Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

गाईघाट साकेलामा कोशी प्रदेश नाम खारेजीको माग, फोटोफिचर

गाईघाट साकेलामा कोशी प्रदेश नाम खारेजीको माग, फोटोफिचर

Breaking News 1
पूर्णपुष्टि, ९ जेष्ठ । उदयपुरको गाईघाटमा मंगलबार साकेला नाच्दै कोशी प्रदेश नामाकरण खारेजीको माग गरिएको छ । कोशी प्रदेश नामाकरण खारेज संयूक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोख्खा उदयपुरको समन्वयमा साकेला नाचेर बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । कार्यक्रममा र्याली तथा बिभिन्न ठाउँका साकेला सिल्ली नाचको प्रदर्शन गरिएका थिए । बृहत सांस्कृतिक कार्यक्रममा बेलका, चौदण्डीगढी कटारी र गाईघाटका किरात समुदायहरुले सहभागी जनाएका थिए । कार्यक्रमलाई सम्वोधन गर्न जनजाति नेता तथा पहिचानवादी अभियानकर्ताहरु आएका थिए । आदिवासी जनजाती नेता आङ्काजी शेर्पा, राजनितिक बिश्लेषक तथा लेखक युग पाठक, पूर्व मन्त्री गोपाल किराती, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई र यायोख्खा माहासचिव भिम राई लगायतले कार्यक्रमलाई भव्य सम्वोधन गरेका थिए । उनिहरुले पहिचान बिरोधीहरुलाई होसियार रहन र पहिचान...
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेड ९ । राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउन सरकारले निर्णय लिएको छ । सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अबको प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव अनुसार राष्ट्रिय दिवस असोज २ गते मनाउने निर्णय गरेको बताईन् । मानव संसाधन विकास छात्रवृत्तिका लागी जापान सरकारबाट ४१ करोड बराबरको अनुदान र विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै विश्व बैंकबाट विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जनाईन् ।...
आइसिसी क्रिकेट विश्वकप छनोट खेल प्रतियोगिताको तालिका सार्वजनिक, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज रहेको समुहमा नेपाल

आइसिसी क्रिकेट विश्वकप छनोट खेल प्रतियोगिताको तालिका सार्वजनिक, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज रहेको समुहमा नेपाल

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ९ । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आगामी महिनामा जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा १० टिमको सहभागी रहनेछ । दुई समुहमा विभाजन गरेको छनोट प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ । नेपाल रहेको समुह ‘ए’ मा दूई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्डस् र अमेरिका रहेको छ भने समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। नेपालको पहिलो खेल आयोजक जिम्बावेसँग १८ जुन (असार ३) मा हुनेछ भने २० जुन (असार ५) मा अमेरिकासगँ खेल्नेछ । त्यस्तै २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार ९) मा नेदरल्यान्डससँग खेल्ने खेल तालिका छ । पाँच–पाँच टोली रहेको समूहको लिग खेलबाट दुवै समुहका शिर्ष तिन–तिन टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि सुपर सिक्सका ६ टोलीबिच प्रतिष्पर्धा हुनेछ । प्रतिष्...
हलिउड अभिनेता रे स्टिभेन्सनको मृत्यु

हलिउड अभिनेता रे स्टिभेन्सनको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ९ । हलिउड अभिनेता रे स्टिभेन्सनको मृत्यु भएको छ । उनको आईतबार ५८ बर्षको उमेरमा इटालीमा मृत्यु भएको हलिउड म्यागजिन डेडलाइनले जनाएको छ । उनी एसएस राजामौलीको भारतीय साउथ फिल्म ‘आरआरआर’ मा देखिएका थिए । स्कट बक्सटनु नामक भिलेनको भूमिका निर्वाह गरेका उनको पहिलो भारतिय फिल्म हो । उनले थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजमा समेत काम गरेका छन् । उनको जन्म सन् १९६४ मे २५ मा लिस्बनमा भएको थियो भने उनको बुबा पाइलट थिए । फिल्म र टिभि कार्यक्रमबाट करियर सुरु गरेका उनको पहिलो फिल्म सन् १९९८ मा ‘द थ्योरी अफ फ्लाइटु हो । उनले २९ बर्षको उमेर हुँदा फिल्ममा डेब्यु गरेका थिए । उनको अन्तिम फिल्म एक्सीडेन्ट मेनः हिटमेन होलिडेु हो।...
कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा, बनाए  विश्व किर्तिमान

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा, बनाए विश्व किर्तिमान

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ९ । सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले मंगलबार २८ औं पटक सगरमाथाको सफल आरोहण गर्दै विश्व किर्तिमानी कायम गरेका छन् । कामीरिता आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान बनाएका हुन् । गत हप्ता कामीरिताले २७ औं पटक सगरमाथाको सफल आरोहण गर्दै सार्वाधिक किर्तिमान बनाएका थिए भने सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले सोमबार सगरमाथाको आरोहण गर्दै उनको कीर्तिमानसँग बराबरी गरेका थिए । पासाङले किर्तिमान बराबर गरेपछि आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेका थिए । ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण गरी ४० पटक व...
चौदण्डीगढीका अपांग मगरलाई नयाँ घर

चौदण्डीगढीका अपांग मगरलाई नयाँ घर

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ९ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका ३६ बर्षीय अपांग हिमाल मगरले नयाँ घर पाएका छन् । दुवै खुट्टा गुमाएका मगरलाई चौदण्ढीगढी–७ की समाजसेवी हिरा थापा तिम्सिनाको पहलमा आर्थिक सहयोग जुटाई घर निर्माण गरी सोमबार प्रदेशसभा सदस्य राजन किरातीले चाबी हस्तान्तरण गरेका हुन् । उक्त घर निर्माणको लागी ३ लाख ५ हजार २ सय ७७ रुपैयाँ संकलन भएको थियो । संकलित रकममध्ये २ लाख ९७ हजार ९ सय १० रुपैयाँमा ईटा, ट्रस र जस्तापाताबाट दुई कोठे घर सम्पन्न भएको हो । बाँकी रकम मगरलाई नै दिईएको छ । उक्त रकम विभिन्न सामाजिक व्यक्तित्व र देशविदेशबाट सहयोग प्राप्त भएको थियो । आर्थिक अवस्था कमजोर रहेको मगरको जटिल घाउको कारण दुवै खुट्टा काटिए । त्यसपछि उनको एक छोरीसँग विचलित थिए । उनकी श्रीमतीको क्यान्सर रोगबाट डेढ वर्ष पहिले नै मृत्यु भईसकेको छ भने उनको ६ वर्षीय छोरालाई २ नं वडामा स...
कटारीको कान्छी चोक डुवान, स्थानीयहरु बजार आवत जावतमा समस्या

कटारीको कान्छी चोक डुवान, स्थानीयहरु बजार आवत जावतमा समस्या

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ९ । उदयपुरको कटारीमा लगातार बर्षा आएपछि वडा नं.४,मा अवस्थित कान्छी चौक डुवानमा परेको छ । मंगलवार विहानी पख देखि सुरु भएको वर्षाले कान्छी चौक डुवानमा परेपछि स्थानीय, विद्यार्थी साथै व्यपारीहरुलाई बजार आवत जावतमा समस्या परेको हो ।
उपत्यकामा आजबाट परीक्षणका रुपमा सम्पदा घुम्ती बस सेवा सञ्चालन

उपत्यकामा आजबाट परीक्षणका रुपमा सम्पदा घुम्ती बस सेवा सञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ९ । काठमाण्डौ उपत्यकामा पर्यटन क्षेत्रलाई लक्षित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ । उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र साझा यातायातसँगको सहकार्यमा बस सेवा सञ्चालनमा हुन लागेको हो । ललितपुर महानगरपालिकाको प्राङ्गणबाट पर्यटनमन्त्री सुदन किराँतीले यो सेवाको दिउँसो साढे १ बजे शुभारम्भ गर्दै हुनुहुन्छ । यस्तो बस सेवाले स्वदेशी तथा विदेशी पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सेवा दिने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले जानकारी दिनुभयो । आजदेखि साझाका दुई वटा विद्युतीय बस सम्पदा बसका रूपमा चल्ने छन् । साझाले काठमाण्डौमा पहिलो पटक सम...
विश्वब्यापी भर्चुअल गजल प्रतियोगितामा प्रथम भईन् उदयपुरकी सुमी

विश्वब्यापी भर्चुअल गजल प्रतियोगितामा प्रथम भईन् उदयपुरकी सुमी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ जेष्ठ । विश्वव्यापी खुल्ला भर्चुअल गजल प्रतियोगितामा उदयपुरकी सुमी पोखरेल प्रथम भएकी छिन् । विश्व नेपाली साहित्य माहासंघको आयोजनामा बैशाख २४ मा भएको अनलाईन गजल प्रतियोगिताको निर्णयकबाट बेलका नगरपालिका वडा नं २ भागलपुरकी सुमी प्रथम भएकी हुन् । त्यस्तै स्याङजाकी भावना लामिछाने दोस्रो र लम्जुङका प्रमोद थापा तोस्रो भए । प्रथम, दोस्रो र तेस्रोले क्रमश ः रु २५ हजार, २० हजार र १५ हजार सहित प्रमाण पत्र पनि प्राप्त गरे । यता दाङका धनसिङ गिरी, सिन्धुपाल्चोकका आर्य आयुसा, र तनहुका नवराज न्यौपाने पनि पुरस्कृत भए । गिरीले १० हजार नगद प्रमाण पत्र पाए भने आयुसा र न्यौपानेले रु ५ हजारको दरले नगद र प्रमाण पत्र पाए । गजल प्रतियोगिताको आयोजना प्रतियोगितमा बिजयी प्राप्त गर्ने सबैलाई सोमवार नेपाल प्रज्ञा (प्रतिष्ठानका कुलपति भुपाल राईले प्रदान गरेको छ । परस्कार अन्तर्राष्ट्रिय जैविक विविध...
हुरेण्डेकद्धारा उदयपुरको ४ ठाउँमा खानेपानी योजना संञ्चालन

हुरेण्डेकद्धारा उदयपुरको ४ ठाउँमा खानेपानी योजना संञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ जेष्ठ । वल्र्ड भिजनको आर्थिक सहयोगमा हुरेण्डेक उदयपुरले उदयपुरको ४ ठाउँमा खानेपानी योजना संञ्चालन गरिरहेको छ । जिल्लाको त्रियुगा नगरपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी र रौतामाई गरी तिन गाउँपालिका र एक नगरपालिकामा योजना संञ्चालनको निर्माण तिव्र भैरहेको हुरेण्डेक उदयपुरको कार्यक्रम संयोजक बिकल सुवेदीले जनाए । संयोजक सुवेदीका ३५ लाख बराबरको लगानीमा खानेपानी योजनाको काम भैरहेको जनाए । यो योजना हरेक तिन बर्ष सम्म चल्ने जनाईएको छ । उदयपुरको बिकट क्षेत्रमा खानेपानी समस्याको आवश्यकतालाई मध्यनजर गरी योजना संञ्चालनमा रहेको सुवेदीले बताए । उनले योजनाको कामहरु कुनै अन्तिम कुनै आधा र कुनै भने सुरु अवस्थामा रहेको जनाए । रौतामाई गाउँपालिका २ स्थित डुम्रे कुसुमबोटे भुटिया खानेपानी योजनाको काम तिव्र रुपमा अगाडी बढिरहेको छ । यहाँ करिब १० लाख ६० हजार बराबरको लागतमा खानेपानी निर्माण कार्य भ...