Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

आज सोह्रौँ गणतन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज सोह्रौँ गणतन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ १५ । आज मे २९ अर्थात सोह्रौँ गणतन्त्र दिवस देशभर आज बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.स. २०६२–६३ को जनआन्दोलनको जगमा गणतन्त्र घोषणा भएको दिनलाई स्मोरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते लाई देशभर गणतन्त्र दिवस मनाइने गरेको हो । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । विंस २०६३ वैशाख ११ गते तत्कालीन राज...
काभा वुमेन्स भलिबल च्यालेन्जको उपाधि भारतले जित्यो

काभा वुमेन्स भलिबल च्यालेन्जको उपाधि भारतले जित्यो

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १४ । काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपधि भारतले जितेको छ । काठमाण्डौँमा सात राष्ट्र सम्मिलित प्रतियोगितामा भारतले फाईनलमा काजाकस्तानलाई हराउँदै उपाधि जितेको हो । आईतबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको फाईनल खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारतले उपाधि हात पारेको हो । यस अघिका दुई संकरण नखेलेका दुवै टिम डेब्यु खेलमा नै फाईनलमा पुगेको हो भने भारतले उपाधि जित्न सफल भयो । प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको छ ।...
अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ १४ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो । हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाँै, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो । खेलमा पहिलो सेट उज्वेकिस्तानले २५९२० ले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५९१६ ले जितेर खेलमा फर्कियो । यसैगरी खेलको तेस्रो सेट २५९१५ र चौथो सेट २५९१३ ले जित्यो । प्रतियोगिताको उपाधिका लागि आज भारत ...
गणतन्त्री दिवसको पूर्वसन्ध्यामा १७ जना अधिकारकमी पक्राउ

गणतन्त्री दिवसको पूर्वसन्ध्यामा १७ जना अधिकारकमी पक्राउ

समाचार
पूर्णपुष्टि,जेष्ठ १४ । मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरिएको धर्नाबाट १७ जना अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका अनुसार समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरू अर्जुन पराजुली लगाएतका अधिकारकर्मीहरु पक्राउ भएको जनाएको छ । प्रहरीका अनुसार उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । शीर्ष नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्र...
अशिक्षाका कारण हिंसा : ओरेक उदयपुर

अशिक्षाका कारण हिंसा : ओरेक उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ जेष्ठ । अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अवसरमा ओरक उदयपुर र पत्रकारहरुबीच छलफल भएको छ । नेपाल पत्रकार माहासंघ उदयपुरको आयोजना तथा ओरेक नेपालको समन्वयमा लैंगिक हिंसाको अवस्था चुनौती र हिंसाले महिलाको स्वास्थ्यमा पारेको असर, स्वास्थ्य अधिकार सम्बोधनमा पत्रकारहरुको भूमिका भन्ने बिषयमा छलफल भएको हो । ओरेक उदयपुरकी संयोजक बाला कार्कीका अनुसार हिंसाले महिलाहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने जनाईन् । हिंसामा परेको महिलाहरुको जिवन शैली, वास स्थान, रहनसहन सबै कुरा बिग्रिन जाँदा उनिहरुलाई स्वास्थ्य असर हुने कार्कीले जनाईन् । कार्कीले ओरेक उदयपुरका सुरक्षा बासमा आएकी महिलाहरुमा स्वास्थ्य समस्याहरु प्रसस्तै रहेको बिषयमा चर्चा गरिन् । सुरक्षावासमा घरेलु, यौन, सामाजिक लगायतका हिंसा पिडितहरु रहेको उनले बताईन । कार्कीले लैंगिक हिसाको मुख्य जड अशिक्षाका कारण रहेको ...
अफ्रिकी देशमा गाई गोठाला र किसान बीच झडपमा १० जनाका मृत्यु

अफ्रिकी देशमा गाई गोठाला र किसान बीच झडपमा १० जनाका मृत्यु

समाचार
पूर्णपुष्टि,जेष्ठ १४ । अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो । त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ । हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ ।...
साकेला नाच सहित गाईघाटमा उभौली भव्य सम्पन्न

साकेला नाच सहित गाईघाटमा उभौली भव्य सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । गाईघाटका किरात राईहरुले उभौली पर्व साकेला धुमधामका साथ सम्पन्न गरेको छ । बैशाख पूर्णिमा देखी सुरु भएको उक्त चाँड शनिवार गाईघाट स्थित साकेला थानमा सम्पन्न भएको हो । १६ ओटै वडावाट उपस्थित रहेको प्राकाशहरुले धुमधाम साकेला नाचेर यस वर्षको उभौलीको बिट मारेहको हो । राईहरुको संस्कार संस्कृतिमा आधरित यो चाँडको निकै महत्व रहेको समुदायको अगुवाहरु बताउँछन । उभौँली र उधौली गरी बर्षमा दुई पटक पुजा आजा सहित मनाईने यो चाँड उभौली भने अझै बिषेश रुपमा मनाईने गरेको पाईन्छ । यस चाँडमा राई समुदायका नलनाता, परिवार र बिच एक आपसमा आवत जावत गरी मछामा पुजा गर्ने चलन छ । गाईघाटको १६ ओटै प्रारम्भीक समितिले छुट्टा छुट्टै समयमा साकेला नाचगान सहित गाईघाटमा अन्तिम नाचेर सम्पन्न गरेको हो । त्यस बाहेकका अन्य स्थानबाट समेत सहभागी राई समुदायहरु भव्य रुपमा यस बर्षको साकेला उभौली सम्पन्न गरेको हो...
गाईघाटमा ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु

गाईघाटमा ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ जेष्ठ । गाईघाटमा ३ दिने आधारमुत पत्रकारिता तालिम शनिवार बाट सुरु भएको छ । उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत तीन दिने आधारभुत पत्रकारिता तथा सिप लेखन तालिम संञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग माहासंघको समन्वयमा घरेलु तथा साना उद्योग गाईघाटले तालिमको आयोजना आयोजना गरेको हो । तालिममा १२ देखी १५ जना सम्म सहभागी रहने जनाईएको छ । घरेलु तथा साना उद्योग माहासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले संञ्चार उद्योगलाई बढाउँदै जाने उदेश्यले तालिमको आयोजना गरेको जनाए । आज हरेक क्षेत्र संञ्चार सँग जोडिँदै गर्दा उद्योगलाई पनि संञ्चार सँग जोड्ने र संञ्चार उद्योगलाई पनि विस्तार गर्दै जाने थापाले जनाए । उनले सानो बजेटका कारण बृहत तालिम गर्न नसके पनि आउँदो दिनमा एडभान्स तालिम समेतको व्यवस्थापन हुने गरी घरेलु उद्योगलाई बजेट व्यवस्थापनका लागि अ...
उदयपुरगढीको तावाश्रीमा बालमैत्री वडा घोषणाका लागि जाल्पाको अनुगमन

उदयपुरगढीको तावाश्रीमा बालमैत्री वडा घोषणाका लागि जाल्पाको अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेठ १३ । उदयपुरगढी गाउँपालिका १ तावाश्रीमा बालमैत्री वडा घोषणाको लागि अन्तिम तयारी भैरहेको छ । वडा नं १ तावाश्री तथा वडा वाल अधिकार समितिले बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यन्वयन पक्षमा लागि परिरेहको अवस्था थियो । ५१ ओटा सूचकहरु पुरा गर्दै बालमैत्री वडाको लागि वडा नं १ तावाश्रीले पुर्ण रुपमा घोषणा गर्न अन्तिम तयारीमा जुटी रहेको छ । बालमैत्री वडाका लागि वालवालिकाहरु सँग सम्बन्धीत आवश्यक ५१ ओटा सूचकहरुको निर्माण र कार्यन्वयन गर्नु पर्ने हुन्छ । जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्प पोखरेलले उदयपुरगढीको १ नं वडा तवाश्री बालमैत्री वडा उन्मुख पाईएको जनाए । उक्त वडामा वल्र्ड भिजन नेपालको सहयोगमा जाल्पाले पनि बिभिन्न काम गरेको भन्दै शुक्रबार अनुगमन गरेका थिए । अध्यक्ष पोखरेलले अनुगमनका क्रममा वडाले आवश्यक काम कार्वाहीहरु पुरा गरेको हुनाले वडालाई बालमैत...
कर सहयोगी श्रमिक सङ्गठन उदयपुरको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

कर सहयोगी श्रमिक सङ्गठन उदयपुरको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १२ । गाईघाटमा कर सहयोगी श्रमिक संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रियुगा नगरपालिका–३, मा अवस्थित जे एण्ड एल फुटल्याण्ड एण्ड पार्टी भेन्युको सभाहलमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले नारायण थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा बासु थापा, उपाध्यक्ष गोमा श्रेष्ठ, उपाध्यक्ष टेकराज निरौला, सचिब बादल खतिवडा, सहसचिब दिनेश अधिकारी र कोषाध्यक्षमा युबराज लयालु रहेको छ । यस्तै सदस्यहरुमा अपिल राउत, कमल कार्की, गोबिन्द भट्टराई र स्मृति मगर रहेकी छिन् । कर सहयोगी श्रमिक संगठन नेपालका केन्द्रिय अध्यक्ष तारानाथ दाहालले कर सहयोगीहरुको क्षमता अविवृद्धि गर्नु पर्ने र कर सम्बन्धी उच्चीत तालिमको व्यवस्तापन प्रत्येक जिल्ला–जिल्लाहरुमा गराउँनु पर्नेमा जोड दिए । दा...