Saturday, June 13News That Matters

Month: १ वर्ष अगाडि

उदयपुरगढी ७ जोगिटोलमा एक पुरुष मृत फेला

उदयपुरगढी ७ जोगिटोलमा एक पुरुष मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ माघ । उदयपुरको उदयपुरगढी वडा नं ७ अधेरी छेउ जोगिटोलमा एक पुरुष मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोही वडाका बर्ष ४६ को नयन्त्र घले मृत अवस्थामा फेला परहेको हो । डिएसपी राजन चापागाईका अनुसार घटना हिजो बेलुकाको भएपनि स्थानीयहरुले बिहान १० बजेमात्रै थाहा पाएका थिए । ढुँगैढुँगा भएको आसपासमा घले मृत अवस्थामा फेला परेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । घटनाबारे सर्जिमन मुचुल्का उठाईरहेको छ । तालिम प्राप्त कुकुर ल्याएर मात्रै लाश उठाउन भएको छ ।...
उदयपुरमा पाठेघर मुखको क्यासर विरुद्धको एच.पिभी. खोप माघ २३ देखी लगाईदै

उदयपुरमा पाठेघर मुखको क्यासर विरुद्धको एच.पिभी. खोप माघ २३ देखी लगाईदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ माघ । स्वास्थ्य कार्यालय उदयपुरले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापुला भाईरस (एच.पिभी.) खोप लगाउने भएको छ । उदयपुरमा पहिलो र दोस्रो चरण गरी यहि माघ २३ गतेदेखी फागुनको ७ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । निरौलाका अनुसार पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा २३ गतेदेखी पहिलो चरणको खोप लगाईने भएको छ भने दोस्रो चरणमा कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा लगाईने भएको छ । जसमा विद्यालयमा २८३, स्वास्थ्य संस्थामा ९२ समुदाय तथा खोप केन्द्रमा २१ गरी जिल्लामा ३९६ ओटा खोप केन्द्रहरु तोकिएको निरौलाले जनाएको छ । बिषेशगरी १० देखी १४ बर्ष उमेरका किशोरीहरुलाई लक्षित ...
त्रिनपा १६ का जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा, दलित समुदायलाई आरान मेशिन

त्रिनपा १६ का जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा, दलित समुदायलाई आरान मेशिन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ माघ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई न्यान्यो कपडा र आरान मेशिन प्रदान गरेको छ । सोमवार त्रियुगा नगरपालिका १६ वडा कार्यालयको आयोजनामा तथा २०८१÷२०८२ को स्वीकृत ७५ हजार वडागत बजेटबाट ८० बर्ष माथिका जेष्ष्ठ नागरिक र (क) बर्गका अपाङगता भएका व्यक्तिहरु गरी ६२ जना र यता दलित लक्षित ५० हजार बजेटबाट एक ग्रेण्डर मेशिन र ९ आरान मेशिन सहित १० ओटा स्थानीय परम्परागत आरान मेशिन प्रदान गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार वडा सरकारले वडामा रहेको जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको संरक्षण गर्ने उदेश्य सहित जाडोबाट जगाउन न्यानो कपडा प्रदान गर्नुका साथै व्यवसायबाट आर्थिक पार्जनमा टेवा पुराउन दलित परिवारलाई आरान मेसिन वितरण गरेको हो । वडाले विगतदेखि नै यस किसिमको कार्यक्रमलाई निरन्तरता दिदै आएको पनि अध्यक्ष राईले जनाए । वडा कार्यालयले लक्षित वजेट तथा कार्यक्...
ताप्ली गाउँपालिकामा हुलाक कार्यालय स्थापना

ताप्ली गाउँपालिकामा हुलाक कार्यालय स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ । उदयपुरको पहाडी क्षेत्रमा रहेको ताप्ली गाउँपालिकामा पहिलो पटक हुलाक कार्यालय स्थापना गरिएको छ । सरकारको ‘एक पालिका एक हुलाक कार्यालय’ कार्यक्रम अन्तर्गत रुपाटारमा स्थापना गरिएको यो कार्यालयको आज जिल्ला हुलाक कार्यालयका सुब्बा खिलराज बस्नेतले एक समारोहका बीच उद्घाटन गरे । कार्यालय प्रमुख उमा विकका अनुसार तीन जना कर्मचारीको टोलीले सेवा प्रवाह सुरु गरिसकेको छ । कार्यालयले चिठीपत्र वितरण, हुलाक टिकट बिक्री लगायतका आधारभूत हुलाक सेवाहरू प्रदान गर्नेछ । ‘पहाडी क्षेत्रका बासिन्दाले लामो समयदेखि हुलाक सेवाको माग गर्दै आएका थिए । अब स्थानीय स्तरमै सहज रूपमा हुलाक सेवा उपलब्ध हुने भएको छ,’ कार्यालय प्रमुख विकले बताइन् । यस अघि ताप्ली गाउँपालिकाका बासिन्दाले हुलाक सेवाका लागि टाढा जानुपर्ने बाध्यता थियो । नयाँ कार्यालय स्थापनासँगै स्थानीयवासीलाई सरकारी हुलाक सेवा सहज रूपमा ...
उदयपुर सिमेन्ट उद्योगका कर्मचारी ६ महिनादेखि तलब विहीन

उदयपुर सिमेन्ट उद्योगका कर्मचारी ६ महिनादेखि तलब विहीन

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १४ । देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रूपमा परिचित उदयपुर सिमेन्ट उद्योग गम्भीर आर्थिक संकटमा फसेको छ । गत साउन महिनादेखि कर्मचारीहरूले तलब नपाएका र उद्योग नेतृत्वविहीन अवस्थामा रहेको छ । उद्योगका वरिष्ठ कर्मचारी तेजप्रसाद ढकालका अनुसार कच्चा पदार्थको अभावमा गत पौष २० गतेदेखि उत्पादन पूर्णरूपमा बन्द छ । त्यसको चार दिनपछि सिमेन्टको भण्डारण समाप्त भएपछि बिक्री समेत रोकिएको छ । कोइला आपूर्तिकर्तालाई मात्रै ३० करोड भुक्तानी बाँकी रहेको र विभिन्न व्यापारी तथा आपूर्तिकर्तालाई थप ४० करोड तिर्न बाँकी रहेको ढकालले बताए । यसैगरी नेपाल विद्युत प्राधिकरणलाई ५५ करोड बक्यौता रहेको छ भने अनिवार्य अवकाश पाएका ८५ जना कर्मचारीको ३० करोड उपदान भुक्तानी पनि बाँकी रहेको छ । ‘पहिले वार्षिक बोनस पाउने कर्मचारीहरू अहिले मासिक तलबको लागि पनि महिनौं कुर्नुपर्ने अवस्थामा पुगेका छन्,’ ढक...
स्थानीय तहको राजस्व क्षमताको आधारमा समपूरक अनुदान वितरण हुने

स्थानीय तहको राजस्व क्षमताको आधारमा समपूरक अनुदान वितरण हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ । राष्ट्रिय योजना आयोगले स्थानीय तहलाई सात वर्गमा विभाजन गरी नयाँ समपूरक अनुदान वितरण प्रणाली लागू गरेको छ । यो नयाँ व्यवस्था अनुसार स्थानीय तहको राजस्व संकलन क्षमताको आधारमा २० देखि ८० प्रतिशतसम्म अनुदान प्राप्त हुनेछ । यस अघि सबै स्थानीय तहले पूर्वाधार निर्माणका लागि ५०÷५० प्रतिशतको साझेदारीमा समपूरक अनुदान पाउँदै आएकोमा अब राजस्व स्रोतको आधारमा २० देखि ८० प्रतिशतसम्म अनुदान पाउने व्यवस्था गरिएको छ । जसअनुसार कम आय भएका स्थानीय तहले बढी र धेरै आय भएकाले कम अनुदान प्राप्त गर्नेछन् । उदयपुर जिल्लामा ताप्ली र लिम्चुङबुङ गाउँपालिकाले सबैभन्दा बढी ८० प्रतिशत अनुदान पाउने छन् भने रौतामाई र उदयपुरगढी गाउँपालिकाले ७० प्रतिशत पाउनेछन् । त्यसैगरी बेलका नगरपालिकाले ५० प्रतिशत, चौदण्डीगढी र कटारी नगरपालिकाले ४० प्रतिशत र जिल्लाकै सबैभन्दा ठूलो त्रियुगा नगरपालिकाले भने मात्र...
हडिया–ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माणका लागी ५ करोड ९१ लाख बजेट विनियोजन

हडिया–ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माणका लागी ५ करोड ९१ लाख बजेट विनियोजन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा महत्वपूर्ण पूर्वाधार विकासको योजना अघि बढेको छ । नगरपालिकाको लगातारको पहलमा संघीय सरकारले हडिया र ज्यामिरे क्षेत्रलाई जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि ५ करोड ९१ लाख ५० हजार रुपैयाँको बजेट सुनिश्चित गरेको छ । नगर प्रमुख कालुमान लामाका अनुसार पुल स्थानीय जनताको दीर्घकालीन यातायात समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने छ । गत वर्षदेखि नै यस योजनामा लगातार प्रयास जारी रहेको थियो । शुरुमा कोशी प्रदेश सरकारले डिपिआर तयार गरेको भए पनि कार्यान्वयन हुन नसकेपछि संघीय सरकारले यसलाई अगाडि बढाएको हो । प्राविधिक विवरणअनुसार पुलको कुल लम्बाई २७८.२ मिटर हुनेछ र यसमा एकतर्फी रूपमा टेम्पो सञ्चालन गर्न सकिने छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका प्राविधिक टोलीले पहिले तयार भएको डिपिआर अनुसार नै पुल निर्माण गर्न...
उदयपुरकी योजनाले घुमाईन भ्वाईसको ३ कुर्सी

उदयपुरकी योजनाले घुमाईन भ्वाईसको ३ कुर्सी

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १३ माघ । उदयपुरकी योजना राई भ्वाईस अफ सिजन ६ मा प्रवेश गरेकी छिन् । उदयपुर बेलका नगरपालिका मैनामैनी घर भएकी २० बर्षिया राईले भ्वाईस अफ नेपालको सिजन ५ मा भाग लिएकी थिईन् । उनले गुलाम अलिको “लोलायका ति ठुला” भन्ने बोलको गित प्रस्तुत गरेकी थिईन् । परिवारिक हिसवाले संगितमा पूर्ण सहयोग पाएकी राईले भ्वाईसमा राम्रो प्रस्तुती दिईन् । उनको प्रस्तुतिलाई पनपराउँदै कोच खेम सुन्चुचरी बाहेक कोच उदय, कोच राजु र कोच मेलिनाले कुर्सी घुमाए । उनलाई तिनै कोचले आफ्नो टिममा ल्याउन हानथाप समेत गरे । तर कार्यक्रममको नियमको आधारमा एउटा कोचलाई रोज्नु पर्ने हुँदा उनि कोच राजुकोमा गईन् । उनि भ्वाईसको डिजिटल हुँदै ब्लाईड अडिसनमा प्रवेश गरेकी हुन् । बाँकी ब्याडल, नक आउट, र लाईभ हुँदै उनि फाईनल पग्ने र उपाधी जन्तको लागि कति सक्षम हुन्छीन् त्यो भने हेर्न बाँकी छ ।...
बगाहामा मगर समुदायले मनायो माघे सक्राती तथा हुर्रा महोत्सब

बगाहामा मगर समुदायले मनायो माघे सक्राती तथा हुर्रा महोत्सब

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा न ४ बगाहास्थित फर्सेटमा मगर समुदायले माघे सक्राती तथा हुर्रा महोत्सब २०८१ मनाएको छ । शनिबार ‘मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक मनाऔँ’ भन्ने मुल नराका साथ नेपाल मगर सङ्घ जिल्ला समन्बय समिती उदयपुरको आयोजना तथा नेपाल मगर सङ्घ त्रियुगा नगर समितीको सहआयोजनामा धुमधामका साथ हुर्रा महोत्सव मनाईएको हो । प्रमुख अतिथी कोशी प्रदेशका पूर्व मन्त्रि तथा सांसद नारायण बुर्जा मगरले महोत्सवको अवसरमा नव निर्मित मगर सङ्गाहलयको उद्घाटन गरे । महोत्सबमा लोक तथा दोहोरी गायक श्याम राना मगर, चर्चित हुर्रा गायक शिव थापा मगर र पुजा केप्छाकी मगरले आफ्नो प्रस्तुती मार्फत दर्शक झुमाएका थिए । महोत्सबमा सिन्धुली कला घरका प्रतिनिधिहरुले पञ्चे बाजा सहितको विभिन्न प्रस्तुती देखाएका थिए भने स्थानिय कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभ...
सेवा प्रवाह मुल्याङ्कनमा जिल्ला अस्पताल उदयपुरलाई ९० अंक

सेवा प्रवाह मुल्याङ्कनमा जिल्ला अस्पताल उदयपुरलाई ९० अंक

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १३ माघ । सेवा प्रवाहको हकमा जिल्ला अस्पताल उदयपुर उत्कृष्ट सावित भएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले गरेको मूल्यांकनमा अस्पतालमा हुने सेवा प्रवाह, विभिन्न विभागको कार्य सम्पादन लगायतका पक्षहरूको आधारमा जिल्ला अस्पताल उदयपुरले ९० अंक पाएको अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पहिले भन्दा थप ३ अंक थप्दै उत्कृष्ट हासिल गरेको हो । यसअघि अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको थियो । यस्तो मुल्याँङकने अस्पतालको सेवा प्रवाहबारे थप हौसाला मिल्ने र सेवागाहीहरुलाई सहज सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कायम गर्ने सम्बन्धी २०७७ को कार्य अवधिअनुसार यस्तो मूल्यांकन प्रत्येक वर्ष गरिन्छ । जिल्ला अस्पताल उदयपुरका मेसु डा. बिरेन्द्र मण्डलले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान ग...