Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

पहिचानको मुद्धा प्राप्तीका लागि समुदाय एकीकृत हुन आवश्यक : उपमेयर राई

पहिचानको मुद्धा प्राप्तीका लागि समुदाय एकीकृत हुन आवश्यक : उपमेयर राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ भदौ । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले आफु पहिचानको पक्षमा गम्भीर रहेको बताएकी छिन् । पहिचान स्थापित हुन आफैमा संविधानले दिएको अधिकार प्राप्त हुनु हो भन्दै यस प्रति आफु सचेत र गम्भीर रहेको जनाईन । बुधबार किराया त्रियुगा नगर कार्यसमितिको प्रदेश नामाकरण समिक्षात्मक कार्यक्रममा राईले यस्तो बतएकी हुन् । पहिचानको नाममा कसैको चित्त दुखाउनु र अबुझ तरिकाले पहिचान माग्न भने गलत रहेको जनाईन् । पहिचानको नाममा अभद्र ब्यवाहारको आफु समेत सिकार भएको सुनाउँदै यस्ता खाले क्रियाकलापले पहिचान स्थापितमा मानिसको चित्त दुख्न सक्ने राईको भनाई छ । पहिचान प्राप्तीका निम्ति अध्यान र बैचारिक धारणाको गतिविधिलाई पहिचानवादीहरुले अगाडी बढाउनु पर्ने राईको भनाई छ । आफु समेत पहिचानवादी समुदायकै भएको भन्दै राज्यले स्थापित गर्नु पर्ने पहिचानको अधिकार प्राप्त भए आफुलाई कुनै आपत्ति नहुने राईको भना...
प्रदेश नामाकरण बारे किराया त्रियुगा नगर कार्यसमितिको समिक्षात्मक बैठक

प्रदेश नामाकरण बारे किराया त्रियुगा नगर कार्यसमितिको समिक्षात्मक बैठक

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० भदौ । किरात राई यायोख्खा (किराया) त्रियुगा नगर कार्यसमितिले बुधबार समिक्षात्मक कार्याक्रम आयोजना गरेको छ । गाईघाट स्थित साकेला थान परिसरमा नगर कार्यसमितिको आयोजना उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रदेश नं १ को नामाकरण बिषयलाई लिएर आन्दोलनरत रहेका पहिचान पक्षधरको अघिल्लो र पछिल्लो क्रियाकलापबारे समिक्षामा ब्यापक कुरा उठाईएका थिए । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा नगर कार्यसमितिको पदाधिकारी, १६ ओटै वडाका अध्यक्षहरु, माताहतका संस्थाहरु किरात राई पत्रकार संघ, किरात राई विद्यार्थी संघ, चाम्लीङ खिम घर, वान्तावा खाम्वातिम लगायतको उपस्थितिमा समिक्षा सम्पन्न भएका थिए । कार्यक्रममा जिल्ला र केन्द्र भने उपस्थित भएन । जिल्ला र केन्द्र जस्तो जिम्मेवार र सम्बन्धित पक्ष समिक्षात्मक बैठकमा उपस्थित नभएको भन्दै प्रश्न पनि उठेका छन् । प्रदेश नामाकरण सम्बन्धि आन...
सप्तकोशीमा बेपत्ता भएका डाक्टरको शव फेला

सप्तकोशीमा बेपत्ता भएका डाक्टरको शव फेला

समाचार
पूर्णपुष्टि, भदौ २० । उदयपुरको बेलका नगरपालिका–८ स्थित चतरा पुल छेउमा गाडी राखेर बेपत्ता भएका डाक्टर उज्जवल कोइरालाको शव भेटिएको छ । झापाको दमक –१ निवासी ३२ वर्षीय डाक्टर कोईराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । १० गते सोमबार राति २ बजे आफु सवार १–०२–००२ च ४१६६ नम्बरको कार राखेर बेपत्ता भएका डाक्टर कोईरालाको शव मंगलबार अपराह्न फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । उनका अनुसार सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा शव सडेको अवस्थामा फेला परेको हो । कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको र पुलको बीच भागमा उनले लगाएको जुत्ता, मोजा र मोबाइल भेटिएको थियो ।...
उदयपुरका एक युवालाई १८ बर्ष कैद सजाय

उदयपुरका एक युवालाई १८ बर्ष कैद सजाय

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा बालिकामाथि बलात्कार गरेको कसुरमा एक युवकलाई १८ वर्ष कैद सजाय भएको सुनाएको छ । जिल्ला अदालतले १२ बर्षीय बालिकामाथि बलात्कार गरेको कसुरमा बेलका नगरपालिका–५ मैनामैनीका १९ बर्षीय शुसान्त मगरलाई उक्त कैद सजाय सुनाएको हो । भदौ १८ गते न्यायाधिश नवराज दुलालको ईजालसले कसुर गरेको ठहर गर्दै उक्त सजायसँगै ६ लाख जरिवाना र पिडितलाई २० हजार क्षतिपुर्ती भराउन आदेश दिएको दालतका श्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए । बालिकालाई २०७८ फागुन १३ गते जबरजस्ती करणी गरेको भन्दै पिडित पक्षले मगरविरुद्ध फागुन १४ गते ईलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा सोही दिन मगरलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका आरोपिलाई जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ०७८ चैत्र ८ गते जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरिएको थियो । बलात्कार मुद्धा परेको आरोप...
उदयपुरका एसपी फुयालको सरुवा, त्रियुगा उद्योग बाणिज्य संघद्धारा विदाई

उदयपुरका एसपी फुयालको सरुवा, त्रियुगा उद्योग बाणिज्य संघद्धारा विदाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ भदौ । उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयालको सरुवा भएको छ । फुँयालको काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुभा भएको हो । फुँयाल उदयपुरमा एक बर्षे कार्याकाल सकाएर काठमाण्डौँ सरुवा भएको हो । जिल्ला प्रहरी प्रमुखहरुको नियमित सरुवाको क्रममा उदयपुरबाट फुयाँलको काठमाण्डौँ सरुवा भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्द चौधरीले जानकारी दिए । चौधरीका अनुसार फुँयालको ठाउँमा नयाँ प्रहरी प्रमुख रमेश थापा आउने भएको छ । थापा काठमाण्डौँ माहाराजगन्जबाट उदयपुर प्रहरी प्रमुखको रुपमा आउने भएको डिएसपी चौधरीको भनाई छ ।...
लिम्चुबुङमा स्वास्थ्य प्रमुख र शिक्षा अधिकारीलाई विदाई, स्वास्थ्य शाखामा कर्णशेर राईलाई स्वागत

लिम्चुबुङमा स्वास्थ्य प्रमुख र शिक्षा अधिकारीलाई विदाई, स्वास्थ्य शाखामा कर्णशेर राईलाई स्वागत

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १९ भदौ । लिम्चुङबुङ गाउँपालिकाले अवकाश प्राप्त स्वास्थ्य शाखाका प्रमुख नौलशेर राईलाई शुखद विदाई गरेको छ । पालिकाले आईतबार स्वास्थ्य प्रमुख राई सहित स्थानीय शिक्षा अधिकारी विनोद राईलाई पनि भव्य विदाई गरेको हो । विनोद राईको काज फिर्ता भएसँगै अन्य स्थानमै सरुवा भएको थियो । नौलशेर राईले लिम्चुङमा गरिब २७ बर्ष स्वास्थय क्षेत्रमा योगदान गरेका थिए । उनको जागिर उमेर हद भएपश्चात त्यस ठाउँबाट अवकास प्राप्त भएको भन्दै पालिकाको अध्यक्ष सहितको जनप्रतिनिधि, कर्मचारी लगायतले सुखद विदाई गरेको हो । राई अवकाश प्राप्त भए सँगै पालिका स्वास्थ्य प्रमुखमा कर्णशेर राईको आगमन भएको छ । राई यस पहिले बास्बोटे स्वास्थय चौकीमा इन्चार्जको रुपमा कार्यरत थिए । राईलाई पनि पालिका टिमले भव्य रुपमा स्वागत गर्दे कार्यसफलताको कामना गरेको छ । पालिका अध्यक्ष मेजर कुमार राईले अवकाश प्राप्त भएका नौलशेर राई...
ताप्लीमा सडेको अवस्थामा एक बृद्धको शव फेला

ताप्लीमा सडेको अवस्थामा एक बृद्धको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, १७ भदौ । उदयपुरको ताप्ली गाउँपालिकामा एक बृद्धका शव सडेको अवस्थमा फेला परेको छ । प्रहरीका अनुसार पालिकाका ४ नं वडा थुम्कीका ७२ बर्षिय मणिराज राईको शव आईतबार फेला परेको हो । राईको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । गता साता आईतबार खानिडाँडाबाट थुम्की घर फर्कने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको प्रहरीको भनाई छ । बृद्धको लाश सडेको अवस्थामा आईतबार फेला परेको थियो । लाश फेला परेको सम्बन्धी रुपाटर प्रहरी र कटारी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लाश सडेको अवस्थामा रहेको हुँदा पोष्टमाटम गर्न कठिन हुने भएपछि सदगदको लागि आफन्तलाई जिम्मा बुझाएको सम्बन्धमा कटारी प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
गाईघाटबाट छुट्ने सार्वजानिक सवारीहरुको नयाँ भाडादर सार्वजानिक, काहाँको कति भाडा ?

गाईघाटबाट छुट्ने सार्वजानिक सवारीहरुको नयाँ भाडादर सार्वजानिक, काहाँको कति भाडा ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ भदौ । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले भाडादर तोकेको छ । कार्यालयले गाईघाटबाट छुट्ने बिभिन्न स्थानको भाडादर सार्वजानिक गरेको हो । कार्यालयले साना तथा ठुला दुवै सवारीको छुट्टा छुट्टै सवारी भाडा दर तोकोको छ । कार्यालयले सार्वजानिक गरेको भाडादर अनुसार सबैभन्दा बढी ११३ किलोमिटर पक्की सडक दुरीका लागि बस तथा मिनिवसको लागि ३५४ र भ्यान जिपका लागि ४४५ भाडादर तोकेको छ । यस्तो छ, यातायाता व्यवस्था सेवा कार्यालय गाईघाटले तोकेको नयाँ भाडादर  ...
यातायात व्यवस्था सेवा कार्यालय गाईघाटको राजश्व संकलमा बृद्धि

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटको राजश्व संकलमा बृद्धि

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ भदौ । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले गत बर्षको तुलनामा यस बर्ष राजश्व संकलनको दायरा बढाएको छ । कार्यालय प्रमुख श्याम लिम्वुका अनुसार आर्थिक बर्ष ०७९/०८० मा झण्डै १३ करोड बराबरको राजश्व संकलन गर्न कार्यालय सफल भएको हो । अघिल्लो आर्थिक बर्षमा १० करोड हाराहारीमा संकलन भएको राजश्व यो आर्थिक बर्षमा झण्डै ३ करोडले बृद्धि भएको लिम्वुको भनाई छ । आर्थिक बर्ष ०७९/०८० को असार मसान्त सम्म कार्यालयले १२ करोड ७४ लाख ३३ हजार ४७१ राजश्व भेला गरेको कार्यालयको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । सेवाग्राहीलाई दिने सेवा सुविधा बापत र निष्पक्ष काम कर्तव्र्यको आधारमा यो बर्ष राजश्व संकलनमा बृद्धि भएको लिम्वुले जनाए । आगामी आर्थिक बर्ष १५ कारोड पुराउने लक्ष्य कार्यालय प्रमुख लिम्वुले यस कार्यालयबाट आगामी आर्थिक बर्ष १५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको जनाए । त्यसका लागि ...
एसीया कपमा आज नेपालले भारतसँग खेल्दै

एसीया कपमा आज नेपालले भारतसँग खेल्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ १८ । एसीया कपमा आज नेपालले भारतसँग खेल्दैछ । नेपालको २७ वर्षे अन्तराष्ट्रिय क्रिकेट ईतिहासमा पहिलो पटक विश्व क्रिकेटको हस्ती छिमेकी राष्ट्र भारतसँग खेल्न लागेको हो । नेपाल र भारत बिचको खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे सुरु हुनेछ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपाल टेष्ट र टी–२० फर्म्याटको नम्बर वान टिमको सामना गर्दैछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ । भारतसँग खेल्न लामो प्रतिक्षा गर्नुपरेको नेपालको लागी यो खेल बहुप्रतिक्षित बनेको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर पहिलो पटक एसीया कपमा छनोट भएर खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । भारत र पाकिस्तान रहेको समुह ‘ए’ म...