उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेसमा सिनियर तर्फ निमा र जुनियर तर्फ सजन प्रथम
पूर्णपुष्टि, १६ भदौ । गाईघाटमा सम्पन्न उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेस प्रतियोगितामा सिनियर तर्फ निमा शेर्पा र जुनियर तर्फ साधन कार्की प्रथम भएको छ ।
शनिवार चप्पनमा आयोजित प्रतियोगितामा अढाई किलोमिटरको आठ ल्यावमा सिनियर तर्फ बोक्सेका शेर्पा र सात ल्याव जुनियर तर्फ गाईघाटका कार्की बिजयी बनेको हो । त्यस्तै सिनियर तर्फ दोस्रो सौगात मगर र तेस्रो जोनस राई भएका छन् । यस्तै जुनियर तर्फ दोस्रो कुसाङ्ग शेर्पा र तेस्रो कृष्ण सोनी भएको छ ।
संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार उक्त प्रतियोगिताको मुख्य उदेश्य खेलाडी उत्पादन गर्न रहेको जनाए । पछिल्लो सयम मानिसहरु साईकललाई मनोरञ्जनको रुपमा र्यालीलाई मात्रै प्राथामिकता दिने तर खेलमा भने सहभागी नहुने अवस्था रहेको उनले जनाए । अब भने साईकलिङ क्षेत्रमा पनि खेलाडी उत्पादन गर्दै प्रतियोगिता तथा खेललाई अगाडी बढाने कार्यक्रमको मुख्य उदेश्य रहेको रो...


