Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि गाईघाटमा १० दिने आधारभुत तालिम सुरु

समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि गाईघाटमा १० दिने आधारभुत तालिम सुरु

Breaking News 1
पूर्णपुष्टि, १२ जेष्ठ । गाईघाटमा मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने आधारभुत तालिम शुक्रबारबाट सुरु भएको छ । उक्त तालिम समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि संञ्चालन भएको हो । लैंगिकतामा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोस्रो चरण अन्तर्गत तालिम आयोजना गरिएको आयोजक ओसीएमसी नेपालकी सिनियर काउन्सिलर रन्जना ताजपुरियाले बताईन् । ताजपुरियाका अनुसार तालिममा उदयपुर र ओखलढुङ्गा गरी १३ जना सहभागी रहेको छ । समुदायमा रहेको हिंसा पिडित, दवाव परेहको व्यक्ति तथा मानिस, मानसिक चिन्ता जस्ता समस्याहरुको पहिचान गर्ने र आवश्यक सहयोग गर्न मनोसामाजिक कार्यकर्ताहरुलाई यस तालिम प्रदान गरिएको ताजपुरियाले बताईन् । मनोसामाजिक कार्यकर्ताहरुले समुदायमा बिभेद भोगिरहेको मानिस र मानसिक सन्तुलनमा समसया भएको व्यक्तिहरुका लागि तत्काल आवश्यक सहयोग, उद्धार, उपचार, रेफर छलफल, मेलमिला...
नक्कली शरणार्थी प्रकरण : प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महर्जन पक्राउ

नक्कली शरणार्थी प्रकरण : प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महर्जन पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनललाई आजै अदालमा उपस्थित गराउने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको थियो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामाथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ । उनीहरूमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो माग समेत गरिएको छ ।...
बलिउडका खलनायक आशीषले ६० वर्षको उमेरमा गरे दोस्रो विहे

बलिउडका खलनायक आशीषले ६० वर्षको उमेरमा गरे दोस्रो विहे

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,जेष्ठ १२ । बलिउडका चलचित्रमा खलनायको भूमिका गरेर चर्चामा आएका आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले विहीवार कानुनी रुपमा असम राज्यकी रुपाली फेशन डिजाइनर सँग विवाह गरेको हो । आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने, जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा एक्स्ट्रा–अर्डिनरी महसुस भइरहेको र यो विवाहबाट निकै खुसी भएको बताए । आशीषको पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग भएको थियो। उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ । आशीष र रूपालीको १० वर्ष उमेर अन्तर छ। आशीष ६० वर्ष भए भने रूपाली ५० वर्षकी हुन्। आशीषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ११ भाषामा करिब २०० वटा फिल्ममा काम गरिसकेका छन्। उनी पछिल्लो समय अमिताभ बच्चनसँग फिल्म ‘गुडबा’ मा देखिएका थिए...
एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

राजनीति
पूर्णपुष्टि,जेष्ठ १२ । नेकपा एमालेको अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि एमालेले आज संसद अवरोध गरेको हो । सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए । त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्। यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै...
खोटाङमा वर्षा सँगै आएको आवाहुरीले विद्यालयको छाना उडायो

खोटाङमा वर्षा सँगै आएको आवाहुरीले विद्यालयको छाना उडायो

समाचार
पूर्णपुष्टि,जेष्ठ १२ । खोटाङको दिप्रङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयमा वर्षासँगै आएको हावाहुरीले एक विद्यालयको जस्तापाताको छाना उडाएको छ । विहीवार साँझ लगातार वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म अध्ययन हुँदै आएको विद्यालयको दुईवटा भवनमा पूर्णरुपले क्षति पुर्याएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए । “दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ”, उनले भने, “हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।...
उदयपुरगढीमा आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान

उदयपुरगढीमा आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ११ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, हाडेबासका आगलागी पिडितलाई वडा कार्यालयद्धारा आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख २८ गते बिहिवार बिहान ७ः४५ बजे स्थानीय चोक बहादुर मगरको घरमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर सहित ७ गोठ जेलर नष्ट भएको थियो । आगलागी पिडित परिवारलाई वडा नं.७ ले ९० हजार बरावरको आर्थिक सहयोग प्रदान गरेको वडाअध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार आगलागीले नष्ट भएको घरलाई वडाकै पहलमा जेसीवी लगाई सरसफाईको कार्य तिव्र पारीएको जनाए । पिडित परिवारलाई नयाँ घर निर्माणको लागि वडाले सक्ने सहयोग गर्ने उनले बताए । कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको थियो । कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई गोठ हुँदै बाख्रा फर्म, बंगुर फर्म लगायत ७ वटा गोठको काठपात, पराल जलेर नष्ट भएको थियो ।...
रकुममा जीप दुर्घटना हुँदा २२ दिने शिशु सहित ५ जनाको मृत्यु

रकुममा जीप दुर्घटना हुँदा २२ दिने शिशु सहित ५ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,जेष्ठ ११ । पश्चिमको रुकुममा जीप दुर्घटनामा परी २२ दिने शिशु सहित ५ जनाको मृत्यु भएको छ । विहावार बिहान सानीभरी–५, मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जीन दुर्घटनामा परी २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खवर पाएलगतै उद्धारको लागि घट्ना स्थलमा पुगेको बाँफिकोट–८का वडाअध्यक्ष धनबहादुर खत्रीले जीप सडकबाट निकै तल खसेकोले उद्धारमा कठिन भएको बताए । उनका अनुसार बिहान ८ः२० बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । बाँकी ६ जनाको रूकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ । मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए । शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानका...
दाङमा अज्ञात व्यक्तिद्धारा वृद्धामाथि कुटपिट गरी लुटपाट

दाङमा अज्ञात व्यक्तिद्धारा वृद्धामाथि कुटपिट गरी लुटपाट

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ११ । दाङको घोरही उपमहानगरपालिका १३ सेवार बासबोटस्थितमा बुधबार एक अज्ञात व्यक्तिद्धारा वृद्धलाई कुटपिट गरी लुटपाट गरिएको छ । घरमै आएर ६२ वर्षिया राखीमाया रोकालाई अज्ञात व्यक्तिले घरेलु हतियार चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गर्दा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो करिब ४ बजे अन्धाजी २५–३० वर्षको व्यक्तिले वृद्धमाथि कुटपिट गरी ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते रोकाको भैरहवामा उपचार भइरहेको छ । माइली छोरीसँग बस्दै आएकी रोका दिउँसो घरमा एक्लै भएको मौका पारी अज्ञात व्यक्तिद्धारा कुटपिट तथा लुटपाट भएको प्रहरीको भनाई छ । घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखियता पनि घटनाको अनुसन्धान भईरहेको एसपी वलीले बताए । रातिदे...
कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ११ । अर्जेन्टिनी खेलाडी लाउटारो मार्टीनेजको दूई गोल मद्दतमा इन्टर मिलानले कोपा इटालिको उपाधि जितेको छ । बुधबार राती स्टाडियो ओलम्पिको स्टेडियममा भएको फाईनल खेलमा फियोरेन्टिनामाथि १–२ को जित निकाल्दै ईन्टरले उपाधि हात पारेको हो । एक गोलले पछि परेको इन्टरले पुनरागमन गर्दै उपाधि चुमेको हो । खेल सुरु भएको तिन मिनेटमा नै निकोलस गोन्जालेजको गोलमा फियोरेन्टिना आग्रता लिएको थियो । तर २९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका मार्टिनेजले ३७ औं मिनेटमा दोस्रो गोल गर्दै ईन्टरलाई जित दिलाएका हुन् । लगातार दुई सिजन कोपा इटालियाको उपाधि जितेको इन्टरको यो १५ औं उपाधि हो । यस जितेसँगै इन्टर सार्वाधिक कोपा इटालिया जित्ने तेस्रो स्थानमा उक्लेको छ । १४ पटक उपाधि जितेको छिमेकी एसी मिलानलाई पछि पार्दै इन्टर तेस्रो स्थानमा उक्लेको हो । २१ पटक उपाधि जितेको युभेन्ट्स पहिलो स्थानमा छ ...
भुगोलले पछाडि, विकासले अगाडि

भुगोलले पछाडि, विकासले अगाडि

Breaking News 1
बिक्रम राई पूर्णपुष्टि, ११ जेष्ठ । ‘यो निकै बिकट र पछाडि परेको वडा हो । भौगोलिक विकटताका कारण चुनौती नै चुनौती छन् । तर मिलेर काम गर्न सके जस्तोसुकै विकट ठाउँमा पनि विकास सम्भव छ भन्नेमा म विश्वस्थ छु ।’ यो भनाइ त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबहादुर राईको हो । उनले वडाको दोस्रो चौमासिक समीक्षामा ८० भन्दा बढी प्रगतिसहितका उपलब्धिहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उदयपुरको त्रियुगा नगरपालिकाका १६ वडाहरुमध्ये १४, १५ र १६ पहाडी भेगमा पर्दछन् । वडावासीको बुझाइमा १६ नं वडा पहाडी भेगमा भए पनि अन्य वडाको तुलनामा विकासे काममा अगाडि छ । गाईघाट दिक्तेल सडकसँग जोडिएकोले वडा १४ र १५ ले सडक र बत्ती देखिसकेका थिए । विकास योजनाहरु सञ्चालन भएका थिए । तर, वडा १६ मा भने २०७४ पछि मात्र विकासको किरण देखिएको हो । वडाअध्यक्ष राईले अहिले सडक निर्माण, बत्ती र खानेपानीको व्यवस्थामा जोड दिएका...