Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

विविध कार्यक्रम सहित गाईघाटमा बलभद्रको जन्मउत्सव भव्य मनाईयो

विविध कार्यक्रम सहित गाईघाटमा बलभद्रको जन्मउत्सव भव्य मनाईयो

Breaking News 1, समाचार
पूर्णपुुष्टि, २५ भदौ । गाईघाटमा बलभद्र भगवानको पूजन्मउत्सव भव्यताका साथ मनाईएको छ । कलवार जातिले कुलदेवताको रुपमा पुज्दै आएको बलभद्रको उत्सवमा पूजाआजा देखी सांस्कृतिक लगायतका कार्यक्रमहरु गरी मनाईएको आयोजकले जनाएको छ । कलुवार सेवा समाजको आयोजनामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । समितिका सदस्य अमित भगतका अनुसार कलश यात्रा, पुजा आरम्भ, स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम र प्रसाद ग्रहण गर्दै कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम एकै दिन फरकफरक समयमा संञ्चालन गरिएको सदस्य भगतले जनाए ।...
उदयपुर प्रवासी सेवा समाज कतारको सातौं साधारण सभा सम्पन्न

उदयपुर प्रवासी सेवा समाज कतारको सातौं साधारण सभा सम्पन्न

समाचार
पूर्णपुष्टि,भाद्र २४ । उदयपुर प्रवासी सेवा समाज कतारको सातौँ साधारण सभा सम्पन्न भएको छ । गत सेप्टेम्बर ८ तारिख शुक्रबार ग्रीन रेष्टुरेन्टमा सम्पन्न साधारण सभाले कमल वाग्लेको अध्यक्षतामा १४ जना सदस्यलाई सर्वसहमत चयन गरेको हो । उक्त सभाले प्रथम उपाध्यक्ष पदको लागि हाल टुंगो नलागेको हुँदा पछि पदपुर्ती गर्ने निर्णय गरेको हो । यस्तै द्धितिय उपाध्यक्ष रामकुमारी तामाङ्, महा-सचिब बिष्णु बहादुर राई (राकेश), सचिब सन्जिप कटुवाल, कोषाध्यक्ष राम मगर, र सह–कोषाध्यक्षमा चन्द्र कुमार मगर रहने गरी नयाँ कार्य समिति चयन गरिएको छ । यता समाजको नवर्निवाचित सदस्यहरु क्रमस मिन चाम्लिङ राई, अमित आले मगर, मनिष तामाङ, अजय कुमार दनुवार, दिनेश सस्कार, बिष्णु घिमिरे र कुमार वाग्ले रहेको छन् । उक्त सभाको कार्यक्रमको सभापति गोपी कृष्ण अधिकारीले गरेका थिए भने कार्यक्रमलाई स्वागत मन्तव्य प्रथम उपाध्यक्ष भक्त कट्वा...
उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ त्रिबेणी टोल बस्ने ३४ बर्षीय सन्तोष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बिहिबार त्रि.न.पा–६ स्थित लालपत्तामा लाहानबाट गाईघाट तर्फ आउँदै गरेको वीङ्गरमा सवार चौधरीलाई प्रहरी सहायक निरीक्षक सहित खटिएको प्रहरी चेकिङ टोलिले लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले चौधरीको साथबाट लुकाई छिपाई ल्याएको ७ एम्पुल डाईजेपाम,७ एम्पुल फेनार्गन र ७ एम्पुल ब्रुपिनोर्फिन गरी जम्मा २१ एम्पुल बरामद गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट दिन १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पुर्णपुष्टि, भदौ २४ । उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० हडिया बस्ने ४८ बर्षीय सुर्य नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले २०७१।०५।०२ गते वन मुद्धामा रु. १४,०१७ (चौध हजार सत्र रुपैया) जरिवाना फैसलाले गरेतापनि हाल सम्म फरार रहँदै आएको चौधरीलाई आईतबार बिहान ११ बजे पक्राउ गरिएको हो । फरार रहेको चौधरीलाई खोज तलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले गाउँ घरमै लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी चौधरले जनाए । पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत उदयपुर पठाईए...
बगाहा राष्ट्रिय माविको प्रअ र संचालक समितिको कार्यकक्षमा ताला

बगाहा राष्ट्रिय माविको प्रअ र संचालक समितिको कार्यकक्षमा ताला

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ भदौ । शिक्षक नियुक्तीमा अबैधानिक भएको भन्दै राष्ट्रिय मावि बगाहाको कार्यकक्षमा ताला लगाएको छ । सयुक्त संघर्ष समितिले प्रधानाध्यापक र संञ्चालक समितिको कार्यकक्षमा ताला लगाएको हो । अबैधानिक शिक्षक छनोट परीक्षा रद्द गरी पुनः विज्ञापन र संचालक समितिको अध्यक्षले यथाशीघ्र आमभेला बोलाउनुपर्ने माग राख्दै सयुक्त संघर्ष समिती बगाहाले ताला लगाएको हो । शिक्षक नियुक्ती बिरोधमा त्रिनपा (४ वडा अन्तर्गत नेपाली काङ्ग्रेस, राप्रपा , नेकपा माओवादी,नेकपा एस लगायत राजनीतिक दलको सयुक्त मोर्चाले बिरोध गरिरहेको छ । नेकपा माओवादी केन्द्र नगर सचिवालय सदस्य योगेन्द्र अधिकारीका अनुसार बिद्यालय मात्र नभएर शैक्षिक क्षेत्रमा हुने गरेको बिकृती बिसङ्गती, बेतिथी अनियमितता, व्यापारीकरण, मिलेमतो जस्ता कार्यहरु अन्त्य हुनुपर्नेमा उनको समितिको जोड रहेको छ ।...
प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तालतलैया विजयी

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तालतलैया विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,भाद्र २३ । उदयपुरको चौदण्डीगढीमा प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । चौदण्डीगढी–७ स्थित सहीद रामप्रशाद राई रंगशालामा खेलमा फ्युजन फुटबल क्लव गाईघाटलाई तालतलैया फुटबल क्लवले ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो हाफको २५ र २६ औं मिनेटमा तालतलैयाका जर्सी नं.६ का रमेश राजवंशीले र सन्दिप लिम्बुले १र१ गोल गरि टिमलाई अग्रता दिलाएको थियो । यस्तै फ्युजन फुटबल क्लवको तर्फबाट खेलको ३० औं मिनेटमा जर्सी नं. १० का समिर राईले १ गोल गर्दै खेललाई २-१ मा परिणत गरेका थिए । यता दोस्रो हाफको ७४ औं मिनेटमा तालतलैयाकै जर्सी नं.१७ का विवस गुरुङले फ्युजनका खेलाडिहरु अन्योलमा पर्दा त्यसको फाईदा उठाउँदै टिमका लागि पुन १ गोल थप्दा ३–१ गोल अन्तरले तालतलैया बिजयी भएको हो । पारुहाङ एकेडेमीका पूर्व विद्यार्थीको सम्झनामा आयोजित प्रतियोग...
१६ नं वडा चिलाउने स्वास्थ्य चौकीको अब आफ्नै एम्वुलेन्स, सुत्केरीका लागि निशुल्क सेवा

१६ नं वडा चिलाउने स्वास्थ्य चौकीको अब आफ्नै एम्वुलेन्स, सुत्केरीका लागि निशुल्क सेवा

Breaking News 1
पूर्णपुष्टि, २३ भदौ । त्रियुगा नगरपालिका वडा नं १६ मा रहेको चिलाउने स्वास्थ्य चौकीबाट अब एम्वुलेन्स सेवा पनि सुचारु हुने भएको छ । स्वास्थ्य चौकीलाई एम्वुलेन्स प्रदान गरेपछि थप सेवा स्वास्थ्य चौकीबाट सुरु हुने भएको हो । वडा सरकार र बित्तिय संस्थाहरुको आर्थिक सहयोगमा स्वास्थ्य चौकी चिलाउनेलाई एम्वुलेन्स प्राप्त भएको हो । उक्त एम्वुलेन्स शनिवार स्वास्थ्य चौकीलाई हस्तान्तरण समेत भैसकेको छ । एम्वुलेन्स सेवा समेत संञ्चालनमा आउने भएपछि वडावासीहरु उत्साहित बनेको छ । वडा अध्यक्ष मान वहादुर राईले स्वास्थय क्षेत्रमा थप प्रभावकारी सेवाको लागि एम्वुलेन्स व्यवस्था गरिएको जनाए । हाल उक्त वडामा ३ ओटा स्वास्थय चौकीहरु छन् । त्यस मध्ये चिलाउने स्वास्थ्य चौकी निकै पुरानो स्वास्थ्य चौकी पनि हो । बिकट वडामा रहेको स्वास्थ्य चौकीले अब एम्वुलेन्स सेवा समेत थप गरेपछि सेवाहरु प्रभावकारी बन्दै जानेमा वडावासीह...
उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २३ । उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ विज्ञान टोल बस्ने धनबहादुर माझीको ३० बर्षीय छोरा दान बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीका अनुसार जिल्ला अदालतले मिति २०७९।०१।२२ गते २ महिना कैद सजाय फैसला तोकेतापनि हालसम्म फरार रहँदै आएको माझी शुत्रबार पक्राउ परेका हुन् । माझीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलिले गाउँ घरमै लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका माझीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा स्क्रब टाईफसको एक बिरामीको मृत्यु

उदयपुरमा स्क्रब टाईफसको एक बिरामीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ भदौ । पछिल्लो समय उदयपुरमा स्क्रब टाईफसको बिरामी बढेको अस्पताले जनाएको छ । उदयपुर अस्पतालका अनुसार उदयपुरमा स्क्रब टाईफसले एक पुरुषको मृत्यु समेत भैसकेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ९ का ४६ बर्षीय पति सदा रहेको जिल्ला अस्पतालले जनाएको छ । अघिल्लो दिउसो सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका सदाको उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट ९मेसु० डा। ज्ञानेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार अन्तिम अवस्थामा अस्पताल ल्याइएको सदाको स्वास्थ्य परीक्षण गर्दा स्क्रबटाईफस संक्रमण देखिएको थियो । स्क्रबटाईफस संक्रमण देखिएको सदाको मृगौला र पिसावमा पनि संक्रमण देखिएको अस्पतालका जेनेरल फिजिसिएन डा। राहुल रौनियारले बताए । रोगले निकै च्यापिसकेको अवस्थामा अस्पताल ल्याएको उनलाई उपचारबाट बचाउन नसकिएको उनले बताए । भदौको पहिलो साता एक...
उदयपुरे युवा कवी जिवन “आरोही” राष्ट्रपतिद्धारा काठमाण्डौँमा पुरस्कृत

उदयपुरे युवा कवी जिवन “आरोही” राष्ट्रपतिद्धारा काठमाण्डौँमा पुरस्कृत

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ भदौ । उदयपुरे युवा कवी जिवन (आरोही) काठमाण्डौँमा पुरस्कृत भएका छन् । राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव( २०८०ू ले पुरस्कृत गरेको हो । उनलाई सर्वोत्कृष्ट कविको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेको छ । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलबाट राईलाई भव्य पुरस्कृत गरेको हो । गत असार ९ गते आयोजित राष्ट्रिष कविता महोत्सवमा पनि कवि आरोहीद्वारा लिखित प्रश्नहरुको विज्ञाप्ति शीर्षकको कविता सर्वोत्कृष्ट छनोट भएको थियो । राई पेसाले शिक्षक भएपनि साहित्य क्षेत्रमा लामो समयदेखी योगदान पुराउँदै आएको उत्कृष्ट कवि समेत हुन् ।...