Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २५ । उदयपुरमा अवैध हतियार भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर गाँउपालिका—१० आम्चोक बस्ने वर्ष २० को समिर राई रहेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरीका अनुसार विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित राईलाई पक्राउ गरेको हो ।प्रहरी नायक उपरिक्षक (डिएसपी) हरिनन्द चौधरले मंगलबार बेलुका ६ बजे चौदण्डिगढीबाट बेल्टारतर्फ आउदै गरेको को.१३ प.४१५ नम्‍बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भरुवा बन्दुक १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र वेरिङ १७ थान बरामद गरेसँगै राईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाए ।...
उदयपुरगढीमा दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

उदयपुरगढीमा दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, शिक्षा, समाचार
पूर्णपुष्टि, पुस २४ ।          उदयपुरको उदयपुरगढी गाउँपालिकाको नमुना माध्यामिक विद्यालय भलायडाँडाले १८ वटा विद्यालयबीच आजबाट दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गराउदैछ ।         त्यहाँ हुने अन्तरविद्यालय प्रतियोगितामा तीनदिनसम्म विभिन्न खेल प्रतिष्पर्धा हुनेछन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विक र पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले उद्घाटन गरेको प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, टिपलजम्प, भलिवल लगायत रहेको प्रधानाध्यापक देविबहादुर राईले बताउनुभयो ।         कार्यक्रममा पालिका उपाध्यक्ष जितबहादुर खड्का, जिल्ला समन्वय अधिकारी नवराज खड्का, पालिका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, विभिन्न पार्टीका नेताहरु, गाउँपालिका प्रवक्ता सहेक विक, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतको उपस्थित थियो । कार्यक्रमको उद्घाटनमा सहभागि खे...
उदयपुरमा ६ केजी गाँजा र ५ लाख बढी नगद सहित दुई पक्राउ

उदयपुरमा ६ केजी गाँजा र ५ लाख बढी नगद सहित दुई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २४ । उदयपुरमा लागु औषध ६ केजी गाँजा र नगद सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर बेलका नगरपालिका –३ बस्ने वर्ष २१ को पदम बहादुर तामाङ र बेलका नगरपालिका –९ बस्ने वर्ष २८ को बम बाहादुर रार्ई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई ६ केजी गाँजा र ५ लाख २० हजार ५ सय रुपैँया सहित पक्राउ गरिएको हो । तामाङ र राईलाई बेलका नगरपालिका वडा नं.—८ प्रहरी चेकपोष्ट कोठुमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको उदयपुर प्रहरी डिएसपी हरिनन्द चौधरीले जनाउनु भयो । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।...
दुई दिन देखी लगतार चिसो, जनजिवन प्रभावित

दुई दिन देखी लगतार चिसो, जनजिवन प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण दुई दिन देखी लगतार बढेको चिसोले जनजिवन कष्टकर बनेको छ । नेपालका बिभिन्न स्थानहरु सहित उदयपुरको सदरमुकाम गाईघाट लगायत बिभिन्न ठाउँमाहरुमा पनि दुई दिन देखी लगतार चिसो फैलिएको छ । बिहानैदेखी हुस्सु सँगै चिसो बढेको अवस्था छ । चिसो र हुस्सुले दैनिकी काममा प्रभाव परेको छ । चिसोले पठनपाठनमा पनि समस्या तुल्याएको छ । विद्यालय जान र विद्यालयबाट फर्किन चिसोले समस्या पारेको हो । चिसो छल्न मानिसहरु घरबाट कमै निस्कनु पर्ने भएको छ । अथवा सार्वजानिक स्थान वा सडकमा आगो बालेर पनि चिसो छल्दै आएको छ । बिहानिको अत्यावश्यक समय सम्म हुस्सुले प्रभावित बनाएको छ । हुस्सुले सवारी दुर्घटनाको समेत जोखिम बढेको छ । हाईवे सडक तथा अन्य सडकहरुमा बाटो नै नदेखीने गरी हुस्सु फैलिएको अवस्था छ । मंगलबार बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही...
उदयपुरगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

उदयपुरगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २३ पुष । उदयपुरगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उदयपुरगढी गाउँपालिका र नमुना मा.वि भलायडाँडाँको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हाे । खेलको उद्घाटन भाेली हुने र समापन २६ गते हुने भएको छ । पालिकाको ६ नं वडा स्थित भकुण्डेचौरमा खेल उद्घाटन गर्ने भएको हो । प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गाैरबहादुर बिकले गर्ने भएका छन् । प्रतियाेगितामा रनिङ, सटफुट, लङ्जम्प, हाईजम्प, टिपलजम्प, भलिवल लगायतको खेल गरिने भएको छ । प्रतियोगिताको समापनसंगै पुरस्कार वितरण २६ गते बिहिबार हुने प्रधानाध्यापक देबीबहादुर राईले बताउनुभयाे । कार्यक्रम तालिका   [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="We...
अपाङ्गता पूनः स्थापनाका लागि त्रियुगा नगरपालिका र करुणा फाउन्डेसनबीच सम्झौता

अपाङ्गता पूनः स्थापनाका लागि त्रियुगा नगरपालिका र करुणा फाउन्डेसनबीच सम्झौता

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २२ पौष । त्रियुगा नगरपालिकाले नगर भित्र अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरुको पूनःस्थापनाका लागि छुट्टै कार्यक्रम गर्ने गरी सम्झौता गरेको छ । आईतबार गाईघाट स्थित त्रियुगा नगरपालिका र करुणा फाउन्डेनबीच अपाङ्गता भएको व्यक्तिहरुको क्षेत्रमा काम गर्न सम्झौता भएको हो । सम्झौतामा अपाङ्गता रोकथाम तथा पूनः स्थापना गर्ने भनिएको छ । कोशी प्रदेश उप–सभामुख सिर्जना दनुवार र सामाजिक बिकास मन्त्रालय कोशी प्रमुखका प्रतिनिधिहरु सहितको उपस्थितिमा सम्झौता भएको छ । यस भन्दा पहिले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा सम्झौतै गरेर भने कार्यक्रमहरु गरिएका थिएन् ।त्रियुगा नगरपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासंघ र करुणा फाउन्डेसनको समन्वयमा सम्झौता तथा अभिमुखीकरणको कार्यक्रमनै गरिएका थिए । नगरपालिका र करुणाबीच ३ बर्षे काम गर्ने गरी सम्झौता भएको ह...
उदयपुरमा सांस्कृतिक कार्यक्रम सहित थारु समुदायले माघि महोत्सव आयोजना गर्ने

उदयपुरमा सांस्कृतिक कार्यक्रम सहित थारु समुदायले माघि महोत्सव आयोजना गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ पौष । उदयपुरका थारु समुदायहरुले माघि महोत्सव (तिला संक्राईत) आयोजना गर्ने भएको छ । माघ २ गते त्रियुगा नगरपालिका १३ बहेडुवा जनता आधारभूत विद्यालयमा एक दिने माघी महोत्सव २०८० आयोजना गर्ने जनाईएको हो । संघर्षशिल युवा समूह बहेडुवाको आयोजना तथा मलिथम थारु सेवा समाज, राष्ट्रिय थारु कलकार मञ्च उदयपुरको समन्वयमा महोत्सव हुन लागेको हो । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुले सांस्कृतिक कार्यक्रममा सहभागी जनाउँने छ । थारु समुदाय भित्रका बिभिन्न राष्ट्रिय कलकारहरु महोत्सवमा सहभागी हुने आयोजकको भनाई छ ।...
नागरिकता, परिचय पत्र लगायतको सुविद्या पालिकाबाटै दिन सरकारलाई कम्युनिष्ट पार्टीको आग्रह

नागरिकता, परिचय पत्र लगायतको सुविद्या पालिकाबाटै दिन सरकारलाई कम्युनिष्ट पार्टीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ पौष । नेपाल कम्युनिष्ट पार्टी उदयपुरले पालिकामा थप सेवा सुविधा थप्न सरकारलाई आह्वान गरेको छ । केहि सुविधाहरु पालिकाबाटै पाएको भएतापनि नागरिकता, परिचय पत्र र जग्गा किनबेच जस्ता काममा भने सदरमुकामनै धाउनु पर्ने अवस्था रहेको हुँदा यी सुविधा पनि पालिकाबाटै दिनु पर्ने पार्टीको माग छ । यदि यस्तो भएमा मात्रै जनताले सरकारको सुविधालाई प्रत्यक्ष महशुस गर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएको छ । उदयपुरको जिल्ला प्रशासन कार्यालयका सिडियो मार्फत प्रधानमन्त्री दाहाललाई पत्र पठाएको हो । उदयपुर जिल्ला पार्टी इन्चार्ज अमृत सी र पार्टी सेक्रेटरी अनिता सी हस्ताक्षर पत्र शुक्रबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे मार्फत सरकार समक्ष पठाईएको हो । हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ की जनतालाई नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता कामहरु आगामी बर्ष देखी पालि...
ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २० । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रप्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । लघुचलचित्र ‘पाउलो’पशुपती परिसरमा बस्ने परिवार विहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्य सम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीम...
जिल्ला समन्वय समिति उदयपुरमा बिषयगत कार्यालयको बार्षिक समिक्षा सम्पन्न

जिल्ला समन्वय समिति उदयपुरमा बिषयगत कार्यालयको बार्षिक समिक्षा सम्पन्न

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २० । उदयपुरमा जारी स्थानीय तह सहित बिषयगत कार्यालयहरुको बार्षिक समिक्षा समन्वय समितिको हलमा सम्पन्न भएको छ ।एक बर्षमा कार्यालयले गरेका क्रियाकलाप कस्ता रहे, समस्याहरुको पहिचान र समाधानका प्रयासका बारेमा सरोकारवाला निकायलाई जानकारी दिने उदेश्यले समिक्षाको आयोजना गरिएको हो । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा रौतामाई गाउँपालिका वाहेक सात वटा स्थानीय तह, १४ वटा बिषयगत कार्यालय र ५ वटा विकास साझेदार संस्थाले उपलब्धि र समस्याका बारेमा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज खड्काले बताए । कार्यक्रममा कार्यालयहरुले कतिपय कामहरु कानुन निर्माण नहुँदा र नीतिगत अल्झनका कारण सोचेअनुरुप गर्न नसकिएको बताए । उनीहरुले विकास प्रतिको जनताको वेग्रह चाहानाहरु नीतिगत समस्याका कारण रोकिएको बताए ।सहभागि जनप्रतिनिधिहरुले मुलुक संघीयतामा गएपनि अधिकारहरु केन्द्रमा नै राख्ने, ...