Sunday, June 7News That Matters

Month: १ वर्ष अगाडि

पूर्व जनमुक्ति सेना फुटवल प्रतियोगिता : पालिका अध्यक्ष मोक्तानको गोलमा सिन्धुली बिजयी

पूर्व जनमुक्ति सेना फुटवल प्रतियोगिता : पालिका अध्यक्ष मोक्तानको गोलमा सिन्धुली बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ माघ । पूर्व जनमुक्ति सेना नेपाल त्रियुगा नगर कमिटी उदयपुरको आयोजनामा भएको फुटवल प्रतियोगितामा सिन्धुली बिजयी बनेको छ । पूर्व जनमुक्ति सेना नेपाल उदयपुर र जनमुक्ति सेना नेपाल सिन्धुली जिल्ला बिचको मैत्रिपूर्ण खेलमा १÷० ले सिन्धुली बिजयी बनेको हो । सिन्धुलीको तर्फबाट मरिण गाउँपालिका अध्यक्ष समेत रहेका बिमर्श मोक्तानले गोल गरेका थिए । अन्तत अध्यक्षको मोक्तानको गोलनै निर्णायक बन्यो । लिग चरणमा सिन्धुली र उदयपुरका पूर्व जनमुक्ति सेना, माओवादी नेता, र योङ कम्युनिस्ट लिग (वाईसिएल) गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए । आयोजक संयोजक अर्जुन तामाङका अनुसार महिला र पुरुष पूर्व लडाकु खेलाडीहरूको समान सहभागिता खेलमा देखिएको थियो । विजेता टिम सिन्धुलीलाई माओवादी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला सचिव तथा एन्फा महासचिव किरण राई...
उदयपुरमा नवजात शिशु मृत फेला

उदयपुरमा नवजात शिशु मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ११ । उदयपुरको त्रियुगा नगरपालिका १२ सोनापुरमा एक नवजात मृत शिशु फेला परेको छ । शनिबार बिहान करिब ६ बजे धुर्ब साहको राइस मिल नजिकको वारिमा एक नबजात शिशु मृत अवस्थामा देखेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । वडा सदस्य लक्ष्मी चौधरीका अनुसार शिशु अवैध सम्बन्धबाट जन्माइएर फालिएको हुन सक्ने शंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शिशु फ्याक्नेको खोजी जारी छ । मृत शिशुको शव पोष्टमार्टेमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।...
बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्ग थप व्यवस्थी बारे बृहत छलफल

बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्ग थप व्यवस्थी बारे बृहत छलफल

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, १२ माघ । बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्गलाई थप व्यवस्थीत बनाउन गाईघाटमा बृहत छलफल गरिएको छ । लिम्चुङबुङ गाउँपालिका र नेपाली सेनाको सक्रियतामा सो पदमार्गको विकास गर्न थालिएको छ । पदमार्गलाई क्रियाशिल बनाउन थप संरचनाहरुको आवश्यक बारे शनिवार पशुपति गण बोक्सेले अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेका थिए । छलफलमा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का र रौतामाई गाउँपालिकाको उपाध्यक्ष भुपिन्द्र बहादुर थापा लगायतको उपस्थिति थियो । यो सँगै पर्यटन व्यवसायी र संञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । बोक्से गणका गणपति पसुपति प्रसाद वाग्लेले पदमार्गलाई बाह्रै महिना क्रियाशिल बनाउन र आकर्षण गर्न संरचनाहरुको सुधार गर्नुपर्ने जनाए । जस अन्तर्गत छोटोदुरीको पदमार्ग, व्यवस्थीत वास स्थान, रमणीय बातावरण, स्थानीय कला र संस्कृ...
२४ औँ सशस्त्र प्रहरी दिवसमा  ५ न. गण हे.क्वा. त्रियुगाले गरेको कामहरु 

२४ औँ सशस्त्र प्रहरी दिवसमा  ५ न. गण हे.क्वा. त्रियुगाले गरेको कामहरु 

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ माघ । सशस्त्र प्रहरी बल नेपाल गण ५ हेटक्वाटर गाईघाटले आफ्नो २४ औँ प्रहरी दिवस बिभिन्न कार्यक्रमहरुकाबीच सम्पन्न गरेको छ । सरसफाई, जनचेतना कार्यक्रम, बिपद व्यवस्थापन, रक्तदान, खेलकुद प्रतियोगिता, माल्यार्पण, यात्रु प्रतिक्षालय र पुरस्कार वितरण कार्यक्रमहरु सहित सम्मान कार्यत्रमहरु गरेर आफ्नो दिवस सम्पन्न गरेको हो । कार्यालयले त्रियुगा उच्च माध्यमिक बिद्यालय गाईघाट, देवी माध्यमिक विद्यालय भुल्के, महाकाली मावि चम्पापुर, त्रिबेणी माध्यमिक विद्यालय कटारी, थानपोखरी मावि ज्यामिरे गरि ५ वटा विद्यालयहरुका ४५५ जना विद्यार्थीहरुलाई विपद् ब्यवस्थापन तथा लागु औषध सम्वन्धी कक्षा जनचेतनामुलक कक्षाहरु संचालन गर्यो भने भगवति मन्दिर सरसफाई गरेको छ। यस्तै नेपाल रेडक्रस सोसाईटी कार्यालय बोक्सेमा रक्तदान र अमर शहिदहरुको नाममा नव(निर्मित शिलालेखमा माल्यार्पण गरेको छ । जिल्लाको कटारी नगरपालि...
चौदण्डीगढीमा जिल्ला स्तरीय ८ औं मेयर कप ब्याटमिन्टन सुरु

चौदण्डीगढीमा जिल्ला स्तरीय ८ औं मेयर कप ब्याटमिन्टन सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टी, माघ ११ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जिल्ला स्तरीय आठौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ आज (शुक्रबार) देखि सुरु भएको छ।राष्ट्रको लागि खेल्कुद, स्वास्थको लागि खेल्कुद भन्ने मुल नाराका साथ बसाहा ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रतियोगिता बसाहास्थित स्वर्गीय सनात कुमार राई कबर्ड हलमा सुरु भएको हो । प्रतियोगितामा ए डिभिजनका १६, बि डिभिजनका ५७ र ४५ + भेटान्समा २९ र ५५ + भेटान्समा १६ टिम गरि जम्मा ११८ टिमले सहभागी जनाएकाे छ । ए डिभिजनका प्रथमले नगद रु. २५००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १५००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ । त्यस्तै बि डिभिजनका प्रथमले नगद रु. २०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. ८००० सहित ...
पूर्व मन्त्री किरातीले गरे त्रियुगा १४, १५ र १६ को हिलस्टेसन सिलान्यास

पूर्व मन्त्री किरातीले गरे त्रियुगा १४, १५ र १६ को हिलस्टेसन सिलान्यास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ माघ । पूर्व सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका वडा नं १५ बैथुम्की डाँडाँमा हिलस्टेनको सिलन्यास गरेको छ । किरातीले त्रियुगा नगरभित्र पर्ने तिन ओटा वडाहरु १४, १५ र १६ मा निर्माण हुने हिलस्टेनको शुक्रबार एक कार्यक्रमकाबीच सिलन्यास गरेको हो । पर्यटन मन्त्री रहँदा किरातीले उक्त हिलस्टेनका लागि झण्डै तिन करोड बजेट छुटाएका थिए । आज सोही बजेट कार्यन्वयनमा आएर काम अघि बढिसकेको १६ नं वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिए । २ करोड ९० लाख बजेट रहेकोमा २ करोड ७० लाखमा ठेक्का लागि काम सुरु गरिसकेको अध्यक्ष राईको भनाई छ । त्रियुगाको पहाडी वडाहरुमा पर्यटन भित्राउने लक्ष सहित हिलस्टेनको प्याकेज सहितको निर्माण कार्य सुरु भएको हो । जसमा त्रियुगाको १४ र १५ को सिमानामा पर्ने बैथुम्की डाँडाँमा पिकनिक स्पोर्ट, पार्क, लिँगे पिङ, लगायतका संरचनाहरु...
पूर्व मन्त्री सुदन किरातीले भोली त्रियुगा १५ मा हिलस्टेशन सिलन्यास गर्ने

पूर्व मन्त्री सुदन किरातीले भोली त्रियुगा १५ मा हिलस्टेशन सिलन्यास गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १० माघ । त्रियुगा नगरपालिका वडा नं १४, १५ र १६ मा बन्ने हिलस्टेशनको सिलन्यास पूर्व मन्त्री तथा माओवादी नेता सुदन किरातीले गर्ने भएको छ । पूर्व सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका राईले उदयपुरको त्रियुगा १५ मा रहेको पर्यटकीय डाँडा बैथुम्की डाँडाँबाट हिलस्टेशनको सिलन्यास गर्ने भएको हो । भोली (शुक्रबार) तिनै ओटा वडाको हिलस्टेशन बाख्खोर बैथुम्की डाँडाँमा एकै साथ गरिने भएको हो । तिनै वडा त्रियुगा १४ साउने, १५ रानिवास र १६ जाल्पा चिलाउनेको संयुक्त आयोजनामा सिलन्यासको काम अघि बढाईएको हो । माओवादी केन्द्र त्रियुगा नगर अध्यक्ष समेत रहेका १६ नं वडाअध्यक्ष मान वहादुर राईले सिलन्यास कार्यक्रममा उपस्थितिका लागि सबैमा आह्वान गरेको छ । त्रियुगा नगरपालिका भित्र पर्ने तिन ओटा पहाडी वडाहरुमा हिलस्टेशन निर्माण गरिने भएको हो । यस स्टेशन...
उदयपुर सिमेन्ट उधोगको बैंक काउन्टर नियमित रुपमा संचालन नहुँदा सोवाग्राही सेवाबाट वञ्चित

उदयपुर सिमेन्ट उधोगको बैंक काउन्टर नियमित रुपमा संचालन नहुँदा सोवाग्राही सेवाबाट वञ्चित

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १० । जलजलेस्थित उदयपुर सिमेन्ट उधोगको परिसरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको काउन्टर नियमित रूपमा सञ्चालन नहुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । हाल बैंकले साताको मात्र दुई दिन काउन्टर खोल्ने गरेको छ, जसले गर्दा स्थानीय बासीहरूले बैंकिङ सेवा लिन कठिनाई भोग्नुपरेको छ । सोमबार बिहान १० बजेदेखि ग्राहकहरू बैंक कार्यालय अगाडि जम्मा भएका थिए । तर मुल गेट बन्द रहेपछि उनीहरू ७ किलोमिटर टाढाको गाईघाट शाखामा कारोबार गर्न बाध्य भए । सुरक्षाकर्मीले कर्मचारी नआएको कारण गेट नखुलेको र काउन्टर बन्द रहेको जानकारी दिए । उद्योगका कर्मचारी तेज प्रसाद ढकालले बैंक कर्मचारीहरूको लापरवाही र गैरजिम्मेवारीको आरोप लगाए । उनका अनुसार, कम्तीमा बाहिरी कम्पाउण्डमा सूचना टाँस्न सकेमा सेवाग्राहीलाई असुविधा हुने थिएन । राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाका प्रबन्धक कृष्ण गोइतले उद्योगम...
पूर्णपुष्टि खबर विशेष : उदयपुरे ‘हिमाल आराेही’ जलन राईकाे हिमाल चढ्दाकाे अनुभव र अनुभूती

पूर्णपुष्टि खबर विशेष : उदयपुरे ‘हिमाल आराेही’ जलन राईकाे हिमाल चढ्दाकाे अनुभव र अनुभूती

Breaking News 1, Breaking News 3, Breaking News Video, पर्यटन, मनोरञ्जन
पूर्णपुष्टि, माघ ९ । उदयपुरे युवा जलन राई एक शाहसिक पर्वतारोही हुनुहुन्छ । उहाले ६ हजार ११९ मिटर अग्लो लघुचे हिमालको सफल आरोहण गर्नुभएको छ । उदयपुरको मैनामैनी जस्तो सामान्य ठाउँमा जन्मिएर हिमाल चढ्ने जस्तो शाहसिक काम गर्नु चानचुने कुरो होईन । उहाँले यो शाहसिक काम कसरी पूरा गर्नुभयो । कस्तो प्रेरणाले पर्वतारोही बन्नुभयो ? कहिले र कसरी हिमाल चढ्नुभयो ? आरोहण गर्दाको अनुभव अनि अनुभूति कस्तो रह्यो । यो प्रशंग रोचक छ । बुवा नेपालसिंह र आमा पञ्चसरीको कोखबाट २०५४ सालमा उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी हर्खा गाउँमा जन्मिनु भएको थियो । गाउँमै हुर्किबढी एसएलसी उतिर्ण गरेर धरानको सुनसरी टेक्निकल कलेजमा ल्याव असिस्टेन्टको कोर्ष पूरा गर्नुभयो । उहा हाल सोलुखुम्बुको नाम्चे बजार स्थित द माउन्टेन्ट मेडिकल ईन्श्टिच्युटमा कर्मचारीको रुपमा ३ बर्षअघिदेखि कार्यरत हुनुहुन्छ । साईनाेले काका पर्नुहुने दिलि...
शप्तकोसी नियन्त्रणका लागि गुरुयोजना बन्दैछ : गृहमन्त्री लेखक

शप्तकोसी नियन्त्रणका लागि गुरुयोजना बन्दैछ : गृहमन्त्री लेखक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ९ । गृहमन्त्री रमेश लेखकले शप्तकोसी नदीको दीर्घकालीन नियन्त्रणका लागि सरकारले गुरुयोजना बनाउन लागेको बताएका छन् । मंगलबार कोशी क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले कोशी कटान नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाए । कोशी कटान क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, ‘कोशी नदी नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग तत्काल छलफल गरिनेछ । यस वर्ष कटान रोकथामका लागि जति बजेट आवश्यक पर्छ, त्यति नै व्यवस्था गरेर काम सुरु गरिनेछ ।’ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले कोसी कटानबाट पीडित जनताको जुनसुकै बेला विस्थापन हुनसक्ने खतरा रहेको बताए । उनले गत वर्ष कोसीको बाढीले तीव्र कटान गरिरहेको बेला तत्काल नियन्त्रणका लागि करिब तीन करोड रुपैयाँ खर्च गरिएको जानकारी दिए । बेलका नगरपालिकाका मेयर अशोक...