Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० । उदयपुरमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ कुसुमेटारका ३१ बर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरको हो । पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट हात हतियार खरखजना मुद्धामा म्याद लिई थप अनुसन्धान भईरहेको डिएसपी चौधरीले बताए ।...
गाईघाटमा चोरी गरि ल्याएको काठ सहित एक जना पक्राउ

गाईघाटमा चोरी गरि ल्याएको काठ सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० । उदयपुरको सदरमुकाम गाईघाटमा चोरी गरि ल्याएको काठ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने ३६ बर्षीय दुलीचन सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार बिहान २ बजेको समयमा त्रि.न.पा १२ स्थित हवाई फिल्डमा केकुन जंगलबाट चोरी गरी ल्याएको सखुवा जातको ८ किबि चिरान काठ बरामद भएको हो । उक्त काठ चार–पाँच जनाको एक समुहले बोकी लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको गाडी मोबाईल प्रहरी टोलीलाई देख्न साथ काठ छोडेर उनिहरु फरार भएको डिएसपी चौधरीले बताए । घटनामा संलग्न दुलीचनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय बोक्से पठाईएको र अन्य फरार व्यक्तिहरुको खोजी क...
त्रिनपा ९ मा एमाले र कांग्रेसका १५ कार्यकर्ता माओवादीमा प्रवेश

त्रिनपा ९ मा एमाले र कांग्रेसका १५ कार्यकर्ता माओवादीमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असोज । त्रियुगा नगरपालिका वडा नं ९ मा १५ जनाले माओवादी पार्टी रोजेको छ । त्रियुगा नगर कमिटीका पाटी अध्यक्ष मान वहादुर राईका अनुसार एमाले र कांग्रेस पाटी परित्याग गरी माओवादीमा प्रवेश गरेको हो । जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको क्रममा उनिहरु पार्टी प्रवेश गरेको अध्यक्ष राईले जनाए । पार्टी प्रवेश गर्नेहरुमा देवकन सदा, अजय सदा, राज कुमार सदा, तिलक मगर, डोमी सदा, डोमी सदा, लेरन सदा, प्रवेश सदा, किशन सदा, राज कुमार सदा, सुजी सदा, राजदेव सदा, दिनेश सदा, पवित्रा बस्नेत, बिचरण सदा र सोमवहादुर सदा रहेका छन् । उनिहरु सवैलाई पार्टीका केन्द्रीय सदस्य तथा अनुसासन आयोकका अध्यक्ष टंक राईले पार्टीमा स्वागत गरेको छ ।...
प्रतिबन्धित औषधी व्यपारमा संलग्न झालाई बेल्टार प्रहरीले सार्वजानिक गर्यो

प्रतिबन्धित औषधी व्यपारमा संलग्न झालाई बेल्टार प्रहरीले सार्वजानिक गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असोज । औषधी बिभागले प्रतिवन्ध लगाएको लागुऔषाधजन्य औषधी ट्रामाडोल बेच्ने बिरेन्द्र झालाई बेल्टार प्रहरीले सार्वजानिक गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा गोपीकृष्ण मेडिकल हल सञ्चालन गर्दै आएका ५० वर्षीय झालाई पक्राउ पछि बिहिबार विहान ७ः३० बजे पत्रकार सम्मेलनमार्पmत सार्वजानिक गरिएको हो । अवैधरुपमा प्रतिबन्धित औषधी बेचबिखन गरिरहेको छ, भन्ने गोप्य सूचनाको आधारमा गत मंगलबार २ गते नै पक्राउ गरेका थियो । तर झाको स्वास्थ्यमा समस्या आएपछि नगरअस्पताल बेल्टारमा चेकजाँच गराउँदा रक्तचाँप र मुटुमा समस्यादेखिएपछि सुविधासम्पन्न अस्पतालमा उपचारको लागि परिवारलाई जिम्मा लगाइएको पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए । उपचारपश्चात पुनः हिजो मंगलबार उपस्थित भएका झालाई आज सार्वजानिक गरिएको हो । झाको घरमा संचितगरी राखिएको लागुऔषधहरु ट्रामाडोल १० ...
आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असोज । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीको भुपाल परियार लामो समयदेखी प्याँक्रियाज नामक रोगले ग्रस्त छन् । बेलाबेलामा सताइरहने यो रोगले परियारलाई परोलिरहेको छ । सानै उमेरमै अन्य रोगका समेत सिकार भएका उनि हाल ३१ बर्षको भए । पैसाको समस्यामा औषधी उपचार अभावले उनि रोगबाट मुक्त हुन सकेको छैन् । नोवेल हस्पिटलको आईसीयुमा राखेर उपचार गराईरहेकोे परियारलाई सहज उपचार गर्न आर्थिक अभाव भएको परियारले जनाएको छ । परिवारले उपचारमा सहयोग गरिदिन सबै समक्ष अपिल समेत गरेको छ । घरमा बृद्ध बा र बिरामी आमा बाहेक कोही छैन् । परियारलाई हाल सासुआमाले ऋणपान गरेर उपचार गर्ने कोशिस गरिहेको छ । आफ्नो पनि कहिँ कतै पैसा आउने ठाउँ नभएपछि मिडिया गुहार्दै हिड्नु पर्ने अवस्था आएको सासु इन्दीरा परियारले जनाईन् । परियारको ३ बर्षिय छोरी पनि छन् । बाबु बिरामी भएसँगै आमा रातदिन हस्पिटलमै बस्नु पर्दा...
गाईघाट, बेल्दोभान साल्थुम्की सडकको मर्मत सम्भारमा मेरो सहयोग हुनेछ : सांसद तामाङ

गाईघाट, बेल्दोभान साल्थुम्की सडकको मर्मत सम्भारमा मेरो सहयोग हुनेछ : सांसद तामाङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असोज । प्रदेश सांसद सम्झना तामाङले करमगाछी, बेल्दोभान, सिद्रे साल्थुम्की डहरको सडकलाई सबैखाले सहयोग गर्ने जनाईन् । उनले भनिन् यस सडक मर्मतको लागि समन्य र आवश्यक बजेटमा मेरो महत्वपूर्ण सहयोग रहने छ । त्यस ठाउँको स्थानीयहरुको समस्या सुनेर प्रतिक्रिया दिने क्रममा यस सडकको लागि प्रदेशमा पहल गरिरहेको पनि जनाईन् । ऐतिहाँसिक सडक मर्मतमा सरकारको ध्यानाकर्षण नभएको स्वीकार्दै सक्दो सहयोग गर्ने उनिले प्रतिवद्धता जनाईन् । प्रदेश बाट नभएपनि संघमा समन्वय गरी सडक स्तरउन्नत्ति गर्न सहयोग गुर्छ उनले भनिन् । “घरघरमा माओवादी जनजनमा माओवादी” जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको क्रममा १५ नं वडा पुगेकी सांसद तामाङले त्यस क्षेत्रको जनताको गुणासो सुनेपछि यस्तो प्रक्रिया दिएकी हुन् । आफु पहिलो पटक सांसद भएको र यस सडकको बारेमा भर्खरै मात्र थाहा भएको भन्दै आउँदो दिनहरुमा आवश्यक सहयोग र...
बिभिन्न पार्टी परित्याग गरी ३५ जना भन्दा बढी माओवादीमा प्रवेश

बिभिन्न पार्टी परित्याग गरी ३५ जना भन्दा बढी माओवादीमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असोज । गाईघाटमा माओवादी प्रवेशको लहर चलेको छ । शनिवार माओवादी पार्टी त्रियुगा नगर कमिटीको आयोजनामा भएको एक दिने प्रशिक्षणमा माओवादीमा कार्यकर्ताको आकर्षण देखिएको हो । नगरपालिकाको ३, १२, ११, १४, ९ र १६ बाट पार्टी प्रवेश गरेको हो । यता चौदण्डीगढी नगरपालिकाको १ नं वडा बाट एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य बिन्द्र राई पनि मओवादीमा प्रवेश गरेको छ । उनलाई कार्यक्रममा भव्य सम्मानका साथ केन्द्रीय नेताहरुले स्वागत गरे । यता त्रियुगा नगरपालिकाबाट भने मुस्लिम समुदायनै माओवादीमा प्रवेश गरेको वाईसिएल नेपाल उदयपुरका जिल्ला सचिव इश्वरमान राईले जनाए । राईका अनुसार १२ नं बाट मुस्लिम समुदायबाट मात्रै २० जना भन्दा बढी माओवादीमा प्रवेश गरेको सचिव राईले जनाए । अनिस रायन र साबीर अलिको नेतृत्वमा सामुदायनै पार्टी प्रवेश गरेको हो । पार्टी प्रवेश गर्नेहरुमा जय कुमार राई, यम वहादुर मग...
माओवादीले गर्यो १५ नं वडामा भत्केको सडक मर्मत र सरसफाइ

माओवादीले गर्यो १५ नं वडामा भत्केको सडक मर्मत र सरसफाइ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असोज । त्रियुगा नगरपालिका वडा नं १५ मा माओवादी केन्द्रले जनमुखी काम गरेको छ । “जनजनमा माओवादी घरघरमा माओवादी” जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको अवसरमा गहते, साल्थुम्की डहरको भत्किएको सडकलाई मर्मत र सरसफाई गरेको हो । अभियानमा स्थानीयहरुले पनि सक्रिय उपस्थिति जनाएको छ । सरकारले वेवस्था गरेको सडकलाई माओवादी अभियानको श्रमदानले स्थानीयहरु खुसि भएका हुन् । माओवादी केन्द्र त्रियुगा नगर अध्यक्ष मान वहादुर राईका अनुसार तिन महिने अभियान यसरीनै जनताको आवश्यक कार्यमा संञ्चालन हुने जनाए । हाल त्रियुगा नगरभरिका सबै वडाहरुमा जनतामुखी भौतिक क्रियाकलापहरु अभियानले संञ्चालन गरिरहेको अध्यक्ष राईले जनाए । सडक मर्मत तथा सरसफाई अभियानमा प्रदेश सांसद सम्झना तामाङ, १६, १५ र १४ का वडाअध्यक्षहरु क्रमश ः मान वहादुर राई, गणेश तिमिल्सिना र हिम मगर लगायतको महत्वपूर्ण उपस्थिति रह्यो । ...
पर्यटन प्रवद्र्धनका लागि उदयपुरका दुई साईकल यात्री हेलम्वु सम्मको यात्रामा

पर्यटन प्रवद्र्धनका लागि उदयपुरका दुई साईकल यात्री हेलम्वु सम्मको यात्रामा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ९ असोज । उदयपुरका दुई साईकल यात्री मंगलबार हेलम्वु तर्फ लागेका छन् । देलकुद र पर्यटन प्रवद्र्धनको बिकास गर्ने मुख्य उदेश्यका साथ त्रियुगा नगरपालिका ७ का आङपासाङ शेर्पा र त्रियुगा नगरपालिका ११ का अबैध नारायण चौधरी सिन्धुपाल्चोकको पर्यटकीय स्थल हेलम्वु गाउँपालिका तर्फ लागेका हुन् । उनिहरुलाई त्रियुगा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष अमर बहादुर दनुवारले खादा लगाएर विदाई गरेको छ । यात्रामा सहभागी शेर्पाका अनुसार करिब एक हप्तामा हेलम्वुमा कोरा हानेर गृह जिल्ला आईपुग्ने योजना रहेको छ । त्यस ठाउँको सबै पर्यटकीय स्थानहरुको अवलोकन गरेर त्यहाँको पर्यटकीय बिषयमा केहि बुझेर जिल्ला फर्किने शेर्पाले जनाए । यात्रामा सहभगाी शेर्पा र चौधरीले त्रियुगा नगरपालिका र हेलम्वु गाउँपालिकालाई पर्यटन सँग कसरी जोड्ने र विकास गर्ने भन्ने बिषयमा जनप्रतिनिधि तथा पर्यटकीय निकायहरु सँग छलफल समेत गर...
चौदण्डीमा प्रतिवन्धीत औषधी बेच्ने झालाई तत्काल कार्वाहीको माग गर्दै प्रहरीलाई ध्यानाकर्षण पत्र

चौदण्डीमा प्रतिवन्धीत औषधी बेच्ने झालाई तत्काल कार्वाहीको माग गर्दै प्रहरीलाई ध्यानाकर्षण पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ आसोज । बेल्टारका एक मेडिकल संञ्चालकका छोराले नेपाल औषधी व्यवसाय बिभागले प्रतिवन्ध लगाएका औषधी बेचेको भन्दै चौदण्डीगढीका स्थानीय नागरिक समाजले आपत्ति जनाएको छ । चौदण्डीगढी नगरपालिका ७ स्थित गोपिकृष्ण मेडिकल हलका संञ्चालक सुरेन्द्र झा का छोरा बिरेन्द्र झाले पटक पटक प्रतिवन्धित औषधी बेचेको भन्दै स्थानीय नागरिक समाजले सोमवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्वाहीको माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ । खुलेमा रुपमा पटक पटक पटक प्रतिवन्धित औषधी बेच्दा पनि झालाई कार्वाहीको दायरामा नल्याएको भन्दै स्थानीय नागरिकहरु आक्रोशमा आएको हो । स्थानीय युवा बुद्ध सुप्तिहाङ राईका अनुसार झाले पहिल्यैबाट प्रतिवन्धित औषधी बेचेर लागुऔषाधजन्य व्यपारको कामलाई बढुवा दिएको र सुरक्षा क्षेत्रलाई अटेरी गरेको जनाए । झाले लामो समयदेखी प्रतिवन्धित औषधीको ब्यापार गर्दा समेत सम्बन्धित निकायहरु मौन बस...