Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

मेयर बालेनले छुट सुविधा नदिने ६८ अस्पतालको सूची बुझाए स्वास्थ्यमन्त्रीलाई

मेयर बालेनले छुट सुविधा नदिने ६८ अस्पतालको सूची बुझाए स्वास्थ्यमन्त्रीलाई

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १७ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन शाहाले कानुन अनुसार छुट सुविधा नदिने ६८ अस्पतालको सुचि स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई बुझाएका छन् । महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुलाई कार्वाहिको माग गर्दै मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई सुचि बुझाएको बालेनले बताएका हुन् । स्वास्थ्य संस्था सञ्चालन २०७७ अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध नगराउने काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ती अस्पतलाहरुलाई ७ दिन भित्रमा स्वास्थ्यमन्त्रीले कानुनी दायरामा ल्याउन नसेकेमा अस्पताल प्रशासन बन्द गर्न महानगर बाध्य हुने बालेनको भनाई छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्...
आज भारत भ्रमणमा जादैँ प्रधानमन्त्री (प्रचण्ड)

आज भारत भ्रमणमा जादैँ प्रधानमन्त्री (प्रचण्ड)

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १७ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) आज भारत भ्रमणमा जादैँछन् । प्रधानमन्त्री नेतृत्वको टोली चार दिने भ्रमणको लागी दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक अन्तराष्ट्रिय भ्रमणमा जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमणमा प्रधानमन्त्री प्रचण्ड सहित ५ जना मन्त्रीहरु समेत भ्रमणमा सहभागी रहने छन् । भ्रमणमा सहभागी मन्त्रीहरुमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल रहेका छन् । भ्रमणमा ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ । भारत भ्रमणका क्रममा दुई देशबीचको ब्यापार तथा पारवहन, हवाई तथा ...
आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

समाचार
पूर्णपुष्टि,जेष्ठ १७ । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । धुवाँ आउने नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गर्छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै स्वा...
पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आह्वन

पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आह्वन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । कोशी प्रदेश नामाकरण पश्चात असनतुष्ट रहेका पहिचान पक्षको आन्दोलनले कोशी प्रदेश तनावमै छ । यसको विरोध गर्दै पहिचान सहितको नामाकरण माग्ने क्रममा पहिचान पक्षका एकजनाले ज्यान पनि गुमाईसकेको अवस्था छ । बिराटनगरमा भएको प्रदेश पून ः नामाकंन संघर्ष समितिको आन्दोलनमा प्रहरी सँगको झडपमा परी लाजेहाङ लिम्वुको ज्यान गैसकेको अवस्था छ । आन्दोलनकै क्रममा कायौँ घाईते छन भने केही हिरासत र केहीलाई मुद्धा चलाएर अनुसन्धान भैरहेको छ । यता पहिचान पक्षधरले ठाउँठाउँमा कोशी प्रदेश नाम गरेको लेटरप्याड, बोर्ड र छापहरु समेत तोडफोड गरिरहेको छ । बिराटनगरलाई केन्द्र बनाएर धर्ना र आन्दोलन थप चर्काईरहेको अवस्था छ भने सांसदहरुलाई गाउँ छिर्न रोक लगाउने अभियान चलिरहेको छ । यस्तो समस्या र जनताहरुको अधिकारमा आधारित मागलाई वार्ता मार्फत टुंगो लगाउनु पर्ने माग सहित सांसदहरुले संसंद बैठकमै कुरा उठाएको छ ...
सप्तकोशीमा बिपद् उद्धारको अभ्यास

सप्तकोशीमा बिपद् उद्धारको अभ्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । सप्तकोशीमा बिपद् उद्धारको संयुक्त अभ्यास गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस सोसाईटीको सहकार्यमा प्रदेश स्तरिय बिपद् प्रतिकार्य संयुक्त उद्धारको अभ्यास सम्पन्न गरिएको हो । मंगलबार बिहान सप्तकोशीमा भएको संयुक्त अभ्यासमा बाढीको समयमा हुन सक्ने मानविय जोखिम न्युनिकरण तथा उद्धार सम्बन्धी अभ्यासहरु गरिएको थियो । उक्त प्रदेश स्तरिय बिपद् प्रतिकार्य संयुक्त अभ्यास मनसुन ३ को प्रमुख अतिथिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की रहेका थिए । मुख्यमन्त्री कार्की सहित अभ्यास कार्यक्रममा मोरङ, सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले विपद् अभ्यासको अवलोकन गरेका थिए ।...
सप्तकोशीमा हामफाल्न खोज्ने महिलाको उद्धार

सप्तकोशीमा हामफाल्न खोज्ने महिलाको उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । उदयपुरको बेलका नगरपालिका ७ सोमबारे स्थित सप्तकोशी नदिमा हामफाल्न खोज्ने एक महिलाको उद्धार गरिएको छ । सोमबार बेलुका साँढे ४ बजेको समयमा नदिमा हाम फाल्न खोज्ने नाम थर नखुलेकी अन्दाजी ६५–६६ बर्षीय एक महिलाको स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरीएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उद्धार गरिएको ती महिलालाई बेलका नगरपालकाको कार्यालय रामपुर (सेफ हाउस) मा राखिएको प्रहरीले जनाएको छ । गोरी बर्णको उचाई अन्दाजी ५ फिट, माथि बाहुला वाले चोलो, रातो निलो लुङ्गि, नाकमा बुलाकी, हातमा घडी, खुट्टमा हाप कोठे जुत्ता र रातो निलो कोठे बुनेको झोला भिरेकी महिला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान बाट आएको भन्ने ती महिलाले बान्तावा र नेपाली दुवै भाषा बोल्न सक्नेछन् । महिलालाई चिन्नुहुने जो कोहीले उनका आफन्तलाई जानकारी गराई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको...
महोत्तरीको एनएमबी बैंकको शाखामा दिउँसै लुटपाट

महोत्तरीको एनएमबी बैंकको शाखामा दिउँसै लुटपाट

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । महोत्तरी गाउँपालिका २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखामा दिउँसै लुटपाट भएको छ । मंगलबार मध्यान्ह साढे १२ बजेको समयमा चार जनाको समुहले एनएमबी बैंक शाखा कार्यालयबाट लुटपाट गरेको भिडियो सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंक लुटपाट गरेका हुन् । बैंकको सिसि टिभि फुटेजमा पहिला एक व्यक्ति पेस्टोल देखाउँदै भित्र पसेर सेवा ग्राहीहरुलाई एक स्थानमा उभ्याउँदै गर्दा तिन जना पेस्टोल देखाउँदै बैंकमा छिरेका छन् । त्यसपछि पहिला छिर्ने पूरुषले एक सेवा ग्राहिको कपडा खोसेर काउन्टर भित्र पसेको देखिएको छ । केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको र जाने बेलमा अर्को सेवाग्राहीको पनि कपडा खोसेको देखिएको छ । लुटपाट भएको रकमको विवरण आईनसकेको प्रहरीले बताएको छ भने बैंकले करिब...
सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु

सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । सिन्धुलीमा सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका–१ कुर्थौली बस्ने गंगा पहाडीका छोरा १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आमासँग सुतिरहेको अवस्थामा बालकलाई सर्पले बिहान टोकेको थियो । सर्पको टोकाईबाट छोरा छटपट्याउन थालेपछि गंगा बिहान ३ बजे व्युँझिएर छोराहरुलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगेकी थिईन् । बालकको उक्त स्वास्थ्य केन्द्रमा उपचार हुन सम्भव नभएपछि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । बिहान ८ बजे चिकित्सकले दुबै बालकलाई मृत घोषण गरेको र ग्रिसको बायाँ हातको साहिँली औंला, ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले टोकेको निडाम रहेको प्रहरीले जनाएको छ ।...
कार्यकर्ता नछाडे हडतालमा उत्रने संयुक्त संघर्ष समितिको चेतावनी

कार्यकर्ता नछाडे हडतालमा उत्रने संयुक्त संघर्ष समितिको चेतावनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको क्रममा पक्राउ परेका कार्यकर्ता नछाडे अनिश्चित कालिन प्रदेश व्यापी हडतालमा उत्रने चेतावनी दिएको छ । विराटनगरमा आईतबार आन्दोलनको क्रममा पहिचान पक्षधरका ८६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका मध्येबाट ६० जनालाई सोही दिन छाडेका थिए भने २७ जना प्रहरी हिरासतमा रहेका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ती निकाल्दै पक्राउ परेका २७ जनालाई रिहाई नगरेकोले मंगलबार कार्यालय समय भित्र विना सर्त तत्काल रिहाई गर्न माग गरेको छ । यदी रिहाई नगरेमा जेष्ठ १७ गते बिहानदेखी अनिश्चित कालिन प्रदेश व्यापी आमहडतालमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लख गरिएको छ । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भईनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ...
मेयर बालेनको प्रश्न : वडा अध्यक्षकै काम गर्न मन भए सांसद किन बन्नु

मेयर बालेनको प्रश्न : वडा अध्यक्षकै काम गर्न मन भए सांसद किन बन्नु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन शाहले सांसदहरुमाथि फेसबुक मार्फत प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुकमा वडा अध्यक्षकै काम गर्न मन भए सांसद किन बन्नु भन्दै प्रश्न उठाएका हुन् । उनले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको समेत टिप्पणी गरेका छन् । सांसद विकास कोष व्युताएपछि उनले फेसबुकमा लेखेका छन् ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’ अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले खारेज गरेको सांसद विकास कोष अर्थमन्त्री डा. प्रकाशशरण महतले व्युताउँदै आर्थिक वर्ष २०८०–८१ को बजेटबाट ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । उक्त कोषबाट प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरिएको छ । एउटा आयोजनामा न्यूनतम एक करोड विन...