नक्कली शरणार्थीलाई अमेरिका पठाएको आरोपमा ईन्द्रजित राईको छोरा निरज विरुद्ध पक्राउ पुर्जी
पूर्णपुष्टि, बैशाख १९ । नक्कली शरणार्थीलाई अमेरिका पठाएको आरोपमा पक्राउ परेका ईन्द्रजित राईको छोरा निरज विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि निरजविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार रहेको निरज नेपालमा छैनन् । द्वन्द्व विशेषज्ञ भनेर पनि चिनिने इन्द्रजित राई २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुदाँ सल्लाकारमा थिए । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको छ । गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।...









