त्रियुगा नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वीलचियर वितरण
पूर्णपुष्टि,जेष्ठ १५ । त्रियुगा नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारी शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वीलचियर वितरण गरेको छ । मंगलवार नगरले एक कार्यक्रमको आयोजना गरी नगर क्षेत्र भित्र रहेका २० जनााई ह्वीलचिय वितरण कार्यक्रम राखीएको थियो । जस मध्य कार्यक्रमको दिन ८ जनालाई मात्र नगर प्रमुख बशन्त कुमार बस्नेत साथै नगर उप–प्रमुख महेश्वरी राईले संयुक्त हस्तान्तरण गरिएको हो । अन्य उपस्थित हुन सकेकाहरुलाई घरमै लगेर वितरण गर्ने जनाएको छ ।
नगरले गत ०७९ असोजको २९ गते नगर भरी रहेका ६६ जनाको शारिरीक परिक्षण गरी २० जनामा अपाङ्गता भएको पाएपछि उनीहरुलाई नगरले बिभिन्न चरण गरी ह्वीलचियर वितरण गरिरहेको जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेतले शारिरीक रुपमा अशक्तहरुलाई ह्वीलचियर लिन आउँन नसक्नेहरुलाई घरमै लगेर हस्तान्तरण गर्ने बताए । गणतन्त्र दिवसको अवसरमा सबैले आत्मा बोध गर्ने हिसा...









