Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाईनलमा

नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ ८ । नेपाल साफ यु १९ च्याम्पियन सिपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । नेपालका लागी समिर तामाङले २ गोल गरे । तामाङले पहिलो र दोस्रो हाफमा गोल गरेका हुन् । त्यसअघि खेलको १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको २९ औं मिनेटमा समिर तामाङले गोल गर्दै आग्रता दोब्बर पारेपछि पहिलो हाफमा नेपालले २–० को आग्रता लिएको थियो । खेलको सुरुबाट नै दबाबमा रहेको माल्दिभ्सले दोस्रो हाफको ५७ औं मिनेटमा एक गोल फर्काएपनि ८८ औं मिनेटमा निराजन धामीले र ९५ औं मिनेटमा समिर तामाङले गोल गरेपछि नेपालले सहज जित हासिल गरेको हो । यस खलमा नेपाल र माल्दिभ्सका एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान...
आजबाट संञ्चालनमा आयो साझा सेवा घर उदयपुर

आजबाट संञ्चालनमा आयो साझा सेवा घर उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असोज । उदयपुरमा मंगलबारदेखी साझा सेवा घर (सास) संञ्चालनमा आएको छ । सामाजिक आर्थिक दृष्टिकोणले संकटमा परेका महिला, बालवालिका, जेष्ठ नागरिक, शारिरीक असक्त व्यक्तिहरुको उद्धार संरक्षण र आवयक हेरचाहर पालन पोषण गर्ने उदेश्यले यो संस्था संञ्चालनमा आएको हो । संस्थाकी अध्यक्ष गिता खड्काले साहाराविन बेसाहारालाई संस्थाले निशुल्क रुपमा मानवीय सेवा गर्ने जनाईन् । खड्काले यो कार्य निकै चुनौतीपूर्ण रहेको हुँदा संस्था एक्लै काफि नरहेको समेत जनाईन् । संस्थाको उदेश्य पुरा गर्न सबै क्षेत्रहरुले साथ सहयोग गर्नु पर्ने जनाईन् । स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, संञ्चारकर्मी, स्थानीयवासी, महिला अभियान्ता, स्वास्थ्यकर्मी सबैको सहयोग आवश्यक रहने उनको भनाई छ ।   हाल दुई ओटा कोठामा १२ ओटा बेड रुमको व्यवस्था गरिएको अध्यक्ष खड्काको भनाई छ । तक्काल ३ जनालाई सेव...
दृष्टी विहिन विद्यार्थीहरुलाई सनलाईफ इन्सयोरेन्स गाईघाटको स्वास्थ्य सामाग्री सहयोग

दृष्टी विहिन विद्यार्थीहरुलाई सनलाईफ इन्सयोरेन्स गाईघाटको स्वास्थ्य सामाग्री सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असोज । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले दृष्टि विहिन विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नं ७ चुहाडेका जनज्योति माविका ८ जना दृष्टी विहिन विद्यार्थीहरुलाई उक्त सामगा्री प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख बाल कुमार राईले जनाए । राईका अनुसार उक्त स्वास्थ्य सामाग्रीहरु कम्पनी गाईघाट शाखाको छैँठौ बार्षिकउत्सवको अवसरमा प्रदान गरिएको जनाए । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीको बार्षिकोत्सवमा विद्यार्थीलाई सामाग्री उपलब्ध गराउन पाउँदा कम्पनीले खुसी ब्यक्त गरेको छ । प्रमुख राईका अनुसार सामाग्री कम्पनीका गाईघाट शाखा मार्केटिङ मेनेजर महेन्द्र राई, बजार संयोजक देबिका राई, चन्द्रकला राई, अभिकर्ताहरु र विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारी सँगै शिक्षकहरुको उपस्थितिमा प्रदान गरिएको हो ...
मानसिक स्वास्थ्य स्वावलम्बन संञ्जाल उदयपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उमा तामाङ

मानसिक स्वास्थ्य स्वावलम्बन संञ्जाल उदयपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उमा तामाङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असोज । मानसिक स्वास्थ्य स्वावलम्वन संञ्जाल उदयपुरको दोस्रो अधिवेशन आईतबार गाईघाटमा सम्पन्न भएको छ । तेस्रो साधारण सभाले दोस्रो जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो । अधिवेशनले उमा कुमारी तामाङको अध्यक्षतामा ४ सदस्य थप्दै ११ सदस्य कार्यसमिति बनाएको छ । समितिको उपाध्यक्षमा महिनारायण चौधरी, कोषाध्यक्षमा कमला अधिकारी, सचिवमा सिताराम विश्वकर्मा चयन गरेको छ भने सदस्यहरुमा निर्मला पोखरेल, विर बहादुर तामाङ, हर्क बहादुर बस्नेत, श्री माया राई (तामाङ), गिता खत्री, राम बहादुर मोक्तान र कमल थापालाई चयन गरेको छ । यस संञ्जालले मानसिक स्वास्थ्य प्रभाव व्यक्तिहरुको औषधी उपचारमा पहल, पारिवारिक पूनर्मिनल, मनोपरामर्श र जिविको पार्जन, आयआर्जन जस्ता मुख्य आवश्यकताको क्षेत्रमा काम गर्दै आईरहेको संस्थाका सल्लाहकार खिला घिमिरेले जनाए । जिल्लामा यसको ९ ओटा समूहहरु रहेको र सोही समूहबाट जिल्ल...
याक्थुङ (लिम्बु) कर्मचारी मञ्चको केन्द्रीय अध्यक्षमा टार्जन लिम्वु

याक्थुङ (लिम्बु) कर्मचारी मञ्चको केन्द्रीय अध्यक्षमा टार्जन लिम्वु

Breaking News 1, समाचार
पूर्णपुष्टि ६ असोज । याक्थुङ (लिम्वु) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा टार्जन (इजम) लिम्वु चयन भएको छ । असोज ६ गते काठमाण्डौँमा सम्पन्न प्रथम केन्द्रिय साधारण सभाबाट लिम्वुको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्बसहमत चयन भएको हो । समितिको उपाध्यक्षमा विशाल नेम्वाङ र फुलमाया मन्याङ्बो छन भने सचिवमा मनकुमार थलङ, कोषाध्यक्ष अस्मिता सुब्बा रहेकी छिन् । सदस्यहरुमा अमृत सम्हाम्फे, रामकुमार लिम्बु, जितेन लिम्बु, लोकप्रसाद फागो, प्रकाश योङहाङ, राम मादेन, पवित्रा सुब्बा, शिशिर योङहाङ, ममता सुब्बा र चन्द्रमाया लिम्बु रहेकी छिन् । किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिका अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममलाई लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द्र आङबुहाङ, किराँत याक्थुङ चुम्लुङ ललितपुरका अध्यक्ष टंक जबेगु, किरात याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष डम...
उदयपुरमा साझा सेवा घर भोलीदेखी संञ्चालनमा आउने

उदयपुरमा साझा सेवा घर भोलीदेखी संञ्चालनमा आउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असोज । भोली देखी उदयपुरमा साझा सेवा घरले सेवा दिने भएको छ । साझा सेवा घर उदयपुर (सास) भोलीदेखी औपचारिक रुपमा संञ्चालन हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं ११ रहेको उक्त संस्थाको कार्यालय भोली बिधिगत रुपमा उद्घाटन हुने भएको छ । साझो सेवा घरले आर्थिक र सामाजिक बाट समस्या परेका बालबालिका, जेष्ठ नागरिक, शारिरीक समस्या परेका पिडितहरुलाई मानविय साथ सहयोग गर्ने संस्थाकी अध्यक्ष गिता खड्काले जनाईन् । खड्काका अनुसार त्यस्ता व्यक्तिहरुलाई संस्थाले संरक्षण गर्ने संस्थाको उदेश्ये रहेको जनाईन् । खानपिन, स्वास्थ्य शिक्षा जस्ता महत्वपूर्ण कामका लागि समस्या परेको ब्यक्तिहरुलाई संस्थाले सेवा दिनेछ । https://youtu.be/17MHxkYsT0Q?si=-jYHNXjj_pC7X07A  ...
बिभिन्न पार्टी परित्याग गरी ३५ जना भन्दा बढी माओवादीमा प्रवेश

बिभिन्न पार्टी परित्याग गरी ३५ जना भन्दा बढी माओवादीमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असोज । गाईघाटमा माओवादी प्रवेशको लहर चलेको छ । शनिवार माओवादी पार्टी त्रियुगा नगर कमिटीको आयोजनामा भएको एक दिने प्रशिक्षणमा माओवादीमा कार्यकर्ताको आकर्षण देखिएको हो । नगरपालिकाको ३, १२, ११, १४, ९ र १६ बाट पार्टी प्रवेश गरेको हो । यता चौदण्डीगढी नगरपालिकाको १ नं वडा बाट एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य बिन्द्र राई पनि मओवादीमा प्रवेश गरेको छ । उनलाई कार्यक्रममा भव्य सम्मानका साथ केन्द्रीय नेताहरुले स्वागत गरे । यता त्रियुगा नगरपालिकाबाट भने मुस्लिम समुदायनै माओवादीमा प्रवेश गरेको वाईसिएल नेपाल उदयपुरका जिल्ला सचिव इश्वरमान राईले जनाए । राईका अनुसार १२ नं बाट मुस्लिम समुदायबाट मात्रै २० जना भन्दा बढी माओवादीमा प्रवेश गरेको सचिव राईले जनाए । अनिस रायन र साबीर अलिको नेतृत्वमा सामुदायनै पार्टी प्रवेश गरेको हो । पार्टी प्रवेश गर्नेहरुमा जय कुमार राई, यम वहादुर मग...
माओवादी केन्द्र त्रियुगा नगर कमिटिको एकदिने प्रशिक्षण सम्पन्न

माओवादी केन्द्र त्रियुगा नगर कमिटिको एकदिने प्रशिक्षण सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ असोज । नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटिको अगुवा नेता तथा कार्यकर्ता क्षमता बिकास प्रशिक्षण सम्पन्न भएको छ । नगर कमिटिको आयोजनामा भएको उक्त प्रशिक्षणमा नगरभरी रहेको १६ ओटै वडा कमिटी तथा कार्यकर्ताहरुको सहभागी रहेका थिए । शनिवार गाईघाट स्थित टाउन होटलमा भएको उक्त प्रशिक्षणले जनतासँग माओवादी बिषेश रुपान्तरण अभियानलाई प्राथामिकता दिएको छ । माओवादी पार्टीलाई जनता सामु थप मजवुद वनाउने र पार्टीको एजेन्डालाई कार्यान्वयन गर्दै शक्तिशाली पार्टीको रुपमा स्थापित गर्न जनता सँग माओवादी बिषेश अभियानले मदत पुग्ने नेताहरुले जनाएको छ । पार्टीको सिद्धान्त, पार्टी र सरकार, राज्य पून ः संरचना र पहिचानको राजनिति आदि बिषयमा प्रशिक्षण गरिएको त्रियुगा नगर कमिटीका अध्यक्ष मान वहादुर राईले जनाए । पार्टी केन्द्रीय सचिव चक्रपाणी खनाल, केन्द्रीय अनुसासान आयोगका अध्यक्ष टंक राई, राष्ट्रिय...
गाईघाटमा मोटरसाईकलले ठक्कर दिँदा स्कुले बच्चा घाईते

गाईघाटमा मोटरसाईकलले ठक्कर दिँदा स्कुले बच्चा घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ असोज । त्रियुगा नगरपालिका १२ पुलचोक सगरमाथा बोर्डिङ अगाडी मोटर साईकलले स्कुले बच्चालाई ठक्कर दिँदा ७ बर्षिया बालिका घाईते भएको छ । विद्यालय समयमा बिसनपुरबाट( गाईघाट तर्फ आँउदै गरेको ज ५ प ४९७२ नं। मोटर साईकलले स्कुल जाँदै गरेकी सोही ठाउँका लाल बहादुर मगरको तेरीया मगरलाई ठक्कर दिईएको थियो । मोटरसाईकल ठक्करबाट बालिकाको दाहिने हात,दाहिने कान,निधारमा चोट लाग्नुका साथै अगाडिको माथिलोपटि १ वटा दाँत समेत भाँचिएको छ । घाईते बच्चालाई जिल्ला अस्पातल उदयपुरमा सामान्य उपचार पछि थप उपचारको लागि बिराटनगरको न्युरो हस्पिटलमा लगिएको छ । बच्चा बोलचाल गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मोटर साईकल चालक त्रिनपा १२ कै २७ बर्षिय कपिल चौधरीलाई जिप्रका उदयपुरले नियन्त्रणमा लिएको छ ।...
उदयपुरको खैराझोरामा धारिलो हतियार सहित लुटपाट प्रयासमा संलग्न सबै पक्राउ, नाम सहित

उदयपुरको खैराझोरामा धारिलो हतियार सहित लुटपाट प्रयासमा संलग्न सबै पक्राउ, नाम सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ असोज । उदयपुरको मदन भण्डारी राजमार्ग अन्तर्गत खैराझोरामा धारिलो हतियार सहित लुटपाट गर्न खोज्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । बुधबार करिब ३ बजेको समयमा सार्वजानिक सडकमै ढुँगा राखेर सडक अबरोध गरी गालिगलोज र धारिलो हतियार छुरी समेत देखाएर लुट्न प्रयास गर्ने ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चौदण्डिगढी नगरपालिका १० हडिया बस्ने वर्ष २० को नारद वि.क. सोही ठाउँका बस्ने वर्ष १९ को अर्जुन पण्डित, वर्ष १९ को सेफकान्त चौधरी र सन्तोष दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । नारद वि.क र अर्जुन पण्डितलाई तत्कालै पक्राउ गरिएको र चौधरी र दनुवारलाई भने बिहिबार मात्रै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नि.सुचना अधिकारी प्रहरी निरिक्षक रोशन थापा जानकारी दिए । पक्राउ परेको सबैलाई प्रहरीले अनुसन्धान गरिरहेको थापाले जनाए ।...