प्रधानमन्त्री प्रचण्ड उत्रने हेलिप्याड रौतामाईको भुट्टारमा निर्माण
पूर्णपुष्टि, १७ माघ ।
दुर्गम क्षेत्रको प्राकृतिक विपत्ती, गम्भिर विरामी र सुत्केरीलाई उपचार तथा उद्धारका लागि मध्ये नजर गर्दै उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा हेलिप्याड निर्माण गरिएको छ ।
नेपाली सेनाको नागरिक–सैनिक समन्वय कार्यक्रम अन्तर्गत रौतामाई गाउँपालिकाको आर्थिक सहयोगमा श्रीपशुपतिप्रसाद गणले नागरिक मैत्री हेलिप्याड निर्माण गरेको हो ।
आज एक कार्यक्रमकाबीच हेलिप्याड उद्घाटनसहित सेनाले पालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको १८ नं। वाहिनीपति मनोज बैदवार र पालिका अध्यक्ष विरेन्द्र मगरद्वारा संयुक्तरुपमा उद्घाटन भएको हेलिप्याडमा आगामी माघ २० गते पालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल उत्रने छन् ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, पालिका उपाध्यक्ष भुपेन्द्रबहादुर थापा, जिल्ला प्रहरी प्रमु...









