Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबलाई

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबलाई

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,भद्र ३० । प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबले हात पारेको छ । उदयपुको चौदण्डीगढी नगरपालिका–७, स्थित रामप्रसाद राई रंगशालामा भएको अन्तिम फाईनल खेलमा तालतलैया फुटबल क्लव सुनसरीलाई पेनाल्टी सुटआउटमा ३ को विरुद्ध ४ गोलले पराजित गर्दै गाईघाटले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलको ४५औं मिनेटमा गाईघाट फुटबल क्लबका जर्सी नम्बर २३ का खेलाडी योन्जन हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेका तालतलैयाले सुधारिएको खेल प्रदर्शन गर्दै खेलको ५९औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी उमेश कार्कीले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै टिमका तर्फबाट थप गोल हुन नसकेपछि बिजेताको छिनोफानो पेनाल्टी मार्फत गरिएको थियो । ट्राईबेकरमा ४-३ ले जित निकाल्दै गाईघाट फुटवल क्लबले उपाधी जितेको छ भने सुनसरीको तालतलैया फुटव...
माछामार्न गएका युवकको करेन्ट लागेर मृत्यु

माछामार्न गएका युवकको करेन्ट लागेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र ३० । मोरङमा माछा मार्न गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शुक्रबार अपरान्ह ४ बजे बिजुलिको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बिराट टिचिङ अस्पताल लगिएकामा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।...
तिनकुनेमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, एक युवक प्रहरी नियन्त्रणमा

तिनकुनेमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, एक युवक प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ३० । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ । दिव्य स स् मिलमा कार्यरत दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई हत्या भएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । एआईजी थापाका अनुसार शुक्रबार राति दिव्य सस्मिल भित्र धारिलो हतियार प्रहार भएको गहिरो चोट लागेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा एक युवकलाई समेत नियन्त्रणमा लिएको एआईजी थापाले बताए । उनका अनुसार सामुहिक हत्या आशंकामा अनुसन्धाको लागी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरिएको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको यकिन ...
उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३० । उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नपा–४ बस्ने ३४ बर्षीय चण्डिराज राई र चौदण्डीगढी नपा–१० बस्ने ५८ बर्षीय देबल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार राईलाई लागुऔषध मुद्धामा जिल्ला अदालतले २०७४।११।१६ गते रु.२,००० रुपैया जरिवाना र चौधरीलाई करकाप मुद्धामा २०६५।०२।२४ गते रु. २५ रुपैयामात्र जरिवाता तोकेता पनि हाल सम्म फरार रहेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरबतनबाटै शुक्रबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुलाई ईप्रका बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
नगरस्तरीय बक्तृत्वकलामा रामपुर पव्लिकको पुष्पा प्रथम

नगरस्तरीय बक्तृत्वकलामा रामपुर पव्लिकको पुष्पा प्रथम

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २९ । उदयपुरको बेलका नगरपालिकाले ५९ औं राष्ट्रीय बाल दिवसको अवसरमा आयोजना गरेको नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा रामपुर पव्लिक एकेडेमीको छात्रा पुष्पा अधिकारी प्रथम भएकी छन् । कक्षा १० मा अध्ययनरत पुष्पाले “ बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी “ शिर्षकमा ६ जना प्रतियोगिलाई उछिन्दै पहिलो स्थान हासिल गरेकी हुन्। त्यस्तै द्वितीय, तृतीय र सान्तत्वना पुरस्कार क्रमश : (नर्थ स्टार) की सलिना कोईराला, (सप्तकौषिकी मा.बि.) की ससिता कोईराला, (कोशी मा.वि.) की आशा विश्वकर्मा ले प्राप्त गरेकी छन् । बिजयी प्रतियोगीहरुलाई बेलका नगरका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष असोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको हो ।कार्यक्रममा नगर प्रमुख कार्कीले वालवालिकाहरु देश विकासको मेरुदण्ड भएकोले वालवालिकामा गरेको लगानी कहिल्यै खेर नजाने बताउदै बेलका नगरपालिकाले चाडै नै पालिका...
चिकित्सकमाथि कुटपिट गरेको बिरुद्ध जिल्ला अस्पताल उदयपुर बन्द

चिकित्सकमाथि कुटपिट गरेको बिरुद्ध जिल्ला अस्पताल उदयपुर बन्द

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २९ । मकवानपुरका चिकित्सकमाथि कुटपिट गरेको बिरोधमा उदयपुर जिल्ला अस्पतालले आकास्मिक बाहेक अरु सेवा बन्द गरेको छ । बुधबार हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गरेको विरुद्ध उदयपुर अस्पतालका डाक्टरहरुले शुक्रबार सेवा ठप्प पारेका हुन् । बिहिबार जिल्ला अस्पतालका डाक्टरहरुले चिकित्सकहरुमाथि सांघातिक हमला भएको सिसिटिभि फुटेजमा समेत देखिएको र स्वास्थ्य संस्था जस्तो संवेदनसिल क्षेत्रमा यस्ता किसिमका गतिविधि जुनसुकै अस्पताल र जोसुकैलाई जतिबेला पनि पर्न सक्ने भएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभुती नभएकोले दोषीलाई कारर्वाही नभएसम्मको लागी मानसिक रुपले विक्षप्त अवस्थामा विरामी हेर्न असमर्थ रहेको पत्र जिल्ला प्रशासक कार्यालयलाई लेखेका थिए । शुक्रबारबाट आकास्मिक सेवा बाहेकका सम्पुर्...
उदयपुरकी एक बालिका बेचविखनमा पर्नबाट जोगिन्, ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

उदयपुरकी एक बालिका बेचविखनमा पर्नबाट जोगिन्, ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २९ । उदयपुरमा मानव वेचविखन तथा ओसारपसारमा संलग्न ब्रोदर्श रेस्टुरेन्टका सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं–१० बस्ने ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ बर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नं. १९ बस्ने २८ बर्षीय सतिश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार दिउँसो ३ बजेको समयमा त्रि.न.पा–६ जलजले ढाटमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकिङको क्रममा गाईघाटबाट लहान तर्फ जादै गरेको प्रदेश नं. ३–०२–२२ प ५०१० नं. को मोटरसाईकललाई संकालागी चेकजाँच गर्दा गाईघाट बस्ने १५ वर्षकी नाबालिकालाई ललाई फकाई प्रलोभनमा पारी बेचबिखन गर्नको लागी ल्यैजादै गरेको अवस्थामा फेला पारी चालक यादवलाई नियन्त्...
बुबाको मुख हेर्नेदिननै छोरा मिङसो र सुहाङले गरे नेम्वाङको अन्तिम विदाई

बुबाको मुख हेर्नेदिननै छोरा मिङसो र सुहाङले गरे नेम्वाङको अन्तिम विदाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ भदौ । आज कुशे औँसी बुवाको मुख हेर्ने दिन । धेरैले आज आफ्नो जन्म दिने बुवालाई भेटेर खुसी साटिरहेको बेला संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङका दुई छोराहरुले भने बुबाको अन्तिम विदाई गर्नुपरेको छ । हृदयघातका कारण मृत्यु भएका एमाले उपाध्यक्ष नेम्वाङको आज पसुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्तिम विदाई गरिएको हो । नेम्वाङको सोमवार निधन भएपनि पार्थिव शरिरलाई पार्टी कार्यालय लगायत निवासमा श्रदान्जलीको लागि राखिएपछि बिहिबार मात्रै अन्तिम विदाई गरिएको हो । पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएर अन्तिम विदाई गरिएको छ । नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न ...
डाक्टर पिटेको आरोपमा ४ जना पक्राउ

डाक्टर पिटेको आरोपमा ४ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ भदौ । डाक्टर पिटेको आरोपमा मकवानपुर प्रहरीले ४ जनालार्ई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा।–१२ का रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’ एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगु पोजेटिभ देखिएको ...
सङ्खुवासभा कैदी मृत्यु प्रकरण : उदयपुरका दुई जना सहित १५ जना कारागार चलान

सङ्खुवासभा कैदी मृत्यु प्रकरण : उदयपुरका दुई जना सहित १५ जना कारागार चलान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ भदौ । सङ्खुवासभा कैदि मृत्यु प्रकरणमा खाँदवारी कारागार सुरक्षा गार्डमा कार्यरत उदयपुरका दुईजना सहित १५ जनालाई कारागार चलान गरिएको छ । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएकोमा उदयपुरको पनि दुईजना परेको हो । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको जिल्ला अदालत सङ्खुवासभाका श्रेस्तेदार रामचन्द्र केसीले जनाए । केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएको हो । कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए । कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिक...