जनतासंग माओवादी – विशेष रुपान्तरण अभियानको सुरुवात : पुरिएको घर उद्धारदेखि अवरुद्ध सडक खुलाइयो
पूर्णपुष्टि, १७ भदौ ।
जनतासंग माओवादी –विशेष रुपान्तरण अभियानको पहिलोदिन भदौ १६ गते उदयपुरको ताप्ली गाउँपालिकाको वडा नं. ३ का सर्बसाधारण प्रेमनारायण श्रेष्ठको पहिरोले पुरिएको घर उद्धारदेखि विभिन्न अवरुद्ध सडकहरु खुलाइ यातायात सेवा सुचारु पारियो । श्रमदानमा जुटेका अभियानकर्ताहरुले श्रेष्ठको पहिरोले पुरिएको निम्न बर्गिय श्रेष्ठको घरलाई दिनैभरजसो खटेर कुटो कोदालेले माटो हटाइ बस्न योग्य बनाइदिएका थिए । अभियानकर्ताहरुले अवरुद्ध पन्छाएपछि लिम्चुङबुङ, रौतामाई, ताप्ली, उदयपुरगढीको नौवटा सडक सञ्चालन भएको छ ।
अधिकांश वडाहरुमा स्वास्थ्य संस्था, विद्यालय, सार्बजनिक स्थान र बजारको सरसफाई गरियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका प्रमुख टंक राईले जिल्ला सदरमुकामस्थित उदयपुर अस्पतालको सरसफाई गर्दै अभियानको उद्घाटन गरे । त्रियुगा नगरपालिका १० नं. वडा पार्टीको संयोजनमा अस्पताल र परिषर...









