Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा २ जना फरार प्रतिवादीहरु पक्राउ

उदयपुरमा २ जना फरार प्रतिवादीहरु पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २० ।  उदयपुरमा बन मुद्दाका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ बस्ने वर्ष ३४ को कुमार बि.क. र वर्ष ३८ का सागर सदा रहेको प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी नायक उपरिक्षक (डिएसपी) हरिनन्द चौधरीका अनुसार बिहिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालतले वन मुद्दामा बि.क. लाई १० दिन कैद र ११ हजार रुपैँया जरिवाना तोकेको थियो भने सदालाई १ महिना कैद र ११ हजार ५ सय ७२ रुपैँया जरिवाना तोकेका थिए । सजाय भुक्तान नगरी फरार रहेका उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।  ...
गाईघाट बजारमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाईते

गाईघाट बजारमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० पौष । गएराती गाईघाट बजारमा भएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु एक घाईते भएको छ । गाईघाटबाट पूर्व तर्फ जाँदै गरेको प्र. १–०५–००१ प. ७४३० नं को मोटरसाईकाल गाईघाट बजारको पिजी चोकमा अन्यन्त्रीत भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ मेनचोकका २२ बर्षे मनोज चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । चौधरी सँगै सवार रहेको सोही ठाउँका २२ बर्षिय ज्ञानेन्द्र मलाह भने घाईते भएको छ । यी दुई मध्य मोटरसाईकल कस्ले चलाएको भन्नेबारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घाईते मलाहको थप उपचारको लागि बिराटनगर लगिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मोटरसाईकल ट्राफिक प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।...
एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङ महाअभियानको कार्यदिशा तय

एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङ महाअभियानको कार्यदिशा तय

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुस १९ । एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङको महाअभियान छिमेकी पालिका तथा जिल्लाहरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने कार्यदिशा तय गरेको छ । महाअभियान कार्यदलको आज सम्पन्न बैंठकले कार्यदिशा तय गरेको हो । बैंठकले मदनभण्डारी राजमार्गदेखि लिम्चुङबुङ गाउँपालिका हुँदै हलेसी त्रिधामसंग जोड्ने पर्यटन सडक स्तरोन्नती गर्दै कालोपत्रे गर्न जोडदार पहल गर्ने कार्यदिशा तय गरेको हो । ू यो सडक हाम्रो विकासको मेरुदण्ड हो, यसले राष्ट्रिय महत्व बोकेको छ, त्यसैले सडक नबनेसम्म लागिरहन्छौं ।ू अध्यक्ष राईले भने ूहामी छिमेकी पालिकाहरुसंग समन्वय र सहकार्य गर्छौं, प्रदेश र केन्द्र सरकारमा डेलिगेशन जान्छौं । सबै खाले पहल गर्छौं । सुनुवाई नभए देश(विदेशमा विकासप्रेमि जनता गुहार्छौं ।ू पिचरोडमा हिड्न पाउने अधिकार दुर्गमका जनताको पनि भएकोले त्यसको सुनिश्चितता सरकारले गरिदिनु पर्ने, न...
पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जित्यो

पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जित्यो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष १९ । पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जितेको छ। बुधबार भएको फाइनल खेलमा बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगरलाई ट्राइबेकरमा हराउदै मलिथम फुटबल क्लब उदयपुरले उपाधी हात पारेको हो। निर्धारित समयमा दुबै टिमबाट समान २–२ गोल भएपछि खेल ट्राईब्रेकरबाट पुगेको थियो । ट्राइब्रेकरमा ४–५ गोल अन्तरले बिराटनगरलाई हराउँदै मलिथम फटबल क्लब उदयपुरले उपाधि आफ्नो नाम गरेको हो । श्री ब्वाईज युनियन फुटवल क्लव खडक नगरपालिक ३ सप्तरीको आयोजनामा संचालित पाँचौ खडक मेयर गोल्ड कपको उपाधी बिजेता मलिथम फुटबल क्लब उदयपुरले ५१ हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र गरे । त्यस्तै उपबिजेता बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगरले ३१ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्रमा चित बुझाउनु पर्यो । गोल्डकपमा १० वटा टिम सहभागि रहेको खेल मावि बनरझुला खेल मैदानमा खेलाईएको थियो ।...
समयमै पशु प्राविधिक नआईपुग्दा गाईघाटमा एकै किसानको १८ बाख्रा सखाप

समयमै पशु प्राविधिक नआईपुग्दा गाईघाटमा एकै किसानको १८ बाख्रा सखाप

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ पौष । त्रियुगा नगरपालिका १० स्थित आदर्श टोलमा एकै किसानको १८ ओटा बाख्रा मरेको छ । अज्ञात रोगका कारण हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन । बाख्रा मरेसँगै खड्काको गोठनै रित्तिएका जनाए । बाख्रा मरेपछि खड्का चिन्तित बनेको छ । उनले मरेको बाख्राको उचित क्षेत्रीपुर्ति सम्बन्धित निकायहरुबाट आह्वान समेत गरेको छ । मंगलबार खड्कोको खोरमा एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए । मंगलबार आफैले पशुप्राविधिकलाई कृषकको घरमा पठाईदिएपनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ । खड्काले समयमै पशु प्राविधिक उपचारमा नआईपुग्दा बाख्रा बचाउन नसेको गुनासो गरेको छ । सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
 पूर्णपुष्टि, पुष १७ ।  उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ का २० बर्षीय रुद्र तामाङ र चौदण्डिगढी नगरपालिका–१ का २६ बर्षीय योगेन्द्र खत्री रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले काटारी–४ स्थितमा स.१० प १६१४ नम्बरको मोटरसाइकललाई रोकि चोकजाँच गर्ने क्रममा तामाङलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । तामाङको साथबाट Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेला परेसँगै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै भागलपुरबाट खटिएको प्रहरी टोलीले खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला परेसँगै उनलाई नियन्त...
बरुवा सा.व.उ.समूहमा एक्लिए अध्यक्ष, उपाध्यक्ष सहित १६ जनाले दिए राजीनामा

बरुवा सा.व.उ.समूहमा एक्लिए अध्यक्ष, उपाध्यक्ष सहित १६ जनाले दिए राजीनामा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ पौष । बरुवा सामुदायीक वन उपभोक्त समूहमा अध्यक्ष एक्लै भएको छ । उपाध्यक्ष सहित अन्य पदाधीकारी र सदस्यहरुले सामुहिक राजीनामा दिए सँगै अध्यक्ष भगवती प्रसाद घिमिरे एक्लिएको हो । कार्यसमितिको विवाद नमिलेपछि सामुहिक राजीनमा दिएर १ उपाध्यक्ष सहित सबै पदका १६ जना पदाधीकारी र सदस्यहरुले राजीनामा दिएको हो । यता सल्लाहकार समितिका दुईजना र आन्तरिक लेखा परिक्षणका एकजनाले पनि राजीनामा दिएको छ । त्रिनपा १० बोक्सेको वडाकार्यालयको सहजीकरण र प्रस्तावमा राजीनामा दिईएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । साथै डिभिजन बन कार्यालय बोक्से, सब डिभिजन बन कार्यालय मोतिगडा र सामुहिक वन माहासंघ पनि सहजीकरणमा रहेको छ । नयाँ कार्यसमितिका लागि अध्यक्षले बाटो खुलाउन अनाकानी गरेको उल्लेख जनाईएको छ । दुई पटकको साधारण सभाले समेत प्रस्तावको निर्णयहरु लिन नसकेको कारण बिवादित बनेको कार्य समिति १० नं वडा कार्य...
गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई तालिम सुरु

गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ पौष । गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई सिप विकास तालिम सोमवारबाट सुरु भएको छ । युवा उद्यमशिल तथा औद्योगिक जनशक्ति बिकास तालिम अन्तर्गत तालिम सुरु भएको हो । “तालिममलाई स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान” नारा दिईएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा तालिम सुरु गरिएको हो । संघकै अध्यक्ष समेत रहेकी ज्ञानु प्रदानको प्रमुख आतिथ्यतामा कार्यक्रम तालिमको उद्घाटन गरिएको छ । आयोजक घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नरेन्द्र पराजुलीका अनुसार स्थानीय व्यवसायी तथा उत्पादनका लागि केहि गर्न चाहाने व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । तालिम २०८०÷१२÷१६ सम्म संञ्चालन हुने प्रमुख पराजुलीले जनाए । तालिममा १२ जना प्रशिक्षार्थीहरु सहभागी छन् । तालिमको उद्घाटन सँगै प्रदानले सिलाई पेशा भनेको नर्मल पेशा नभई...
दुर्घटनामा १८ को मृत्यु, ४४ गम्भीर

दुर्घटनामा १८ को मृत्यु, ४४ गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ पौष । उदयपुरमा चालु आर्थिक बर्षमा दुर्घटनामा परी १८ को मृत्यु हुनुका साथै ४४ गम्भीर घाईते भएको छ । ८४ ओटा दुर्घटना संख्यामा १८ को मृत्यु र ४४ गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यता सामान्य घाईते हुनेहरुमा १२४ जना रहेको छ । यस बर्ष ट्रक ३ ओटा, टिपर ३, बस ३, जिपकार १६, ट्याक्टर ३, मोटर साईकल ७५ ओटा दुर्घटना भएको छ । पछिल्लो समय उदयपुरमा दुर्घटनाका संख्या तिव्र बन्दै गएको छ । मदन भण्डारी राजमार्गका कारण सवारी चाप बढे सँगै दुर्घटना बढेको हो ।...
उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूणपुष्टि, पुष १६ । उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका—९ उत्तराई टोल बस्ने ५० बर्षीय लल्कु सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । जिल्ला अदालतले बन मुद्वामा ३ महिना कैद र रु. १ हजार ५ सय ५१ रुपैँया जरिवाना तोकेता पनि फरार रहेका सदालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सदालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।      ...