Monday, April 20News That Matters

Month: ३ वर्ष अगाडि

ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ । ताप्ली गाउँपालिका, उदयपुरका अध्यक्ष ढुंगराज वि.क.ले गाईघाटमा स्थापना भएको साझा सेवा घरको अवलोकन आज गरेका छन् । संस्थाले विधानमा जिल्लाका सबै पालिका प्रमुखलाई संरक्षक राख्ने उल्लेख गरेको छ । संरक्षणको हैसियतमा अध्यक्ष वि.क.ले सेवा घरको अवलोकन गर्दै सहयोगको प्रतिबद्धता ब्यक्त गरे । https://youtu.be/Mix7UiIMk8U “पालिकाको तर्फबाट यो मानवीय सेवामा सहयोग हुनेछ” अध्यक्ष वि.क.ले भने । हाल सेवा घरमा रहेका तीन बालबालिकालाई भेट्नुका साथै बस्ने, पढ्ने खाने ठाउँ र अन्य ब्यवस्थापनको जानकारीसहित अवलोकन गरेका थिए ।...
एनटिभी पूर्व समाचार निर्देशक थापाको नेतृत्वमा उदयपुर समाज काठमाडौं” गठन, जिल्लाको समग्र विकासमा सहयोग मुल उद्देश्य

एनटिभी पूर्व समाचार निर्देशक थापाको नेतृत्वमा उदयपुर समाज काठमाडौं” गठन, जिल्लाको समग्र विकासमा सहयोग मुल उद्देश्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १३ । उदयपुरको समग्र विकासमा सहयोग पुर्याउने उद्देश्य बोकेर एक सामाजिक संस्था स्थापना भएको छ । नेपाल टेलिभिजनका पूर्व समाचार निर्देशक एवम् बरिष्ठ पत्रकार मनोहरी थापाको अध्यक्षतामा “उदयपुर समाज, काठमाडौं” नामक संस्था स्थापना भएको हो । टेलिभिजनबाट अबकासपछिको जीवनलाई सामाजिक क्षेत्रमा समर्पित गर्दै संस्थाको नेतृत्व थापाले गरेका छन् । उनले स्वतन्त्रढंगले सबै उदयपुरेलाई समेटर संस्था अगाडि बढाउने बताए । “हामी उदयपुरको समग्र विकासमा सहयोग गर्न चाहन्छौं” उनले भने “स्वतन्त्र ढंगले यसमा सबै उदयपुरेलाई समेट्नेछौं ।” संस्थाले मानवीय सेवा, विपदमा परेकालाई सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण र विकास निर्माणका लागि विषयविज्ञेता उपलब्ध गराउने अध्यक्ष थापाले बताए । संस्थाको उपाध्यक्षमा इश्वर निरौला र सन्दिप बस्नेत, महासचिवमा बसन्तकुमार बस्नेत, सचिव रामबहादुर कार्की, कोषाध्यक्ष पमिका राई छ...
सेवा घर गाईघाटका बालबालिकालाई निःशुल्क उपचार

सेवा घर गाईघाटका बालबालिकालाई निःशुल्क उपचार

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १२ । साझा सेवा घर गाईघाटलाई त्यहाँ आश्रित बालबालिकाको उपचारका लागि सहयोग मिल्ने भएको छ । गाईघाट स्थित शोम लाईफ केयर एण्ड डाइगनोस्टिक सेन्टर प्रा.लि. र त्रियुगा मेडिकल हबले उपचार सेवा गर्ने भएको हो । आज सिनियर मेडिकल अफिसर डा. शम्भु यादवले सेवा घरका बालबालिकालाई उपचार निःशुल्क उपचार सेवा दिने प्रतिबद्धता ब्यक्त गरे । उनी सेवा घरमै केही औषधी र स्वास्थ्य सामग्रीसहित पुगेका थिए । https://youtu.be/AjNLOhGcNPs संस्थाकी अध्यक्ष गिता खड्का कार्कीले सहयोगी हातलाई स्वागत गरिन् । मानवीय सहयोगमा हातमा हात, साथमा साथ मिलेको बताइन् । हाल ३ जना बालबालिका रहेको सेवा घरमा अन्य बालबालिका आउने पक्रिया रहेको जनाइएको छ । हाललाई घरबाट सुरु गरिएको सेवालाई भाविष्यमा छुट्टै भवनसहित सबैखाले मानवीय सेवाको काम गर्ने जनाइएको छ । सेवा घरका लागि त्रियुगा नगरपालिकाले आवश्यकीय जग्गा उपलब्ध गराउने र ...
आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, १२ असोज । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीको भुपाल परियार लामो समयदेखी प्याँक्रियाज नामक रोगले ग्रस्त छन् । बेलाबेलामा सताइरहने यो रोगले परियारलाई परोलिरहेको छ । सानै उमेरमै अन्य रोगका समेत सिकार भएका उनि हाल ३१ बर्षको भए । पैसाको समस्यामा औषधी उपचार अभावले उनि रोगबाट मुक्त हुन सकेको छैन् । नोवेल हस्पिटलको आईसीयुमा राखेर उपचार गराईरहेकोे परियारलाई सहज उपचार गर्न आर्थिक अभाव भएको परियारले जनाएको छ । परिवारले उपचारमा सहयोग गरिदिन सबै समक्ष अपिल समेत गरेको छ । घरमा बृद्ध बा र बिरामी आमा बाहेक कोही छैन् । परियारलाई हाल सासुआमाले ऋणपान गरेर उपचार गर्ने कोशिस गरिहेको छ । आफ्नो पनि कहिँ कतै पैसा आउने ठाउँ नभएपछि मिडिया गुहार्दै हिड्नु पर्ने अवस्था आएको सासु इन्दीरा परियारले जनाईन् । परियारको ३ बर्षिय छोरी पनि छन् । बाबु बिरामी भएसँगै आमा रातदिन हस्पिटलमै बस्नु पर्दा ना...
उदयपुर बसाहाको १२० रुपयाँको रोटीले तात्यो सामाजिक संञ्जाल

उदयपुर बसाहाको १२० रुपयाँको रोटीले तात्यो सामाजिक संञ्जाल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ असोज । उदयपुरमा १२० रुपयाँको सेलरोटी सामाजिक संञ्जालमा भाईरल बनेको छ । एउटा रोटी र अचारलाई होटलले १२० रुपयाँ लिएपछि उक्त होटललको सामाजिक संञ्जाल मार्फत चारैतिरबाट आलोचना भैरहेको छ । चौदण्डीगढी नगरपालिकामा पर्ने बसाहा बर्खेडाँडाँमा रहेको होटल सोलुखुम्वुले खाजाखाने क्रममा एक यात्री सँग एउटा रोटी, तरकारी र अचारको मुल्य १२० रुपयाँ लिएको थियो । उक्त रोटीको मुल्य प्रति गुणासो गर्दै नेत्र बहादुर नेम्वाङले दुई दिन अघि फेसवुकमा स्टाटस लेखेका थिए । सोही स्टाटस अहिले सामाजिक संञ्जालमा छ्याप्छ्याप्ती बनेको हो । मुल्य र वस्तु एकआपसमा सुहाउँदीलो नभएको भन्दै सामाजिक संञ्जालमा आलोचना भैरहेको छ । जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ उदयपुरको माहासचिव ईश्वर साम्पाङले होटल संञ्चालक सँग सोधबुछ गरेको जनाए । उनले सामाजिक संञ्जालमा पहिल्यै उक्त रोटीको मुल्यवारे ध्यानाकर्षण भएको उल्लेख गरे...
प्रतिबन्धित औषधी बेच्ने झालाई कार्वाही गर्न औषधी बिभाग गम्भीर नदेखिएको आरोप

प्रतिबन्धित औषधी बेच्ने झालाई कार्वाही गर्न औषधी बिभाग गम्भीर नदेखिएको आरोप

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ११ असोज । पटक पटक प्रतिबन्धित औषधी बेच्दै हिड्ने उदयपुर बेल्टारका बिरेन्द्र झालाई औषधी व्यवस्था बिभाग बिराटनगरमा बुझाएकै दिन घर फिर्ता गरियो । औषधी व्यवस्था बिभगले प्रतिवन्ध लगाएको ट्रामाडोल नामक औषधी बिक्रि व्यवसाय गरेको सूचनाको आधारमा बेल्टार प्रहरीले पक्राउ गरी औषधी व्यवस्था बिभाग बिराटनगरमा बुझाएका थिए । स्थानीयहरु सहित बिभागमा बुझाएका झालाई बिभागले सोही दिन छाडेपछि स्थानीयहरुले बिभाग प्रति कार्वाहीमा मिलेमतोको आंशका गरेको छ । बिभागले सहजै झालाई छुटकारा दिएको भन्दै स्थानीयहरु आक्रोस पोखिरहेका छन् । अबैधानिक रुपमा प्रतिवन्धित औषाधी बेच्दै हिड्ने झालाई हदै सम्मको कार्वाही हुनु पर्ने स्थानीयहरुको माग छ । उनलाई दुई काटुन प्रतिवन्धित औषधी सहित बेल्टार प्रहरीले घरबाटै पक्राउ गरेका थिए । कार्वाहीको दायरामा नआउँदा झाले पटक पटक खुलेआम गैरकानुनी औषधी बिक्रि वितरण गर्दै आएको स्था...
बेल्टारमा मोटरसाईकल चोरी बढ्यो

बेल्टारमा मोटरसाईकल चोरी बढ्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ असोज । बेल्टारमा गएराती दुई ओटा मोटरसाईकल चोरी भएको छ । घरमै राखिएको अवस्थामा मोटरसाईकल चोरी भैरहेको स्थानीयहरुले जनाएको छ । बेल्टार बिपि चोक र गोरेटो लाईनबाट एनएस र पल्सर बाईक हराएको स्थानीय युवा प्रेम जङग किरातीले जनाए । किरातीका अनुसार को ३२ प १६६१ को बिटि राईको पल्सर 220 र बा ८.३ प ५९६९ को रेम्मो राईको एनएस 200 सिसिको मोटरसाईकल चोरी भएको हो । मोटरसाईकल चोरी बढेपछि स्थानीय युवाहरु त्रसित बनेको छ । उनिहरुले बेल्टार बजार असुरक्षित भएको समेत जनाए । यो चोरीको समस्या सामाधन र मोटरसाईकल खोजि कार्यमा सबैलाई सहयोग मागेका छन् । चोरीमा संलग्नलाई पत्ता लगाई मोटरसाईकल फिर्ता गर्न सहयोग पुराउन सम्बन्धित सुरक्षा क्षेत्रलाई युवाहरुले आग्रह पनि गरेको छ ।    ...
उदयपुरको थारु होम स्टे देशभरकै उत्कृष्ट ३ मा छनोट

उदयपुरको थारु होम स्टे देशभरकै उत्कृष्ट ३ मा छनोट

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ असोज । उदयपुरमा संञ्चालित थारु होम स्टे देशभरकै उत्कष्ट होम स्टेमा छनोट भएको छ । त्रियुगा नगरपालिका १३ वहेडुवामा रहेको बहेडुवा होम स्टे देशभर छानिएको तिन ओटा होम स्टे भित्र छनोट भएको हो । नेपाल पर्यटन बोर्ड, तारा गाउँ विकास समिति र गाउँ पर्यटन प्रवर्दन नेपालले बहेडुवा होम स्टे सहित अन्य दुई ओटा होम स्टेलाई उत्कृष्टताका प्रमाण पत्र प्रदान गरेको छ । होम स्टेका सल्लाहकार उत्तिमलाल चौधरीले देशैभरीका उत्कृष्ट ३ मा पर्न सफल भई बहेडुवा थारु होम स्टेले उत्कृष्टताको प्रमाण पत्र प्राप्त गरेको भन्दै खुसी ब्यक्त गरे । देशैभर रहेका होम स्टेहरु अनुगमन गर्ने क्रममा उदयपुर आएका पर्यटन बोर्डका सदस्य सिव लामिछानेको टिमले बहेडुवा होम स्टेको पनि अनुगमन गरेको चौधरीको भनाई छ । होम स्टेका अध्यक्ष भगवान सिंह चौधरीले मापदण्डको आधारमा बहेडुवा थारु होम स्टेलाई पनि उत्कृष्ट ३ भित्र छानेको जनाए । ब...
नवौं नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप असोज २७ देखी हुने

नवौं नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप असोज २७ देखी हुने

Breaking News 1
पूर्णपुष्टि, असोज १० । नवौं नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । आयोजकका अनुसार यहि असोज २७ गतेदेखी कार्तिक ४ गतेसम्म प्रतियोगिता संञ्चालन हुने छ । चौदण्डीगढी नगरपालिका–४ स्थित नारदमुनी रंगशालामा खेल सञ्चालन गरिने बसाहा क्लबलका अध्यक्ष गौतम राईले जानकारी दिए । https://youtu.be/3pPC_UsUxPc?si=7ON-D3KvjWzu_gXO विगतका संकरणमा झैँ यस संकरणमा पनि ८ क्लबले सहभागी जनाउने छन् । प्रतियोगितामा नेपालका लोकप्रिय टिमहरुको सहभागी रहने आयोजकले जनाए । झापाको गोर्खा बोईज, सुनसरीको एभरेष्ट क्लब, सर्लाहीबाट बागमती स्पोर्टस क्लब, सप्तरीबाट न्यु त्रियुगा स्पोर्ट क्लब, काठमाण्डौंबाट एविनिय एफ. सि. उदयपुरबाट कटारी एफ सि क्लब, र आयोजक बसाहा क्लब रहने छ । प्रतियोगितामा प्रथम पुरस्कार ४ लाख १ हजार छ भने दोस्रो पुरस्कार २ लाख १ हजार छ ।  ...
उदयपुरमा किरात राई खेलकुद समिति गठन

उदयपुरमा किरात राई खेलकुद समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असोज । सङ्ग्रामसिंह राईको अध्यक्षतामा १९ सदस्यीय किराँत राई खेलकुद संघ उदयपुरर जिल्ला कार्य समिति आज चयन भएको छ । उपाध्यक्षमा कविता राई, मिना राई, सचिवमा काजि राई, सहसचिवमा नगेन्द्र राई र कोषाध्यक्षमा कामना राई चयन भएका छन् । सदस्यहरुमा जसबहादुर राई, टार्जन राई, अजित राई, केशब राई, विर्शिका राई, उर्मिला राई, सुहाना राई, सुशान्त राई, भरत राई, धर्मराज राई र आसिस राई चयन भएका छन् । एक उपाध्यक्ष र एक सदस्य त्रियुगा नगरपालिकालाई समेटेर मनोनित गर्ने जनाइएको छ । संघका केन्द्रिय अध्यक्ष सन्जय कुमार राई, किराँत राई यायोक्खाका केन्द्रिय सदस्य मनिकुमार राई, किराँत राई कर्मचारी मञ्चका केन्द्रिय उपाध्यक्ष अनिल किराँतीको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको हो । जातीय अस्तित्व र पहिचानसहित खेल र खेलाडी क्षेत्रको सम्मानजन अवसर, सहभागिता र उन्नतीका लागि संघले भुमिका खेल्ने बताइएको छ ।...