Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

रौतामाईमा एकिकृत पाठयक्रम सम्बन्धि कस्टमाईज्ड तालिम

रौतामाईमा एकिकृत पाठयक्रम सम्बन्धि कस्टमाईज्ड तालिम

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १८ । उदयपुरको रौतामाई गाउँपालिकामा एकिकृत पाठयक्रम सम्बन्धि कस्टमाईज्ड तालिम सुरु भएको छ । रौतामाई गाउँपालिका भुट्टार शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने तालिम सोमवारदेखी संञ्चालन भएको हो । बुधबार सम्म संञ्चालन हुने तालिम पालिकाको ६ नं वडा कार्यालय चिसापानीमा भईरहेको छ । जाल्पा एकिकृत बिकास समाज र उदयपुर वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा एकिकृत पाठयक्रम सम्बन्धि कस्टमाईज्ड तालिम गरिएको हो ।...
धर्ना बस्नुअघि महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

धर्ना बस्नुअघि महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आविष्कार केन्द्रका संस्थापक महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका हुन् । आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने महवीरले राखेको मागमा सरकार सहमत भएको ‘प्रचण्डले भने’ बजेटमा उक्त माग सम्बोधन गर्ने सहमति भएपछि हिंड्ने बेलामा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भन्दै हास्दै निस्किएका थिए । मैले बस्नुस भन्न मिल्दैन बस्नुभयो भने मलाई मद्दत नै हुन्छ भनेँ । करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु ‘उनले’ महावीर धर्ना बस्दा माग अनुसारको बजेट छुट्याउन सरकारलाई सहज हुने बताएका छन् । पहिले नै महाव...
उपचार पश्चात स्वदेश फर्किए राष्ट्रपति पौडेल

उपचार पश्चात स्वदेश फर्किए राष्ट्रपति पौडेल

समाचार
पूर्णपुष्टि,बैशाख १८ । राष्ट्रपति रामचन्द्र पौडेल भारतबाट उपचार गरी स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गरी आईतबार राती नेपाल फर्किएका हुन् । राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । वैशाख ६ गते भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारको लागी भर्ना भएका राट्रपति पौडेललाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत पुर्याईएको थियो । छातीमा संक्रमण देखिएको राष्ट्रपति पौडेलसँग परिवारका सदस्यसहित ७ जना चिकित्सकको टोली भारत गएका थिए ।...
चौदण्डीगढीको ज्यामिरेमा हायक्स दुर्घटनामा परी एकको मृत्यु

चौदण्डीगढीको ज्यामिरेमा हायक्स दुर्घटनामा परी एकको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख १८ । उदयपुरको चौदण्ढी नगरपालिका–९, स्थित ज्यामिरेमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आईतवार साझ बेल्टारबाट सदरमुकाम गाईघाट तर्फ जाँदै गरेको बा ४ ख ६३१२ नम्बरको हायक्स आफै अनियन्त्रीत भई दुर्घटना हुँदा पैदल यात्री चौदण्डीगढी–९,का स्थानीय ललित प्रसाद पञ्जियारको मृत्यु भएको हो । चौदण्डीगढी नगरका प्रमुख कालुमान लामा सहित ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको नेपाल प्रहरीको टोलीले घाईतेको उद्दार गरेर धरान स्थित विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा घाईते पंञ्जियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हायसमा चालक मात्र रहेकाले थप मानविय क्षति नभएको प्रहरीले बताएको छ । सवारी चालक जिल्ला सप्तरी कंचनरुप नगरपालीका वडा नम्बर १२ बस्ने रमेश पौडेल ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको ...
आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस,सार्वजनिक विदा

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस,सार्वजनिक विदा

समाचार
पूर्णपुष्टि,वैशाख १८ । आज अंग्रेजी महिनाको ‘मे’१ तप अर्थात मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।  सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको ...