवधिमा बयान सकिएर कात्तिक १ गते मुद्दा दर्ता होस् भन्ने चाहेको घिमिरेले बताए ।...
उदयपुरमा ७ वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

उदयपुरमा ७ वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ गते । उदयपुुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरि फरार भएका एक युवा सोमबार पक्राउ परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो । आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश कुमार पोदारले बताए । पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले पोदारले जनाएको छ ।...
उदयपुरमा ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

उदयपुरमा ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ गते । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा आज (बिहिवार) ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फूयालको प्रमुृख आतित्थ्यतामा २९ जनाले रक्तदान गरि सो कार्याक्रम समापन भएको हो । नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोगमा जिप्रका उदयपुर तथा मातहत कार्यरत प्रहरी कर्मचारी–२३ जना, सप्रवल नेपाल नं. ५ हेक्वा उदयपुर (सशस्त्र) प्रहरी जम्मा–५ जना र सर्वसाधारण–१ गरी जम्मा २९ ले रक्तदान गरेका थिए ।...
व्यवसायीक किवी खेतीमा रमाउँदै खोटाङ खिरौँलेकी अम्बिका राई

व्यवसायीक किवी खेतीमा रमाउँदै खोटाङ खिरौँलेकी अम्बिका राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ फलफुलको राजाको रुपमा लिईएको किवी मानव शरिरमा कयौँ फाईदाकै कारण महत्वपूर्ण बन्दै गएको छ । बिषेशगरी लेख तथा चिसो ठाउँमा हुने किवी पछिल्लो समय कृषकहरुको आकर्षक बन्दै गएको छ । खोटाङको दिपु्रङ् चुईचुम्मा गाउँपालिका ६ स्थित अम्वीका राईले आफ्नो सबै जग्गामा सात सय बढी किवी लगाएर व्यवसायीकरण गरेकी छिन् । सबैले गाउँ छाडेर शहर छिरे पनि उनि भने गाउँमै किवी उत्पादनमा लागेकी छिन् । गाउँबाट शहर फस्ने होटबाजीका कारण त्यस ठाउँका किवी फल्ने महत्वपूर्ण ठाउँहरु अहिले सुनसान अवस्थामा छ । शहरीकरणका कारण उजाड गाउँ जस्तै भैसकेको खिरौँलेमा राईले भने किवी खेतीको व्यवसाय गरी बाँजो जमिनको सदुपयोग गरेकी छिन् । बिगतका बर्षहरुमै ५ लाख सम्म आम्दानी गरेकी राईले यो बर्षबाट बार्षिक ७ लाख सम्म कमाउने तार्गेटमा उत्पादन बढाएकी छिन् । ७० सालमा पहिलो चरणको परिक्षणमा राम्रै सफलता पाएपछि उनी ७३ सालदेख...
कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ कांग्रेसका क्षेत्रीय सभापति उदयपुरका रामकुमार राईलाई पार्टीले कार्वाही गरेको छ । राईलाई पार्टीले ५ बर्षका लागि निष्काशित गर्दै कार्वाही गरेको हो । पार्टीले तोकोको उम्मेदवार विरुद्ध बागी हालेको भन्दै उनलाई कार्वाही गरेको हो । पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई कार्वाही गरेको विज्ञाप्तीमा उल्लेख छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारमाथी बागी लगाउनेलाई कार्वाही गरेको बिज्ञाप्तीमा उल्लेख छ । राईले निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडा बिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको ह...
लागुऔषध गाँजा सहित २ जना पक्राउ

लागुऔषध गाँजा सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २६ गते । धनकुटा नगरपालिका–९ चिम्सुवाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राई रहेका छन् । बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे दुबै जनालाई ५–५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २६ गते । झापाको कन्काई नगरपालिका–३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लावारी–४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईराला रहेका छन् । आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालकको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा दुई बागीद्धारा उम्मेद्धारी फिर्ता

उदयपुरमा दुई बागीद्धारा उम्मेद्धारी फिर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २६ गते । उदयपुरमा गठबन्धनका आधिकारिक उम्मेद्धारबिरुद्ध बागी उम्मेद्धारी दिएका दुइजनाले मनोनयन फिर्ता गरेका छन् । उदयपुरको प्रतिनिधीसभा क्षेत्र नं एकको प्रदेशसभा (ख) मा नेपाली काग्रेसका उम्मेद्धार हिमाल कार्की बिरुद्ध उम्मेद्धारी दिएका बासु उपाध्यय पोखरेलले उम्मेद्धारी फिर्ता लिएकाछन् । उनले हिमाल कार्कीलाइ समर्थन गर्ने भन्दै उम्मेद्धारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत जनाएका छन् । यस्तै क्षेत्र नं दुई अन्तरगतको प्रदेशसभा (ख) मा गठवन्धनका उम्मेद्धबार राम कुमार खत्री बिरुद्ध उम्मेद्धारी दिएका माओबादी केन्द्रका नेता हेमराज दाहालले उम्मेद्धारी फिर्ता लिएको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा दुई जनाले उम्मेद्धारी फिर्ता लिएसँगै ६२ जना चुनाबी मैदानमा रहेका छन् ।...
आज उम्मेद्धारले चुनाव चिह्न पाउने

आज उम्मेद्धारले चुनाव चिह्न पाउने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २६ गते । निर्वाचन आयोगले प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेद्धारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगको तालिका अनुशार आज दिउसो एक बजेसम्म आयोगले उम्मेद्धारी फिर्ता लिन चाहने उम्मेद्धारलाई आफ्नो उम्मेद्धारी फिर्ता लिन समय दिएको छ । दिउँसो तीन बजे सम्ममा आयोगले उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका राखेको छ । यसरी अन्तिम नामावली प्रकाशन भएपछि उम्मेद्धारलाइ चुनाब चिह्न प्रदान गर्ने तयारी आयोगले राखेको छ । निर्बाचन आयोगका अनुशार दलका उम्मेद्धारलाई सम्बधीत दलको चुनाब चिह्न प्रदान गरीने छ भने स्वतन्त्र उम्मेद्धारलाई मतपत्रमा भएको चुनाब चिह्न मध्ये रोजेको चिह्न प्रदान गरिनेछ । एउटै चुनाव चिह्न एकभन्दा वढी उम्मेद्धारले रोजेको खण्डमा वर्णानुक्रमअनुशार चिह्न प्रदान गरीनेछ । उदयपुरमा प्रतिनिधी तथा प्रदेश सभामा गरी ६४ जना चुवानी मैदानमा देखिएका छन् ।...