Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ११ । उदयपुरमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७, बस्ने २९ वर्षीय कमल श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनले २०७९ माघ २३ गतेको फैसलाले एक दिन कैद र २ लाख जरिवाना फैसला गरेको थियो । त्यसयता फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी विशेष टोलीले बुधवार गोप्य सुचनाको आधारमा लुकिछीपी बसेको अवस्थामा निजकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी हरिनन्दन चौधरीले बताए ।...
नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्यो

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्यो

समाचार
पूर्णपुष्टि,जेष्ठ ११ । नेपालमा प्रत्यस वर्ष १० प्रतिशतसम्म पेट्रोलियम पदार्थको आयात बढ्ने गरेकोमा यस वर्ष भने १६ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार यो वर्ष खपतमा कमी हुँदा आयतमा कमी भएको जनाएको छ । चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर ९डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास० पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षमा सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ । करिव दस महिनाको अन्तरालमा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको र आन्तरिक बजारमा खपत कम ह...
उदयपुरको कटारीमा रास्वपाको वडा कमिटी गठन

उदयपुरको कटारीमा रास्वपाको वडा कमिटी गठन

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नं.४मा राष्ट्रिय स्वतन्तन्त्र पार्टीको वडा कमिटी गठन भएरको छ । बुधवार एक कार्यक्रम बिच बसेको भेलाले बेद प्रसाद पराजुलीको सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको हो । जसको उपसभापति कृष्णमाया राई, सचिवमा ओबहादुर मगर चयन भएका छन् । सदस्यहरुमा तारा गिरी, राधिका कुमारी न्यौपाने, चन्द्र श्रेष्ठ, सोममाया मगर, गणेशबहादुर खत्री,नारायणध्वज श्रेष्ठ, नानीवाबु विक, र वन्दना खत्री खड्का चयन भएका छन् । यस्तै उक्त भेलाले पार्टीको र्यापिड एक्सेन कमिटी पनि गठन गरेको छ । कमिटीमा संयोजक टेकराज निरौला साथै सदस्यहरुमा केशव पौडेल, रत्नबहादुर खत्री,खगेन्द्र प्रसाद पहाडी, र नारायण राउत चयन भएका छन् ।...
उदयपुरको पाँच ठाउँमा जनचेतनामुलक प्रहरी साझेदारी कार्यक्रम

उदयपुरको पाँच ठाउँमा जनचेतनामुलक प्रहरी साझेदारी कार्यक्रम

Breaking News 1, समाचार
पूर्णष्टि,जेष्ठ १० । उदयपुरको बिभिन्न पालिकाहरुको पाँच ठाउँमा जनचेतनामुलक प्रहरी साझेदारी कार्यक्रम बुधवार सम्पन्न भएको छ । लागु औषध, चेलिबेटी बेचबिखन, बाल यौन दुव्र्यवहार, मानव बेचबिखन तथा सामजिक संञ्जाल ठगी गर्ने जस्ता गाउँ समाजमा हुने गरेको अप्राधिक क्रियाकलाप न्युनिकारण गर्न प्रहरी साझेदारी कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार जिल्लाका बिभिन्न पालिकाहरुमा केहि समय देखि निरन्तर रुपमा सञ्चालन भैरहेको छ । यस्तै रौतामाई गाउँपालिका–६ वालुङ्खा, उदयपुरगढी गाउँपालिका–४, डुम्रे, त्रियुगा नगरपालिका–१५, त्रियुगा नगरपालिका–१३,मा अवस्थित जनता आ.वि.मा र त्रियुगा नगरपालिका–६,जलजले ढाटमा अवस्थित स्थानीयहरुलाई समाजमा हुने गरेको मानव बेचबिखन तथा सामजिक संजालबाट हुने ठगीबारे जनचेतनामुलक कार्यक्रम आयो...
बेल्टारमा स्वास्थ्यकर्मी माथि अपमानजनक व्यवहार गरेको भन्दै कारवाहिको माघ

बेल्टारमा स्वास्थ्यकर्मी माथि अपमानजनक व्यवहार गरेको भन्दै कारवाहिको माघ

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ १० । उदयपुरको चौदण्डीगढी नगरपालिकामा अवस्थित नगर अस्पतालमा कार्यरत एक स्वास्थ्य कर्मीलाई सामाजिक संञ्जालमा अपमानजनक व्यवहार गरिएको भन्दै संलग्नलाई कारवाहीको माग गरिएको छ । अस्पतालका सिअहेवमाथि अपमानजनक व्यवहार गरिएको भन्दै विभिन्न ५ वटा संघ, संगठनहरुले संयुक्त विज्ञाप्ती जारी गर्दै आपत्ति जनाएको हो । विज्ञाप्तीमा राष्ट्रिय प्रगतीशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकमी महासंघ कोशी प्रदेशले संयुक्त रुपमा हस्ताक्षर गरिएको छ । विज्ञाप्तीमा भनिएको छ ‘बिरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुप्रति सत्य तथ्य नबुझि सतही रुपमा अभिव्यक्त अस्वभाविक धम्किपूर्ण टिप्पणीले स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कार्य गरेको’ भन्दै भत्र्सना गरेका छन्। बिना अनुमति भिडियो खिच्ने, गाली बे...
कटारीमा चट्याङले लागेर बालकको मृत्यु

कटारीमा चट्याङले लागेर बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुरको कटारी नगरपालिकामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे बर्षासँगै परेको चट्याङले लागेर वडा नं १२ चिलाउनेका निमा तामाङको १२ बर्षीय छोरा खड्ग बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लगातार बर्षात भईरहेको बेला गाईगोठमा ओत लागेर बसेको खड्गमाथि एक्कासी चट्याङ पर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौरीले जानकारी दिए । उक्त घटनाको खबर पाएपछि प्रहरी चौकी बसेरी र ईलाका प्रहरी कार्याल कटारीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले घटनाको प्रारम्भिक कानुनि प्रकिृया पुरा गरी शव पोष्टमार्टको लागी कटारी अस्पतालमा पठाएको थियो । पोष्टमार्टम पश्चात बालकको शव परिवारलाई बुझाईएको प्रहरीले जनाएको छ ।...
भारत जान्छु भनेर हिडेकी कटारीको एक महिला डेढ महिनादेखि बेपत्ता

भारत जान्छु भनेर हिडेकी कटारीको एक महिला डेढ महिनादेखि बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुरको कटारी नगरपालिकाको एक महिला भारत जान्छु भनेर हिडेको डेढ महिनाबाट बेपत्ता भएकी छन् । कटारी वडा नं ४ मरुवा चुलाढुंगा बस्ने ४० बर्षीया रिता राई करिब डेढ महिानबाट बेपत्ता भएको श्रीमान केश बहादुर राईले बताए । उनका अनुसार सामान्य डिप्रेसन रहेकी रिता गएको चैत्र २४ गते घरबाट भारत जान्छु भनी हिंडेका थिए । बेपत्ता रिताको आफन्त तिर सोधखोज गरेको र सम्बन्धित निकायमा समेत पहल गर्दा हालसम्म फेला नपरेको श्रीमान राईले बताए । ५ फिट उचाई , गहुँगोरो वर्णको , निधारमा खत भएकी राईको ३ छोरा , एक वुहारी र एक नाती रहेका छन् । बेपत्ता रितालाई देख्ने तथा भेट्ने ब्यक्तिहरुले ९८६१७२२०६७ नम्बरमा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराईदिन हुन श्रीमान राईले आग्रह गरेका छन् ।...
पूर्वमा पहिचान आन्दोलनको सघर्ष टेलर मात्रै हो, ‘फिल्म’ बाँकी नै छ : आङ्काजी शेर्पा

पूर्वमा पहिचान आन्दोलनको सघर्ष टेलर मात्रै हो, ‘फिल्म’ बाँकी नै छ : आङ्काजी शेर्पा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० जेष्ठ । पहिचानवादी नेता आङ्काजी शेर्पाले पूर्वमा पहिचानको आन्दोलन थप चर्किने संज्ञा दिएको छ । कोशी प्रदेश नामाकरण विरोध आन्दोलनलाई पूर्ण समर्थन गरिरहेका शेर्पाले यसलाई तत्काल सच्याएर पहिचानको आधारमै नामाकरण गर्नु पर्ने माग समेत गरे । मानव जातिको अस्थित्व नै समेट्ने हिसवाले पहिचान विपरिद लागिरहेको राज्यलाई घोँडा टेकाउने भन्दै पूर्वी क्षेत्रमा आन्दोलनको टेलर मात्रै सुरु भएको उनले जनाए । शेर्पाले मुख्यमन्त्री हिक्मत कार्कीको चर्को विरोध पनि गरेको छ । गाईघाट स्थित साकेला उभौलीको अवसरमा बृहत सांस्कृतिक प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले भने, “ यो त पहिचान आन्दोलनको टेलर मात्रै हो, ‘फिल्म’ आउनै बाँकी छ, ‘फिल्म’ आएको दिन हिकमत कार्कीलाई कोशी किनारमा पुराएर छाड्ने छ । शेर्पाले कार्कीलाई हिकमत कार्की नभई जनताहरुले कातर कार्कीको रुपमा आम जनताले चिनेको जनाए । हिक्मत भन...
बझाङ दौलीचौरमा ४.५ रेक्टरको भूकप्प

बझाङ दौलीचौरमा ४.५ रेक्टरको भूकप्प

समाचार
पूर्णपुष्टि,जेष्ठ १० । राष्ट्रिय भूकप्म मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदुरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकप्म गएको जनाएको छ । आज बिहान करिव ४ बजेर ६ मिनेटको समयमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रहरुलाई केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढ्दो देखिन्छ । यस अभि पूर्वारुकुमको हुकाम क्षेत्रलाई केन्द्रविन्दु बनाएर जेठ ७ गते बिहान ४.१ रेक्टरको भूकम्प भएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।...
कोशी प्रदेश नामाकरण पञ्चायती सोच : युग पाठक

कोशी प्रदेश नामाकरण पञ्चायती सोच : युग पाठक

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ जेष्ठ । राजनितिक बिश्लेषक तथा लेखक युग पाठकले कोशी प्रदेश नामाकरण मानव पहिचान विपरिद नाम रहेको जनाएको छ । उनले पहिचान विपरिदको नामाकरणहरुहरु पुरानो र हेपासी नाम रहेको जनाए । पंञ्चायत काल खण्डमा शासक र शोसक प्रविद्धिमा राखिने नाम संघियता पछि पनि उस्तै अवस्था रहेको जनाए । पाठकले राज्यले सबै समुदायहरुलाई समानन्तर हक अधिकार दिनु पर्ने भन्दै पहिचानमुखी नामहरुको आवश्यक रहेको जनाए । जस अन्तरर्गत महिला, दलित, आदिवासी जनजाति लगायत सबै राज्यको अंगहरुलाई उत्तिकै अधिकार वितरण हुनु पर्ने जनाए । उनले कोशी प्रदेश जवरजस्ती राख्नु पंञ्चायती सासनको व्यवस्था रहेको जनाए । उनले पंञ्चायतमा पहिचान, भाषा, संस्कृति जस्ता कुराहरुलाई गिज्याउने गरेको समेत जनाए । उनले पहिचानको कुरा कुनै पनि जातिय र समुदायको नभै सम्पूर्ण मानव जातिहरुकै रहेको जनाए । देशभित्र वस्ने बाहुन क्षेत्री लगायत सबै मानव अस्थ...