Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

बेलका नगर एक्सनमा, अवैध संरचना भत्काउन सुरु 

बेलका नगर एक्सनमा, अवैध संरचना भत्काउन सुरु 

Breaking News 2, समाचार
पूर्णपुष्टि, २ असोज बेलका नगरपालिकाले नियम बिपरित राजमार्ग क्षेत्र भित्र बनाईएको संरचना भत्काउन सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट नियम बिपरीत रामपुर बजार क्षेत्र भित्र राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाईएको संरचना भत्काउने कार्यसंगै सरसफाईको कार्य समेत नगरपालिकाले सुरुवात गरेको हो । बेलका नगर प्रमुख असोक कार्कीको नेतृत्वमा मंगलबारदेखी उक्त कार्यलाई अघि सरिएको छ । बजार क्षेत्रमा राजमार्ग दायावाया १५÷१५ मिटर क्षेत्रको अतिक्रमित भागको संरचना भत्काईएको मेयर कार्कीले जनाए। बेलका नगरपालिकाको अगुवाईमा , स्थानीय जनप्रतिनिधी ,उधोग वाणिज्य संघ रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, शसस्त्र प्रहरी बल डुडखोला ,नगर प्रहरी, स्थानीय समाजसेवी, राजनैतिक दलका प्रतिनिधीहरु संगै स्थानीयहरुको अगुवाईमा राजमार्गका अवैध संरचना हटाईएको मेयर कार्कीले जनाए । अभियानमा बाटोको सिमाना ...
त्रिनपा १६ मा शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान र पुरस्कारको बर्षा

त्रिनपा १६ मा शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान र पुरस्कारको बर्षा

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २ असोज । त्रियुगा नगरपालिका वडा नं १६ ले वडा भित्र रहेका सामुदायीक विद्यालयहरुका उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । अतिरिक्त क्रियाकलाप तथा छात्रबृत्ति वितरण कार्यक्रम अन्तर्गत ५९ औँ राष्ट्रिय बालदिवसको अवसर पारी वडामा रहेका विद्यार्थी तथा शिक्षकहरुलाई बिभिन्न बिद्यामा पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईले शैक्षिक क्षेत्रको गुणस्तरमा यस्ता कार्यले ठुलो सहयोग पुराउने भन्दै भव्य कार्यक्रमको आयोजना गरिएको जनाए । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रमले सामुदायीक विद्यालयको शिक्षा सुधार र वालवालिकाहरुको शिक्षामा अधिकार प्रदान गर्ने राईको भनाई छ । बिहिबार वालदिवसको अवसरपारी गरिएको अतिरिक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको बिषेश उपस्थिति रहेका थिए । वडा सचिव मह...
वर्तमान सरकारले लय समातेको छ : मन्त्री किराती

वर्तमान सरकारले लय समातेको छ : मन्त्री किराती

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असोज । संस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले वर्तमान सरकार लयबद्ध ढंगले अगाडी बढेको जनाए । जनताको जनमुखी कामहरु अझै धेरै बाँकीनै छ, सरकारले गरेको यति कामले मात्रै जनताको आवश्यकता पुरा त हुँदैन तर जोसजाँगरका साथ सरकारले लय भने समातेको छ मन्त्री किरातीले भने, । उनले पछिल्लो समय भ्रष्टचार मुक्त देश निर्माण र समाजवादको नारा साकार बनाउन सरकार दृढताका साथ अघि सरेको जनाए । देशमा अझै पनि समाजवाद आईनसेको जनाउँदै सबै धनी, सबैलाई उस्तै कानुनु, सबैलाई शिक्षा, रोजगारी, सेवासुविधा हुनु पर्ने उनको माग छ । यसका लागि समाजवाद निर्माणमा सरकारले काम गरिरहेको र लयमा सरकार चलिरहेको उनले बताए । राईले देशमा पर्यटन विकासका लागि सरकार हदै सम्म लागि परिरहेको समेत जनाए । कयौँ चुनौतीहरुको सामना गर्दै देश विकासमा पर्यटनको भुमिकालाई पनि तिव्र बनाएको छ । प्रेस सेन्टर नेपालको प्रदेश...
दुई समूहबीच भएको झडपमा एकको मृत्यु, दुईजनाको अवस्था चिन्ताजनक

दुई समूहबीच भएको झडपमा एकको मृत्यु, दुईजनाको अवस्था चिन्ताजनक

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असोज । गएराति रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। सोही झडपमा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच सोमबार राति झडप भएको थियो। एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो। प्रहरी नायब उपरीक्षक थापाले झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको बताए।...
कोशी प्रदेशमा एकीकृत समाजवादीलाई फकाउँदै एमाले

कोशी प्रदेशमा एकीकृत समाजवादीलाई फकाउँदै एमाले

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असोज । पटक पटक सरकार फेरवदलले दिगो सरकारबाट चुकेको कोशी प्रदेश अस्थिरतताको बाटोमै छ । तत्कालिन मुख्यमन्त्री हिकमत कुमार कार्कीले यहि असोज २० भित्र विश्वासको मत लिसक्नु पर्ने हुन्छ । तर कार्कीले बिश्वासको मत पाउने कुरामा भने सहज छैन् । संघियताको प्रदेशको दोस्रो कार्यकाल सरकार फेरवदलमै व्यस्त छ । कोशी प्रदेशमा दिगो सरकार नबन्दा प्रदेशको काम कार्वाहीले निरन्तर पाउन नसकिरहेको बेला स्थिर खालको सरकार दिन नेकपा एमालेका नेता र एमालेबाटै विभाजित बनेको नेकपा एकीकृत समाजवादीका नेताबिच भएको भेटवार्ता भएको छ । एमाले नेता शेरधन राई र नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईबिच आइतबार धरानमा भेटवार्ता भएको हो । आपसमा भेट र कुराकानी भएको दुवै नेताले पुष्टि गरेका छन् । रातोपाटीसँग कुरा गर्दै एमाले नेता तथा पूर्वमुख्यमन्त्री राईले प्रदेशको तरल राजनीतिको विषयमा छलफल भएको बताए । तर, अह...
उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १ । उदयपुरमा लागुऔषध सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बर्मी घर भएका २२ बर्षीय बिशाल तामाङ, सोही ठाउँका २७ बर्षीय सोम कृष्ण राई र कटारी–३ बस्ने २० बर्षीय करण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बर्मी घर भई कटारी–४ कान्छी बजारमा कोठा भाडामा बस्दै आएका तामाङले कोठामा लागुऔषध ओसार–पसार तथा बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले कोठा खनतलासी गर्दा Tramadol-७०चक्कि, Spaspain-१३०चक्कि, Poland (गाँजाको चोप र केमिकल मिसावट) १२६ ग्रामग्राम बरामद भएसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जन...
श्रीलंकालाई १० विकटले हराउँदै भारतले जित्यो एसीया कपको उपाधि

श्रीलंकालाई १० विकटले हराउँदै भारतले जित्यो एसीया कपको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ ३१ । भारतले श्रीलंकलाई १० विकेटले हराउँदै एसीया कप क्रिकेट २०२३ को उपाधि जितेको छ । श्रीलंकाले दिएको ५१ रनको सामान्य लक्ष्य भारतले विकेट नगुमाई ६.१ ओभरमा पुरा गर्दै ८ औं उपाधि हात पारेको हो । भारतका लागि इशान किसनले नटआउट ४ चौका हिर्काउँदै २३ रन र शुभमन गिलले नटआउट ५ चौका हिर्काउँदै २७ रन जोडे। एसीया कपको फाईनलमा विकेटको आधारमा यो सबैभन्दा ठूलो जित हो । भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको थियो । श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । सिरजले एकै ओभरमा ४ विकेट लिएका थिए भने ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिन सफल भए । यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले ५ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । श्रीलंका लगि कुशल मेन्डिसले १७ र...
दुर्गम ताप्लीका समिप राई युवासंघ उदयपुरको सह–सचिव

दुर्गम ताप्लीका समिप राई युवासंघ उदयपुरको सह–सचिव

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३१ । उदयपुरको कणार्ली भनेर चिनिने ताप्ली गाउँपालिकाका समिप राई युवासंघ उदयपुरको सह–सचिवमा सर्वसम्मत निर्वाचित भएको छ । राई गत शुक्रबार एमाले युवा भातृ संघ नेपालको १० औ जिल्ला अधिवेशनबाट सर्वसहमत चुनिएका हुन । जिल्लाको अत्यन्तै विकट र भौगोलिक कठिनाईको वावजुद पनि दृढ ईक्क्षाशक्तिको कारण समग्र जिल्लामा ताप्लीको प्रतिनिधीत्व गर्दै नेतृत्वदायी भुमीकामा आफु उभिन सफल भएको राईले सुनाए । नेकपा एमालेको वडा कमिटी, पालिका कमिटी हुदै युवासंघ उदयपुरको सह–सचिवको जिम्मेवारी पाएको राई पार्टिको विभिन्न क्रियाकलापहरुमा सहभागी भई भुमिका खेल्दै आएका थिए । अधिवेशनले विमल भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटि सर्वसहमत चयन गरेको थियो । समितीको उपाध्यक्षमा विक्रम राई, सचिवमा अनुपराज खत्री, सहसचिवमा समिप राई, कैलाश सापकोटा र कोषाध्यक्षमा प्रकाश कार्कि चयन भएको हो । यस्तै संगठन विभाग ...
भात पकाउँदै गरेकी महिलाको आगोमा जलेर मृत्यु

भात पकाउँदै गरेकी महिलाको आगोमा जलेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौै ३१ । मोरङमा एक महिलाको भात पकाउने क्रममा आगोमा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–४ मोतिपुर की ४५ बर्षीया भेडियन देवी माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शनिबार माझी आफ्नौ घरको भान्सा कोठामा चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाईते भएका थिए । घाईते माझीलाई उपचारको लागी अर्या न्युरो आस्पताल बिरटनगर पु¥याउन साथ डाक्टरले मृत घोषीत गरेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पोखरीमा नुहाउने क्रममा डुबेर २ बालिकाको मृत्यु

पोखरीमा नुहाउने क्रममा डुबेर २ बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ३१ । मोरङमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–२ बस्ने घनश्याम माझिको १२ बर्षीया छोरी समिक्षा माझी र मनोज खवासको १० बर्षिया छोरी रेजिना खवास रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शनिबार बिहान साढे ११ बजे घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा २ बालिका डुबेर घाईते भएका थिए । घाईते बालिकाहरुलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पु¥याउनसाथ डाक्टरले मृत घोषीत गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...