Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

राष्ट्रिय युवा संघ नेपाल उदयपुरको १० औँ जिल्ला अधिवेशन २९ र ३० गते

राष्ट्रिय युवा संघ नेपाल उदयपुरको १० औँ जिल्ला अधिवेशन २९ र ३० गते

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २८ भदौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको उदयपुर जिल्ला अधिवेशन यहि भदौ २९ र ३० गते हुँदै छ । गाईघाटमा हुने दुई दिने कार्यक्रमको भव्य तयारी युवाहरुले धमाधम गरिरहेको छ । ताप्ली गाउँपालिकाका युवा इन्चार्ज समिप राईका अनुसार कार्यक्रम भव्य रुपमा सफल पार्न उदयपुरका युवाहरु दुई अघिदेखीनै तयारीमा लागेको जनाए । एमाले निकट युवाहरुको माहान उत्सव समेत रहेको हुँदा संगठनात्मक उपस्थितिमा कार्यक्रमको तयारी भैरहेको राईले जनाए ।...
उदयपुरमा ट्रकको ठक्करबाट (असई) को मृत्यु

उदयपुरमा ट्रकको ठक्करबाट (असई) को मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ भदौ । उदयपुरमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असईको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका भागलपुर प्रहरी चौकीमा कार्यरत असई श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट बुधबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सदरमुकाम गाईघाटवाट मोटरसाईकलमा कार्यस्थल भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले प्रदेश १–२–०५१ प ६४७८ नं को बस्नेतको मोटरसाईकललाई दिएको थियो। ठक्करबाट गम्भिर घाईते ४५ बर्षिय बस्नेतको तत्कालै मृत्यु भएको जनाईएको छ। बस्नेतको इटहरी उपमहानगरपालिका ८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत थिए । उनि जिल्ला प्रहरी कार्यालयको इन्चार्जहरुको मिटिङमा सहभागि भई फर्किने ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने ट्रक चालक बाँके जिल्ला कोहलपुर नगर...
राहत शिक्षकहरु आन्दोलनको तयारीमा

राहत शिक्षकहरु आन्दोलनको तयारीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ भदौ । शिक्षा ऐनप्रति असहमति जनाउँदै राहत शिक्षकहरु फेरी आन्दोलन गर्ने तयारीमा रहेको छ । राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले मंगलबार जारी गरेको विज्ञप्तिमा ऐनमा आफ्ना माग सम्बोधन नगरिएको भन्दै ४० हजार शिक्षकको पेसागत भविष्यमाथि कुठराघात गरिएकाले आन्दोलनका लागि आव्हान समेत गरेका छन् । ‘सम्बन्धित निकायले हाम्रा माग अधिकतम सम्बोधन हुने मौखिक आश्वास दिँदै आएकाले हामीले संसदमा दर्ता भइन्जेल सम्मलाई पर्ख र हेर को नीति अवलम्बन गरेका थियौ’, विज्ञप्तिमा भनिएको छ । तर भदौ २७ गते विद्यालय शिक्षा ऐन संसदमा (दर्ता नं ८) भएसँगै अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य नजिरलाई पनि हेक्का नराखी सामुदायिक विद्यालय, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले देशभर कार्यरत ४० हजार राहत शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी स...
विद्यालयको प्रधानाध्यापक बन्न अब नयाँ नियम

विद्यालयको प्रधानाध्यापक बन्न अब नयाँ नियम

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २७ भदौ । विद्यालयको पधानाध्यापक बन्न अब नयाँ नियम लागु भएको छ । े सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्ताव गरेको छ । कर्मचारी छनोट समितिले शिक्षकहरूमध्येबाट विद्यालय सञ्चालन, शैक्षिक गुणस्तर, सुधार योजना प्रस्तुत गर्न लगाएर खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरेको हो । माध्यमिक विद्यालयको हकमा सम्बन्धित स्थानीय तहभित्रका माध्यमिक तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरूबाट प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै आधारभूत विद्यालयको प्रधानाध्यापकको हकमा त्यही स्थानीय तहका आधारभूत तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरूबाट प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरिएको छ । छनोट समितिमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा...
नेपालबाट हटाईयो एसईई, परिक्षा अब एकै चोटी १२ मा मात्रै

नेपालबाट हटाईयो एसईई, परिक्षा अब एकै चोटी १२ मा मात्रै

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २७ भदौ । नेपालबाट एसईईको प्रावधान हटाईने निर्णय भएको छ । अब राष्ट्रिय परिक्षा बोर्डले १२ कक्षामा मात्रै परिक्षा लिन पाउने छन् । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको हो । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९१२ कक्षा० को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण ९८ कक्षा० मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ । आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय ...
लैँङगिक हिंसा रोकथाम सहयोगका लागि मनोसामाजिक कार्यकर्ताहरुलाई अनुशिक्षण तालिम

लैँङगिक हिंसा रोकथाम सहयोगका लागि मनोसामाजिक कार्यकर्ताहरुलाई अनुशिक्षण तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ भदौ । समाजमा दिनदिनै बढ्दै गएको लैँगिक हिँसालाई रोकथाम तथा अन्त्य गर्न हर प्रयास भैरहेको छ । समाजमा घट्ने कयौँ हिंसाका घटनालाई स्थानीय सरकार सँग समन्वय गरेर संघ सस्थाहरुले पनि नियन्त्रणको प्रयास गरिरहेको अवस्था छ । समाजमा हुने हिंसाहरु घर परिवार र व्यक्ति आफैमा लुकेर बस्दा पिडित थप समस्यामा परेको तथ्यहरु खुलेका छन् । यस्तै समस्याको समाधान र हिंसा रोकथामका लागि उदयपुरको ४ नगरपालिकामा मनोसामाजिक कार्यकर्तालाई खटाईएको छ । ओसीएमसी नेपालकी सिनियर काउन्सिलर रन्जना ताजपुरियाका अनुसार ४ नगरपालिकाका ३२ जना मनोसामाजिक कार्यकर्ताहरुलाई गाईघाटमा २ दिने अनुशिक्षण तालिम दिईरहेका छन् । उनिहरुलाई हिंसा सम्म पुग्नका लागि थप क्षमता अभिबृद्धि गर्न उक्त तालिम प्रदान गराईएको ताजपुरियाको भनाई छ । हिंसा लुकेको र लुकाईएको हुने हुँदा त्यस्ता समस्यालाई पहिचान गरी सम्बन्धित ठाउँमा पुराएर...
अदुवामा पिथियम रोग लागेपछि कटारीका किसान चिन्तित

अदुवामा पिथियम रोग लागेपछि कटारीका किसान चिन्तित

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २५ । उदयपुरको कटारी नगरपालिकामा अदुवामा पिथियम रोग लागेपछि किसानहरु चिन्तित भएका छन् । उत्पादन दिने बेला रोगका कारण बोट पहेंलो हुने र कुहिने भएपछि व्यवसायिक अदुवा खेती गर्दै आएका किसान चिन्तित बनेका हुन् । कटारीको वडा नं ११ बाट सबैभन्दा बढी अदुवा उत्पादन हुदैँ आएकोमा यसपालि रोगले उत्पादनमा कमी आउने भएपछि ठुलो क्षती भोग्नु पर्ने किसानहरु बताउँछन् । ११ नं वडाबाट मात्रै वर्षेनी किसानहरुले ६० लाख सम्मको अदुवा बेच्दै आएकोमा यसपटक उत्पादन घट्ने देखिएको कटारी ११ का कृषक नुजराज कार्कीले बताएका छन् । यस रोगले बोट पहेंलो हुने, गाना कुहिने र क्रमश अदुवाको बोटहरु ढल्दै जाने नगरपालिकाका कृषि शाखाका प्राविधिक रविन्द्र राईले बताएका छन् । उनका अनुसार अदुवाको नमुना वाली रोग अनुसन्धान खुमलटार पठाईएपछि पिथियम रोग पुष्टि भएको हो । रोग पुष्टि भएपछी नगरपालिकाले कृषकहरुको घरघरमै पुगेर औषधि...
उदयपुर सिमेन्ट उद्योगप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

उदयपुर सिमेन्ट उद्योगप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ भदौ । उदयपुर सिमेन्ट उद्योगप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण भएको छ । सर्बपक्षीय, सर्बदलीय मजदुर प्रतिनिधि तथा नेताहरुको एक टोलीले भेटेपछि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण भएको हो । “नाफामा जानुपर्ने उद्योग किन धरासायी भयो ?” ध्यानाकर्षणसंगै प्रधानमन्त्री दाहालले मजदुर प्रतिनिधिहरुसंग जिज्ञासा राखेका थिए । नेकपा माओवादी केन्द्र, उदयपुर जिल्ला संयोजक एवम् टोलीको नेतृत्वकर्ता विनोद कटुवाल (दिवस) का अनुसार उनले उद्योगलाई के गर्दा नाफामा जान सकिन्छ भन्ने प्रश्नसमेत गरेका थिए ? उद्योगको सहि ब्यवस्थापन अभावले उद्योग धरासायी बनेको रिपोर्ट टोलीले गरेको थियो । यसका साथै बर्तमान सार्बजनिक खरिद ऐन, उद्योग सञ्चालन खर्च अभाव जस्ता समस्या जनाएका थिए । सर्बदलीय, सर्बपक्षीय टोलीका सदस्यहरुले सहि ब्यवस्थापक पठाइदिन, नीति नियम संशोधन र तत्काल सञ्चालन खर्चको ब्यवस्थाप...
एक बालक सहित पुजारीको पानीमा डुबेर मृत्यु

एक बालक सहित पुजारीको पानीमा डुबेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २५ । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर एक बालक सहित पुजारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर र ईटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरका पुजारी ५५ बर्षीय केशब नेपाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आईतबार राती ८ बजे खेल्ने क्रममा मन्सुर घर नजिकै रहेको नहरमा डुबेर घाईते भएका थिए । घाईते बालकलाई उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । यसैगरी जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
देउरीको साना किसान कृषि सहकारी संस्था २० औँ बर्षमा प्रवेश, नाफामा फड्को मार्दै

देउरीको साना किसान कृषि सहकारी संस्था २० औँ बर्षमा प्रवेश, नाफामा फड्को मार्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ भदौ । देउरीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ५ देउरी स्थित साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाले बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेको छ । संञ्चालक समितिका अध्यक्ष समेत रहेका देव कुमार राईले बार्षिक गतिविधिका सबै कामकार्वाहरुहरुको जानकारी सदस्यहरुलाई गराएको छ । राईका अनुसार आर्थिक बर्ष २०८९/०८० मा संस्थाले लिएको लक्ष्य अनुरुप संस्थालाई प्रगतिमय बनाएको जनाए । यस आर्थिक बर्षमा संस्थाले चार करोड ३० लाख ५९ हजार बराबरको आम्दानी गरेकोमा दुई करोड ९८ लाख दश हजार खर्च घटाई एक करोड ४० लाख माथी नाफा समेत गर्न सफल भएको अध्यक्ष राईले जनाए । राईका अनुसार संस्थाले बिषेशगरी पशुपालन र कृषिमा लगानी गर्ने गरेको जनाए । त्रियुगा नगरपालिका भरीको १२ ओटा वडाहरुका कृषकहरु यस समूहमा जोडिएको राईको भनाई...