उदयपुरलाई ३ अर्ब ९० करोड ७३ लाख बजेट
पूर्णपुष्टि, १६ जेष्ठ ।
सरकारले आगामी आर्थिक बर्षको लागि उदयपुरलाई ३ अर्ब ९० करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाको ४ गाउँपालिका र ४ नगरपालिका गरी झण्डै ४ अर्वको हाराहारीमा बजेट पठाएको हो । सबैभन्दा बढी त्रियुगा नगरपालिकामा १ अर्व २ करोड ५ लाख बजेट विनियोजन भएको छ भने लिम्चुङबुङमा सबैभन्दा कम २२ करोड ५४ लाख बजेट बिनियोजन भएको छ । यता नगरपालिका मध्य सभै भन्दा कम बेलका नगरपालिकामा ४८ करोड २९ लाख बजेट विनियोजन भएको छ । त्रियुगामा बजेट बढेर आएको छ भने बेलकामा बजेट घटेर आएको छ ।
जिल्लामा उक्त बजेट चालु तर्फ ३ अर्व २८ करोड १९ लाख र पुँजीगत प्रकृति तर्फ ६२ करोड ५४ लाख गरी ३ अर्व ९० करोड ७३ लाख बजेट विनियोजन भएको हो । नगरपालिका तर्फ २ अर्ब ५७ करोड ७३ लाख र गाउँपालिका तर्फ १ अर्ब ३३ करोड विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा गाउँपालिका तर्फको बजेट घटेर आएको छ । गाउँप...









