Saturday, June 6News That Matters

Month: १ वर्ष अगाडि

सामाजिक सञ्जाल विधेयकप्रति प्रेस सेन्टरको आपत्ति

सामाजिक सञ्जाल विधेयकप्रति प्रेस सेन्टरको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १७ । प्रेस सेन्टर नेपालले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धी विधेयकको विभिन्न प्रावधानहरूप्रति गम्भीर आपत्ति जनाएको छ । केन्द्रका अनुसार विधेयकमा समाविष्ट प्रावधानहरूले नागरिकको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याउने देखिन्छ । विशेषगरी विधेयकको परिभाषा खण्डमा प्रयोग गरिएको अमूर्त भाषा र फौजदारी अभियोग आकर्षित हुने खालका प्रावधानहरू संविधानको धारा १७ (२)(क) मा उल्लेखित विचार र अभिव्यक्ति स्वतन्त्रताको विपरीत रहेको केन्द्रको ठहर छ । सरकारले विधेयक तयार गर्दा सरोकारवालाहरूसँग कुनै परामर्श नगरेको र मन्त्रिपरिषद्बाट पारित भएपछि पनि करिब एक हप्तासम्म गोप्य राखेको विषयलाई लिएर पनि प्रेस सेन्टरले आपत्ति जनाएको छ । केन्द्रले यो विधेयक तत्काल फिर्ता लिई पुनरावलोकन गर्न माग गरेको छ । यदि माग पूरा नभए आन्दोलनमा ...
साईकल संघ र नेपाली सेनाले “राइड टु कोशी” (२०८१)  आयोजना गर्ने

साईकल संघ र नेपाली सेनाले “राइड टु कोशी” (२०८१) आयोजना गर्ने

Breaking News 1
पूर्णपुष्टि, १७ माघ । आगामी फागुन १६ र १७ गते उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाले “राइड टु कोशी (२०८१ु) आयोजना गर्ने भएको छ । आयोजकका अनुसार स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी ग्लोबल वार्मिङको कारण बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने आयोजकहरूले बताएका छन् । कोशी राईडले साइकल प्रेमीहरूको जनचेतना जगाउने बताईएको छ । गाईघाट, बेलटार, रामपुर हुँदै चतरा, उदयपुर तर्फको कोशीटप्पु सम्मको यात्रा पूरा गरेर पुनः अर्को दिन सो यात्रा गाईघाट मै फर्किएर वडा नं। १५ मा समापन गरिने कार्यक्रम रहेको छ। यसअघि २०७५ सालको माघ महिनामा तत्कालीन प्रधान सेनापति गौरव सम्सेर जबरा लगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा पनि यस्तै कार्यक्रम आयोजना गरिएको...
सहिद दिवसमा एकीकृत समाजवादी युवा संघ उदयपुरको दिप प्रज्वलन

सहिद दिवसमा एकीकृत समाजवादी युवा संघ उदयपुरको दिप प्रज्वलन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी युवा संघ उदयपुरले सहिद दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । बुधबार साँझ गाईघाटको मेनचोक स्थित दिप प्रज्वलन गरी सहित दिवस मनाएको थियो । पार्टी केन्द्रीय सदस्य सुनिता चौधरी सहित केन्द्रीय अनुसासन आयोगका सदस्यज कुमार राई युवा संघका संयोजक मिन बहादुर खत्री र सहसंयोजक अनमोल दनुवार, उदयपुर जिल्ला सचिव राजेश दनुवार लगायत युवाहरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रममा गरिएको थियो । संघका सचिव राजेश दानुवारका अनुसार देशमा शान्ति प्राप्तीका लागि लड्दै गर्दा आफ्नो ज्यान सुम्पीएका सदिहरुको सम्झनामा दिप प्रज्वलन गरिएको जनाए । सहिदहरुमा शान्ति र स्वर्गवासको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । दिप प्रज्वलन गर्दै सहिदहरुको योगदानलाई कदर गर्ने र उनिहरुको सपना साकार पार्न सँधै युवाहरु लडिरहने जनाइएको छ ।...
झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १६ । झापा ११ फुटबल क्लब १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बुधबार चौदण्डिगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको दोस्रो क्वाटर फाईनल खेलमा आयोजक बसाहा क्लबलाई शून्यको विरुद्ध एक गोल गर्दै झापा सेमीफाइनलमा प्रवेश गरेको हो । झापाका लागि जर्सी नम्बर १८ का (कप्तान) पेमा तामाङले ७९ औँ मिनेटमा गोल गरे । उनले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । भोली हुने तेस्रो क्वाटर फाईनल खेल सलहेश युवा क्लब (सिराहा) र एलएक्स सिटी फुटबल क्लब (मोरङ्ग) बिच हुनेछ । भोली हुने तेस्रो क्वाटर फाईनलको विजेताले बागमति युवा क्लब (सर्लाही) सँग सेमिफाईनल खेल्नेछ भने न्यु त्रियुगा स्पोर्टस क्लब (सप्तरी) र एभरेष्ट फुटबल क्लब (सुनसरी) बिचको चौँथो क्वाटरफाईनलको विजेताले झापासँग सेमिफाईनल खेल्नेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी...
सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आपत्ति

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू संविधानप्रदत्त मौलिक हक विपरीत रहेको जनाएको छ । विज्ञप्तिमा सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि नियमनका नाममा प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक जस्ता मौलिक अधिकार कुण्ठित हुने गरी कानुन बनाउन नहुने बताइएको छ । विधेयकमा सार्वजनिक सरोकारका विषय र सार्वजनिक पद धारण गरेका व्यक्तिका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न प्रतिबन्ध लगाउने प्रावधान राखिएको छ । साथै समाचार प्रकाशन तथा प्रसारण गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको अवस्थामा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई फौजदारी कसुर लाग्ने व्यवस्था गरिएको छ । म...
अमेरिकाबाट १३ सय नेपालीसहित १४ लाख विदेशी निष्कासन गरिने

अमेरिकाबाट १३ सय नेपालीसहित १४ लाख विदेशी निष्कासन गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरुको सामूहिक निष्कासन अभियान सुरु गरेका छन् । अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना विदेशी नागरिकलाई अमेरिकाबाट निष्कासन गरिने भएको छ । निष्कासनमा पर्नेहरुमा होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना रहेका छन् । एसियाली मुलुकहरुमध्ये चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना नागरिक पनि निष्कासनमा पर्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरुको निष्कासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यससँगै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सामूहिक निर्वासन अभियान सुरु भएको हो । अध्यागमन कार्यालयले निष्कासनमा पर्ने व्यक्तिहरुको विवरण सार्व...
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा अवधि परिवर्तन गर्न विधेयक दर्ता

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा अवधि परिवर्तन गर्न विधेयक दर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा हाल कायम रहेको ३० वर्षे सेवा अवधि हटाउने गरी दुवै सुरक्षा निकायसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । सरकारले पदावधि र उमेर हदबाट मात्रै अवकाश हुने प्रावधानसहित दुवै प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ मंगलबार दर्ता गरेको हो । विधेयकमा प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) को उमेर हद ६० वर्ष र पदावधि ३ वर्ष तोकिएको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि ३ वर्ष र उमेर ५९ वर्ष तथा नायब महानिरीक्षक (डीआईजी) को पदावधि ५ वर्ष र उमेर ५९ वर्ष प्रस्ताव गरिएको छ । जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष तथा सहायक निरीक्षक र नायब निरीक्षकको १८ वर्ष कायम गरिएको छ । नयाँ विधेयकले महानिरीक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था पनि गरेको छ । मुख्य सचिवको अध्यक्षतामा गृह मन्त्रालयका स...
माछा चोरीको आरोपमा उदयपुरमा तीन जना पक्राउ

माछा चोरीको आरोपमा उदयपुरमा तीन जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा सामुदायिक वन क्षेत्रभित्र रहेको व्यावसायिक माछा फार्मबाट १५ लाख रुपैयाँ बराबरको माछा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१ जोगिदहस्थित मैनाहा केन्द्रीय टोलका ५६ बर्षीया कलावती चौधरी, ५० बर्षीय राम किसुन चौधरी र नवज्योति टोलका ४० बर्षीय शिव शंकर चौधरी रहेका छन् । उनीहरूले जागृति सामुदायिक वन क्षेत्रमा रहेको ‘कृषी चाम्लिङ फर्म’ का तीनवटा पोखरीबाट गत पुष २८ गते दिउँसो १ बजे माछा चोरी गरेको पीडित लिल बहादुर राईले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडित राईका अनुसार चोरी भएका माछाहरूमा कोमल, विकेट, रौ, ग्रासकार र भाकुर जातका छन्, जसको प्रति गोटा तौल ४ केजीसम्म रहेको र कुल मूल्य १५ लाख रुपैयाँ बराबर रहेको छ । उजुरीमा उल्लेख भए अनुसार घटनामा संलग्न अन्य ८–९ जना फरार रहेका छन् । पीडित...
उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी

उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ । उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप फूटबल प्रतियोगिता २०८१ सुरु भएको छ । मंगलबार बसाहा युवा क्लबद्धारा आयोजित १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकपको उद्घाटन एमाले कोशी प्रदेश इन्चार्ज तथा कोशि प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राइले गरेका हुन् । चौदन्दीगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको पहिलो उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन बागमती युबा क्लब सर्लाहीले संकटा फूटबल क्लब काठमाण्डुलाई १–० गोल अन्तरले हराएको हो । बागमतिका लागी जर्सी नं. १४ का सनम धिमालले ७२ औँ मिनेटमा गोल गरे । उनको त्यहि गोल नै जितका लागी निर्णायक गोल बन्यो । ८ टिमको सहभागी रहेको गोल्डकप यहि माघ २२ गते सम्म संचालन हुनेछ । भोली हुने दोस्रो क्वाटरफाईनल खेल आयोजक बसाहा क्लब र झापा फुटबल क्लबबिच हुनेछ । उपाधी बिजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ...
प्रेस सेन्टर नेपाल उदयपुरद्वारा बिरामीलाई फलफुल वितरण

प्रेस सेन्टर नेपाल उदयपुरद्वारा बिरामीलाई फलफुल वितरण

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १५ माघ । प्रेस सेन्टर नेपाल उदयपुरले जिल्ला हस्पिटल उदयपुरका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । संस्थाको २१ औँ स्थपना दिवसको अवसरमा सेन्टरको उदयपुर शाखाले विरामीहरुलाई फलफुल वितरण गरेको हो । मंगलबार उदयपुर शाखा अध्यक्ष अभिमन्यु लामिछानेको नेतृत्वमा केन्द्रीय सदस्य यदु ढकाल, हरि कुमार राई, पूर्व प्रदेश सदस्य गजेन्द्र राई लगायत जिल्ला कार्यसमितिको उपस्थितिमा फलफुल बितरण गरेको हो । हस्पिटलमा भएका सबै बिरामीहरुलाई स्याउ, केरा, सुन्ताला, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको हो । अध्यक्ष लामिछानेले उदयपुर शाखाले स्थापना दिवसको अवसरमा सँधै यसरीनै सामाजिक काम गर्दै आएको जनाए ।...